28/10/2026
विगतका गीतहरूलाई जस्तै यहाँहरूको माया, साथ र सद्भावको अपेक्षा सहित रोहित सुवेदीज्यूको शब्द तथा भाका सङ्कलनमा मेरो आवाजको नयाँ "देउसी भैलो" गीत सार्वजनिक गरिएको छ ।
------------------------------------------------------------------
नमस्कार ।
सांस्कृतिक संस्थानद्वारा आफ्नो अभिभारा बमोजिम महान् सांस्कृतिक पर्व तिहारको अवसरमा मौलिक देउसी भैलो गीतको श्रव्यदृश्य सामग्री सार्वजनिक गरिएको छ ।
यस गीतको रचना र भाका संकलन संस्थानका कलाकार सेवामा कार्यरत श्री रोहित सुवेदीज्यूले गर्नुभएको हो । संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूको प्रमुख आवाज रहेको छ भने ज्ञानु परियार ज्यू र रुपी सिंजालीज्यूले स्वरमा साथ दिनुभएको छ । त्यसैगरी संस्थानका कलाकारहरू श्री तिर्थराज पोख्रेल ज्यू, श्री विपिन घिमिरे ज्यू, श्री शीला विष्ट ज्यू, श्री सितामैया राजचल ज्यू र सुक्रिमाया मोक्तानज्यूको सामूहिक कोरस आवाज रहेको छ ।
सङ्गीत संयोजक/रेकर्डिष्ट/ध्वनि सम्पादक श्री प्रेम प्रकाश रामजाली ज्यू, वाद्यवादक क्रमश: श्री रत्न बिक ज्यू, श्री मदन रेग्मी ज्यू र श्री कमल कुमार बिक ज्यू, निर्देशक श्री शेखर घर्ती ज्यू, छायांकार श्री सरोज ठकुरी ज्यू, दृश्य सम्पादक श्री मनिष कार्की ज्यू, नृत्य संस्थानका कलाकार क्रमश: श्री सुशिला थापा ज्यू, श्री शेखर घर्ती मगर ज्यू, श्री अक्कल बहादुर पाख्रीन ज्यू, श्री बिना विश्वकर्मा ज्यू, श्री वविता मगर ज्यू र श्री मौनता मुडभरी ज्यू, भेषभूषा श्री नारायणी पाण्डे ज्यू र मेकअप श्री सीता तामाङ केसीज्यूको रहेको छ ।
चाडपर्वको मौलिक संस्कृतिलाई श्रव्यदृश्यको माध्यमबाट संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरणका लागि यस मौलिक देउसी भैलो गीतको महत्त्वपूर्ण भूमिका रहने विश्वासका साथ हेरेर, शेयर गरेर, टिकटक बनाएर साथ दिनुहुनेछ भन्ने अपेक्षा गरेका छौं ।
"सांस्कृतिक संस्थान परिवार"
https://youtu.be/MT55Dq60Ncg?si=VQajipRKog_4dVl1
Kiran Babu Pun Sirju Kirati Pun Rohit Subedi
Presenting New Deusi Bhailo Song by Kiran Babu Pun, Gyanu Pariyar a...