Kiran Babu Pun

Kiran Babu Pun General Manager of सांस्कृतिक संस्थान : राष्ट्रिय नाचघर Cultural Corporation. Lyricist, musician.
(1)

General Manager of Cultural Corporation Nepal, lyricist, musician.

नेपालको पहिचान अभौतिक सांस्कृतिक सम्पदा "झाँक्री नाच""परम्परागत आध्यात्मिक मूल्य-मान्यता अनुरूप सामुदायिक रूपमा कुल/पितृ...
25/04/2026

नेपालको पहिचान अभौतिक सांस्कृतिक सम्पदा "झाँक्री नाच"
"परम्परागत आध्यात्मिक मूल्य-मान्यता अनुरूप सामुदायिक रूपमा कुल/पितृ एउटै भएको नाताले अनुष्ठानीय विधिविधानमा सहभागी हुँदै गर्दाको तस्बिर"
--------------------------------------------------------------------------
विविधतायुक्त नेपालको विशेषतालाई आत्मसात् गरी हेर्दा झाँक्री नाच नेपालमा बसोबास गर्ने विविध समुदायमा आ-आफ्नै प्राचीन सभ्यतामा आधारित रहेको पाइन्छ । युनेस्कोको मापदण्ड अनुरूप हेर्दा युनेस्कोको सन् २००३ को महासन्धि अनुसार झाँक्री नाच "प्रकृति र ब्रह्माण्ड सम्बन्धी ज्ञान" (Knowledge and practices concerning nature and the universe) को विधा अन्तर्गत विश्व सम्पदामा राख्न सकिने व्यवस्था गरिएको छ । नेपाल सन् २०१० देखि युनेस्कोको पक्ष राष्ट्रको रूपमा रही नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा वि.सं.२०८१ सालदेखि नेपालका लागि पहिलोपटक अभौतिक सांस्कृतिक सम्पदा सूचीकरणको महाअभियान थालनी गरेको विदितै छ । जहाँ सूचीकरणको लागि दश विषयगत क्षेत्र अन्तर्गत एउटा महत्त्वपूर्ण विषयगत क्षेत्र "प्रकृति एवम् ब्रम्हाण्ड सम्बन्धी ज्ञान" समाहित गरिएको छ ।

यहाँ उल्लेखित झाँक्री नाचको तस्बिर मगर समुदायको प्राचीन सभ्यतासँग जोडिएको नेपालको राष्ट्रिय पहिचानको प्रतिविम्ब विश्व सम्पदाको मापदण्ड अनुरूप नेपालको अभौतिक सांस्कृतिक सम्पदामा सूचीकृत हुनसक्ने आध्यात्मिक विद्याको प्रतीक लोपोन्मुख "झाँङ्करी (झाँक्री) नाच" लाई लिन सकिन्छ । जसले प्रकृति र ब्रह्माण्ड बीचको गहिरो आध्यात्मिक सम्बन्धलाई प्रतिविम्बित गर्दछ । यस नाचमा गाइने मन्त्रहरूले सृष्टिको उत्पत्ति र प्रकृतिसँगको सम्बन्धलाई व्याख्या गरेको पाइन्छ । यस नाचमा प्रयोग हुने भेषभूषा, आभूषण तथा विविध पन्छीका प्वाँखहरूले सांस्कृतिक तथा प्राकृतिक शक्तिको प्रतीकको रूपमा चित्रण गरिएको मान्न सकिन्छ । साथै ढ्याङ्ग्रोको आवाजलाई ब्रह्माण्डको प्रतिध्वनि स्वरू आध्यात्मिक चेतना जगाउने माध्यमको रूपमा लिन सकिन्छ ।

हिजो मानव सभ्यताको प्रारम्भिक चरणमा चिकित्साशास्त्रको रूपमा मनोवैज्ञानिक एवम् आध्यात्मिक उपचारको एक सशक्त माध्यमका रूपमा समेत परिचित झाँक्री विद्या आजभोलि आधुनिक चिकित्सा पद्धति तथा वैश्वीकरणको प्रभावले नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा यो मौलिक संस्कृति लोपोन्मुख अवस्थामा रहेको छ । झाँक्री नाच केवल एउटा नाच मात्र नभई यो हाम्रो पुर्खाहरूले प्रकृतिलाई बुझ्ने र सम्मान गर्ने एउटा जीवित संस्कृति हो ।
--------------------------------------------------------------------------
लोपोन्मुख झाँक्री नाचलाई संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा अभौतिक सांस्कृतिक सम्पदामा सूचीकरण सहित पुस्तान्तरण गर्ने नवजागरण प्रवाह गर्ने उद्देश्यका साथ सांस्कृतिक संस्थानको आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा आयोजित "शुभारम्भ सांस्कृतिक साँझ-२०८३" मा लुम्बिनी प्रदेशको तर्फबाट मगर समुदायद्वारा प्रस्तुत गरिएको मौलिक "झाँङ्करी (झाँक्री) नाच" प्रस्तुत गरिएको थियो । यस नाचको पुरा श्रव्यदृश्य सामग्री Sanskritik Sansthan युटुब च्यानलमा उपलब्ध छ ।

