01/12/2025
रोटर्याक्ट क्लब अफ पूर्वी चितवन परिवार गहिरो दुःखका साथ हाम्रो रोटरी क्लबका चार्टर्ड अध्यक्ष रोटेरियन राममणि न्यौपानेको असामयिक निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ।
उहाँ केवल हाम्रो क्लबका संस्थापक नेतृत्व मात्र हुनुहुन्थेन, उहाँ एक आदर्श सामाजिक अभियन्ता, उद्यमी, र समाजका हरेक दुखमा साथ दिने सदावहार सहयोगी हात हुनुहुन्थ्यो। कुनै पनि समयमा, कुनै पनि ठाउँमा सहायता आवश्यक परेमा पहिले सम्झना हुने व्यक्तिमा उहाँ एक हुनुहुन्थ्यो। उहाँको सरलता, सेवाभाव, उदारता र समाजप्रतिको अविरल योगदान सदैव प्रेरणादायी रहिरहनेछ।
उहाँको निधनले हाम्रो क्लब, सम्पूर्ण रोटरी-रोटर्याक्ट परिवार र समुदाय नै अपूरणीय क्षतिमा परेको छ।
यस कठोर घडीमा हामी उहाँको परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं।
उहाँको विराट योगदानहरू हाम्रो हृदयमा सदैव जीवित रहनेछन्।
आत्मिक शान्तिको कामना।
-रोटर्याक्ट क्लब अफ पूर्वी चितवन परिवार