Queer Group - Chitwan

Queer Group - Chitwan Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Queer Group - Chitwan, Social service, Chitwan, Bharatpur.

LGBTIQA+ समुदायको मानव  अधिकार, राजनैतिक अधिकार र समुदाय प्रति केही गर्ने अभियानमा संलग्न हुन चाहनुहुने चितवन भित्र रहनु...
27/10/2026

LGBTIQA+ समुदायको मानव अधिकार, राजनैतिक अधिकार र समुदाय प्रति केही गर्ने अभियानमा संलग्न हुन चाहनुहुने चितवन भित्र रहनुभएको साथीहरु हामी सँग जोडिनुहोस्। हामी तपाईहरुलाई केही अवसर र कार्यक्रमहरू बाट अझै शशक्त हुन् सहयोग गर्ने प्रयत्न गर्नेछौं ।







***rRights

नेपालीहरूको महान् चाड बडा दसैँको हार्दिक मंगलमय शुभकामना!! 🌺🏳️‍🌈विजया दशमीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिद...
16/10/2026

नेपालीहरूको महान् चाड बडा दसैँको हार्दिक मंगलमय शुभकामना!! 🌺🏳️‍🌈
विजया दशमीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछौँ। माता दुर्गा भवानीले सबैको जीवनमा खुसी, प्रेम, सद्भाव र सकारात्मक ऊर्जा प्रदान गरून्।

14/10/2026

Thank you television 👏🏻👏🏻👏🏻🏳️‍🌈🏳️‍🌈🏳️‍🌈

Blue Diamond Society को आर्थिक सहयोग तथा Q***r Group - Chitwan  का २४ वर्षमुनिका Q***r युवाहरूको आयोजनामा चितवन जिल्लाको...
08/10/2026

Blue Diamond Society को आर्थिक सहयोग तथा Q***r Group - Chitwan का २४ वर्षमुनिका Q***r युवाहरूको आयोजनामा चितवन जिल्लाको माडी नगरपालिकामा “Promoting SOGIESC Awareness through Interaction and a Story Sharing with Local Government” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधिहरूसँग SOGIESC, LGBTIQ+ समुदायका अधिकार, समावेशिता तथा स्थानीय तहको भूमिका लगायतका विषयमा अर्थपूर्ण छलफल तथा अनुभव र कथा साझेदारी गरिएको थियो। आगामी आर्थिक वर्षमा समुदायको विकास र समावेशीकरणका लागि बजेट विनियोजन गर्ने, नीतिगत सुधार गर्ने तथा स्थानीय तहबाट सुरक्षित र समावेशी वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त भएको छ। 🏳️‍🌈🤝
त्यसैगरी, माडी माध्यमिक विद्यालयमा “Reducing Stigma, Discrimination, and Bullying through SOGIESC Awareness” विषयमा SOGIESC सचेतना तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरियो। कार्यक्रममा करिब ७७ जना विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको थियो।
विद्यालयलाई सबै विद्यार्थीका लागि लैङ्गिक मैत्री, सुरक्षित, सम्मानजनक र समावेशी बनाउने प्रतिबद्धता विद्यालय पक्षबाट व्यक्त गरिएको छ। शिक्षा क्षेत्रमा हुने लाञ्छन, भेदभाव र बुलिङ न्यूनीकरण गर्दै हरेक विद्यार्थीले आफ्नो पहिचानसहित सुरक्षित र सम्मानपूर्वक सिक्न पाउने वातावरण निर्माण गर्नु नै हाम्रो साझा जिम्मेवारी हो। 🏳️‍🌈

***rYouth ***rGroupChitwan

संविधान दिवसको हार्दिक शुभकामना! 🇳🇵नेपालको संविधानले हरेक नागरिकलाई समानता, स्वतन्त्रता, सम्मान र भेदभावविरुद्धको अधिकार...
19/09/2026

संविधान दिवसको हार्दिक शुभकामना! 🇳🇵

नेपालको संविधानले हरेक नागरिकलाई समानता, स्वतन्त्रता, सम्मान र भेदभावविरुद्धको अधिकार सुनिश्चित गरेको छ। यस संवैधानिक अधिकारको पूर्ण कार्यान्वयनसँगै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको पहिचान, अधिकार र सम्मानको पनि सुनिश्चितता हुन आवश्यक छ।

आफ्नो पहिचानका कारण कुनै पनि व्यक्ति विद्यालय, परिवार, समाज वा राज्यका कुनै पनि निकायमा विभेदमा पर्न नपरोस्। सबै नागरिकले आफ्नो पहिचानसहित समान अधिकार, समान अवसर र सम्मानपूर्वक जीवन बिताउन पाउने वातावरण निर्माण होस्।

संविधानले दिएको अधिकार कागजमा मात्र सीमित नभई व्यवहारमा पनि समान रूपमा अनुभूति गर्न सकिने समावेशी र न्यायपूर्ण समाज निर्माणतर्फ हामी सबै अघि बढौँ।

संविधान दिवसको अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना!

Heartfelt wishes on Constitution Day! 🇳🇵

The Constitution of Nepal guarantees every citizen the rights to equality, freedom, dignity, and protection from discrimination. Along with the full implementation of these constitutional rights, it is equally important to ensure the identity, rights, and dignity of the LGBTIQ+ community.

No one should face discrimination in schools, families, communities, or any state institution because of their identity. May we create an environment where everyone can live with their identity, enjoying equal rights, equal opportunities, and dignity.