25/04/2026

नेपालको पहिचान अभौतिक सांस्कृतिक सम्पदा "झाँक्री नाच"
--------------------------------------------------------------------------
विविधतायुक्त नेपालको विशेषतालाई आत्मसात् गरी हेर्दा झाँक्री नाच नेपालमा बसोबास गर्ने विविध समुदायमा आ-आफ्नै प्राचीन सभ्यतामा आधारित रहेको पाइन्छ । युनेस्कोको मापदण्ड अनुरूप हेर्दा युनेस्कोको सन् २००३ को महासन्धि अनुसार झाँक्री नाच "प्रकृति र ब्रह्माण्ड सम्बन्धी ज्ञान" (Knowledge and practices concerning nature and the universe) को विधा अन्तर्गत विश्व सम्पदामा राख्न सकिने व्यवस्था गरिएको छ । नेपाल सन् २०१० देखि युनेस्कोको पक्ष राष्ट्रको रूपमा रही नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा वि.सं.२०८१ सालदेखि नेपालका लागि पहिलोपटक अभौतिक सांस्कृतिक सम्पदा सूचीकरणको महाअभियान थालनी गरेको विदितै छ । जहाँ सूचीकरणको लागि दश विषयगत क्षेत्र अन्तर्गत एउटा महत्त्वपूर्ण विषयगत क्षेत्र "प्रकृति एवम् ब्रम्हाण्ड सम्बन्धी ज्ञान" समाहित गरिएको छ ।

यहाँ उल्लेखित झाँक्री नाच मगर समुदायको प्राचीन सभ्यतासँग जोडिएको नेपालको राष्ट्रिय पहिचानको प्रतिविम्ब विश्व सम्पदाको मापदण्ड अनुरूप नेपालको अभौतिक सांस्कृतिक सम्पदामा सूचीकृत हुनसक्ने आध्यात्मिक विद्याको प्रतीक लोपोन्मुख "झाँङ्करी (झाँक्री) नाच" लाई लिन सकिन्छ । जसले प्रकृति र ब्रह्माण्ड बीचको गहिरो आध्यात्मिक सम्बन्धलाई प्रतिविम्बित गर्दछ । यस नाचमा गाइने मन्त्रहरूले सृष्टिको उत्पत्ति र प्रकृतिसँगको सम्बन्धलाई व्याख्या गरेको पाइन्छ । यस नाचमा प्रयोग हुने भेषभूषा, आभूषण तथा विविध पन्छीका प्वाँखहरूले सांस्कृतिक तथा प्राकृतिक शक्तिको प्रतीकको रूपमा चित्रण गरिएको मान्न सकिन्छ । साथै ढ्याङ्ग्रोको आवाजलाई ब्रह्माण्डको प्रतिध्वनि स्वरू आध्यात्मिक चेतना जगाउने माध्यमको रूपमा लिन सकिन्छ ।

हिजो मानव सभ्यताको प्रारम्भिक चरणमा चिकित्साशास्त्रको रूपमा मनोवैज्ञानिक एवम् आध्यात्मिक उपचारको एक सशक्त माध्यमका रूपमा समेत परिचित झाँक्री विद्या आजभोलि आधुनिक चिकित्सा पद्धति तथा वैश्वीकरणको प्रभावले नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा यो मौलिक संस्कृति लोपोन्मुख अवस्थामा रहेको छ । झाँक्री नाच केवल एउटा नाच मात्र नभई यो हाम्रो पुर्खाहरूले प्रकृतिलाई बुझ्ने र सम्मान गर्ने एउटा जीवित संस्कृति हो ।
--------------------------------------------------------------------------
लोपोन्मुख झाँक्री नाचलाई संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा अभौतिक सांस्कृतिक सम्पदामा सूचीकरण सहित पुस्तान्तरण गर्ने नवजागरण प्रवाह गर्ने उद्देश्यका साथ सांस्कृतिक संस्थानको आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा आयोजित "शुभारम्भ सांस्कृतिक साँझ-२०८३" मा लुम्बिनी प्रदेशको तर्फबाट मगर समुदायद्वारा प्रस्तुत गरिएको मौलिक "झाँङ्करी (झाँक्री) नाच" श्रव्यदृश्य सामग्री यहाँ छोटो प्रोमो स्वरूप प्रस्तुत गरिएको छ । साथै पुरा भिडियो Sanskritik Sansthan युटुब च्यानलमा उपलब्ध छ ।

