Sumana Shrestha Secretariat - सुमना श्रेष्ठ सचिवालय

  • Home
  • Nepal
  • Kathmandu
  • Sumana Shrestha Secretariat - सुमना श्रेष्ठ सचिवालय

Sumana Shrestha Secretariat - सुमना श्रेष्ठ सचिवालय Official page of Sumana Shrestha Secretariat (Sachiwalaya)

17/04/2026

मातातीर्थ औंसी - आमाको मुख हेर्ने दिनको हार्दिक शुभकामना! आमाहरू प्रति नमन! 🙏

14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! यो वर्ष परिवर्तन, आशा र समृद्धिले भरोस!

A very happy new year 2083! May this be the year of reforms, hope and prosperity!

11/04/2026

धन्यवाद Harka Sampang A Revolution ज्यू!

अघिल्लो अधिवेशनमा “चेली”, यसपटक “बहिनी”!

अघिल्लो अधिवेशनमा कुनै पुरुष सांसदले “चेली” शब्दको निहितार्थ बुझ्न सकेनन्, तर यस पटक एउटा पुरुष सांसदले बोले!

त्यहाँ उपस्थित सबै जना सांसद हुन्!
“चेली” र “बहिनी” आफ्नै ठाउँमा अपमानजनक शब्द होइनन्। तर जब औपचारिक वातावरणमा पुरुषलाई “माननीय सांसदज्यू” भनिन्छ र महिलालाई “बहिनी” भनेर सम्बोधन गरिन्छ, त्यो एक अर्थमा स्मरण गराउने प्रयास हो — कि हामी तपाईंलाई बराबरीका रुपमा हेर्दैनौं, तपाईंलाई पारिवारिक शब्दमा बाँधेर सीमित गर्न खोजिरहेका छौं।

प्रिय उपसभामुखज्यू, तपाईं संसदको पूर्ण बैठकमा हुनुहोस् वा कार्यालयमा अनौपचारिक छलफलमा—कसैलाई तपाईंलाई “बहिनी” भनेर सम्बोधन गर्न नदिनुहोस्, जब उनीहरू एकअर्कालाई “माननीयज्यू” भन्छन्।

तपाईं हाम्रो उपसभामुख हुनुहुन्छ, संयोगवश तपाईं सबैभन्दा कान्छी हुनुहुन्छ, बस् त्यत्ति मात्र।

समान सम्मानको सीमाना भाषाबाट नै सुरु हुन्छ—हामीले सम्बोधनमा समानता ल्याउन सकेनौं भने व्यवहारमा समानता कसरी सम्भव हुन्छ?

02/04/2026

SEE को लागि धेरै धेरै शुभकामना! तर धेरै तनाव चाहि नलिनुहोस् है| महत्वपूर्ण परीक्षा हो, तर यो नै सबैथोक होइन र SEE ले तपाईंको सबै स्किल सेट र ज्ञान नाप्दैन।

मेरो एग्जाम ट्रिक चाहिँ — सजिलो प्रश्नहरूबाट सुरु गर्नुहोस्, आफूलाई आउने प्रश्नहरू पहिला गर्नुहोस्, र कन्फ्युज भएका प्रश्नहरू अन्त्यमा राखेर गर्नुहोस्।

सबैलाई अल द बेस्ट, भाइबहिनीहरू!

31/03/2026

मध्यपूर्वमा युद्ध झन लम्बिंदैछ । यसमा योजनाहरू मागौ:

१. नेपालीको भौतिक सुरक्षा (documented and undocumented nepali, i.e domestic workers)
२. रेमिटेन्स घटेको अवस्था
३. फर्टिलाइजर- मलको लागि
४. महंगी कंट्रोल
५. सामान नपाउने अवस्था- गैस सिलिंडर, पेट्रोल/डीजल etc

Can we contain the fall out from the war?

Instead of disaster - hardship, instead of hardship - difficulty!

29/03/2026

करुणामय

27/03/2026

प्र म बालेन्द्रलाई धेरै शुभकामना!

25/03/2026

प्रतिवेदन औपचारिक तरिकाले सार्वजनिक होस् गर्नुस !!!

21/03/2026

ईद उल फित्रको हार्दिक शुभकामना! 🌙

20/03/2026

मध्यपूर्वको युद्ध झन्–झन् बढ्दै गएको छ। यसको असर निकै ठूलो हुन सक्छ, केही असर त देखिन पनि थालिसकेको छ। यस्तो अवस्थामा यो संकटलाई सामना गर्न हाम्रो देशको योजना के छ?

“के गर्ने” भन्ने भाग्यवादमा जाने सुविधा छैन है—अहिलेको परिस्थिति त्यस्तो छ कि हामीले सक्रिय रूपमा योजना बनाएर अघि बढ्नै पर्छ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Sumana Shrestha Secretariat - सुमना श्रेष्ठ सचिवालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Sumana Shrestha Secretariat - सुमना श्रेष्ठ सचिवालय:

Share