Let us move forward together toward building an inclusive and just society where the rights guaranteed by the Constitution are not limited to words on paper, but are experienced equally in everyday life.

Heartfelt wishes to all Nepali people on the occasion of Constitution Day! 🇳🇵

#संविधानदिवस
#नेपलकोसंविधन

17/09/2026

Thank you Honorable Bhumika Shrestha Secretariat 🙏🏻

“यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका बालबालिकाको भविष्य सुनिश्चित गरौँ।"बालबालिका राष्ट्रका भविष्य मात्र होइनन्, वर्त...
14/09/2026

“यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका बालबालिकाको भविष्य सुनिश्चित गरौँ।"

बालबालिका राष्ट्रका भविष्य मात्र होइनन्, वर्तमानका महत्वपूर्ण हिस्सा पनि हुन्। हरेक बालबालिकाले आफ्नो पहिचान, यौनिकता तथा लैङ्गिक विविधताका आधारमा कुनै पनि भेदभाव, हिंसा र अपमानबिना सुरक्षित, सम्मानित र समान अवसरसहित हुर्कन पाउने अधिकार सुनिश्चित गरौँ।
यस ६२औँ राष्ट्रिय बाल दिवसको अवसरमा सम्पूर्ण बालबालिकाहरूको उज्ज्वल भविष्य, गुणस्तरीय शिक्षा, स्वास्थ्य, सुरक्षा, समानता र सम्मानपूर्ण जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछौँ। ❤️🏳️‍🌈

"Let's secure the future of children from the gender and sexual minority community."
Children are not just the future of the nation, but an important part of its present. Let us ensure that every child has the right to grow up in a safe, respected, and equal-opportunity environment, free from discrimination, violence, and insult based on their identity, sexuality, and gender diversity.
On the occasion of this 62nd National Children's Day, we express our heartfelt wishes for a bright future, quality education, health, safety, equality, and a dignified life for all children. ❤️🏳️‍🌈



नील हिरा समाजको राजनीतिक साक्षरता कार्यक्रमबाट सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै, विशाल महतो ‘वैषाली’ले आफ्नो अधिकारसँगै...
10/09/2026

नील हिरा समाजको राजनीतिक साक्षरता कार्यक्रमबाट सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै, विशाल महतो ‘वैषाली’ले आफ्नो अधिकारसँगै समुदायको अधिकार र विकासका लागि चितवनको खैरहनी नगरपालिकाका नगर प्रमुखज्यू तथा सामाजिक विकास शाखामा भेटघाट गरी आफ्ना माग तथा आवश्यकताबारे निवेदन पेश गरेकी छन्।

यो एउटा सानो प्रयास भए पनि आफ्नो अधिकारका लागि आफैं आवाज उठाउने र स्थानीय तहमा समुदायको सहभागिता सुनिश्चित गर्ने महत्वपूर्ण कदम हो। यस प्रयासमा मानव सचेत समाजमा कार्यरत श्री उत्तम थापा को सल्लाह, सहजीकरण र सहयोग रहेको छ।

“अधिकार मागेर मात्र होइन, आवाज उठाएर र सहभागिता जनाएर स्थापित गरिन्छ।”

Blue Diamond Society

जन्म एउटा प्रक्रिया हो, तर सम्बन्ध केवल जन्मले मात्र बन्दैन। कर्म, भावना, माया, सम्मान र अपनत्वले पनि मानिस–मानिसबीच गहि...
05/09/2026

जन्म एउटा प्रक्रिया हो, तर सम्बन्ध केवल जन्मले मात्र बन्दैन। कर्म, भावना, माया, सम्मान र अपनत्वले पनि मानिस–मानिसबीच गहिरो नाता निर्माण गर्छ।

समाजमा आज पनि मानिसले मानिसलाई नै जात, वर्ग, लिङ्ग, यौनिकता र पहिचानका आधारमा छुट्याउने, सम्मान त परको कुरा समान व्यवहारसमेत नगर्ने अवस्था छ। तर प्रकृति र अन्य जीव–प्राणीले भने भेदभाव गर्दैनन् । माया, अपनत्व र सहअस्तित्व सबैका लागि समान हुन्छ।

“Elephant in the Fog” "तिनीहरु" फिल्मले यही गहिरो मानवीय सत्यलाई निकै संवेदनशील ढंगले प्रस्तुत गरेको महसुस हुन्छ। विशेषगरी किन्नर (हिजडा) समुदायको जीवन, सम्बन्ध, पहिचान र समाजले गरेको व्यवहारलाई जोडेर फिल्मले हामीलाई एउटा महत्वपूर्ण प्रश्न सोध्छ मानव भएर पनि हामीले अर्को मानवलाई किन समान रूपमा स्वीकार गर्न सकिरहेका छैनौँ?

आमा–छोरीको सम्बन्ध होस् वा जन्मसँग जोडिन नसकेको तर भावना र कर्मले बनेको कुनै सम्बन्ध साँचो नाता र मानवता प्रेम, सम्मान र अपनत्वमै हुन्छ।

“Elephant in the Fog” केवल एउटा फिल्म होइन, यो हाम्रो समाजलाई ऐना देखाउने र मानवता बुझ्न बाध्य बनाउने गहिरो सन्देश हो।
मानवता त्यतिबेला पूर्ण हुन्छ, जब हामी सबैलाई मानिसकै रूपमा समान सम्मान र प्रेम गर्न सिक्छौँ। ❤️🙏

Address

Chitwan
Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when Queer Group - Chitwan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category