भिडियो लिंक:- https://youtu.be/_Gxua53Mn5U?si=yu-gWQNR8C5HZy-5 )

लोकतन्त्र स्थापनाका लागि प्राण उत्सर्ग गर्नुहुने महान् सहिदहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । नेपाली जनताको ...
24/04/2026

लोकतन्त्र स्थापनाका लागि प्राण उत्सर्ग गर्नुहुने महान् सहिदहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । नेपाली जनताको अभूतपूर्व त्याग, सङ्घर्ष र बलिदानबाट प्राप्त लोकतन्त्र दिवसको अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

किरण बाबु पुन
महाप्रबन्धक
सांस्कृतिक संस्थान

23/04/2026

संस्मरण:- "नेपाल मगर संघ सम्पर्क समन्वय केन्द्रीय समितिको पाँचौँ राष्ट्रिय महाधिवेशन समुद्घाटन समारोह" मा शुभकामना मन्तव्य

23/04/2026
सर्वाधिक लोकप्रिय कृति "क्षितिज पारी उनको बस्तीमा" को दोस्रो संस्करण "क्षितिज पारी २ नजरबन्दमा" 1M Plus Views पुग्न सफल ...
22/04/2026

सर्वाधिक लोकप्रिय कृति "क्षितिज पारी उनको बस्तीमा" को दोस्रो संस्करण "क्षितिज पारी २ नजरबन्दमा" 1M Plus Views पुग्न सफल भएकोमा सम्पूर्ण प्रति आभार प्रकट गर्दछु ।
Ramji Khand
Kiran Babu Pun
Tika Pun

14K likes, 1.5K comments. "Chhitij Pari 2 Najarbandama - Ramji Khand • Kiran Babu Pun • Tika Pun • Sarika KC | New Lok Dohori"

22/04/2026

गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता र सांस्कृतिक संस्थानका महाप्रबन्धक बीच शिष्टाचार भेटघाट 

गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता श्री सोम सापकोटा ज्यू, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक श्री हिकमतसिंह ऐर...
21/04/2026

गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता श्री सोम सापकोटा ज्यू, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक श्री हिकमतसिंह ऐर ज्यू, सगरमाथा फाउन्डेसनका अध्यक्ष समाजसेवी श्री सावित्री अधिकारी ज्यू र टिभी नेशनल नेटवर्कका अध्यक्ष श्री लक्ष्मण हुमागाईं ज्यू सँग सद्भावपूर्ण भेटघाट सम्पन्न गरिएको छ ।

Som Sapkota
Hikmat Singh Ayer
Sabitri Adhikari

रातो मच्छिन्द्रनाथ जात्राको शुभकामना ।।
21/04/2026

रातो मच्छिन्द्रनाथ जात्राको शुभकामना ।।

20/04/2026

"नेपाल मगर संघ सम्पर्क समन्वय केन्द्रीय समितिको पाँचौँ राष्ट्रिय महाधिवेशन समुद्घाटन समारोह" मा शुभकामना मन्तव्य

19/04/2026

Family Time - पारिवारिक घुमघाम
Kiran Babu Pun Sirju Kirati Pun Sagar Pun NB

दुश्मनको जालझेलले मलाई असर गर्दैन ।सत्यपथमा हिँड्ने यात्री केही डराउनु पर्दैन ।।मलाई रोक्न नखोज, मलाई छेक्न नखोज --आफ्नै...
18/04/2026

दुश्मनको जालझेलले मलाई असर गर्दैन ।
सत्यपथमा हिँड्ने यात्री केही डराउनु पर्दैन ।।
मलाई रोक्न नखोज, मलाई छेक्न नखोज
--आफ्नै आवाजको नवजागरणमूलक गीतको शब्दांश--

Address

Jamal
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Kiran Babu Pun posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Kiran Babu Pun:

Share