छरापट्टी Lahan-19

छरापट्टी Lahan-19 Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from छरापट्टी Lahan-19, Social service, Kathmandu.
(1)

सहि लाई बढावा र गलतको घनघोर बिरोध गर्छुँ)
Official Account)
यदि तपाईंहरू आफ्नो व्यवसाय वा व्यापारको लागि विज्ञापन गर्न चाहनुहुन्छ भने,
👉 छरापट्टी Lahan-19 को म्यासेज बक्समा सन्देश पठाउन सक्नुहुन्छ।
हामी तपाईंको नामसहित पोस्ट गर्नेछौं। धन्यवाद! 🙏💌🇳🇵

“आजको दिन प्रेम, त्याग र विश्वासको नाम सबैलाई बकर ईदको हार्दिक शुभकामनाEid Al Adha Mubarak 2026
28/05/2026

“आजको दिन प्रेम, त्याग र विश्वासको नाम
सबैलाई बकर ईदको हार्दिक शुभकामना

Eid Al Adha Mubarak 2026

23/05/2026

Celebrating my 11th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

Lahan Municipality Ward No. 19 Youth Samir dafalee Say हामी प्रदेश तथा विदेशमा बस्ने युवाहरूको साझा 25 प्रस्ताव नेपाल, स...
23/05/2026

Lahan Municipality Ward No. 19 Youth Samir dafalee Say हामी प्रदेश तथा विदेशमा बस्ने युवाहरूको साझा 25 प्रस्ताव

नेपाल, सिरहा जिल्ला
लहान नगरपालिका वडा नं. १९
कटाहा • छरापट्टी • नौडेगा क्षेत्र

हामी, देश तथा विदेशमा रहेका वडा नं. १९ का सचेत युवाहरू, आफ्नो गाउँको विकास, सम्मान र उज्ज्वल भविष्यका लागि निम्न साझा प्रस्तावहरू सार्वजनिक रूपमा प्रस्तुत गर्दछौं।

अब केवल भाषण र आश्वासन होइन,
हामीलाई लिखित प्रतिबद्धता चाहिन्छ।

━━━━━━━━━━━━━━━

📌 हाम्रो मुख्य प्राथमिकताहरू

०१. विद्यालय सुधार तथा गुणस्तरीय शिक्षा
सरकारी विद्यालयमै बोर्डिङ स्तरको शिक्षा, अनुशासन र सुविधा सुनिश्चित गरियोस्। डिजिटल बोर्ड, कम्प्युटर तथा आधुनिक शिक्षण प्रणाली लागू गरियोस्।

०२. गाउँको स्वागत गेट निर्माण
कटाहा र छरापट्टी क्षेत्रमा आकर्षक प्रवेशद्वार निर्माण गरियोस्।

०३. नाला तथा ढल व्यवस्थापन
कटाहा, छरापट्टीदेखि नौडेगा सम्म पानी जम्ने तथा दुर्गन्ध फैलिने समस्या समाधानका लागि व्यवस्थित नाला निर्माण गरियोस्।

०४. सडक तथा सडक बत्ती
मुख्य तथा भित्री सडकहरू पक्की, सफा र वर्षभरि सञ्चालनयोग्य बनाइयोस्। साथै सोलार/सडक बत्ती जडान गरियोस्।

०५. सिँचाइ तथा किसान सहयोग
किसानहरूका लागि सहुलियत वा निःशुल्क सिँचाइ, पानी पम्प तथा कृषि सहयोग कार्यक्रम सञ्चालन गरियोस्।

०६. कृषि सेवा तथा स्थानीय बजार
बीउ, मल, सिँचाइ, कृषि तालिम र गाउँमै स्थानीय कृषि बजार (धर्मशाला अगाडि) स्थापना गरियोस्।

०७. फोहोर व्यवस्थापन
घरघरमा डस्टबिन वितरण, नियमित फोहोर संकलन तथा सफा गाउँ अभियान सञ्चालन गरियोस्।

०८. पोखरी संरक्षण तथा विकास
पोखरीलाई सफा, सुरक्षित तथा व्यवस्थित बनाइ चबुतरा, बत्ती तथा छठ पर्व लगायत धार्मिक-सांस्कृतिक प्रयोगका लागि विकास गरियोस्।

०९. मर्निङ वाक तथा सानो पार्क
कटाहादेखि छरापट्टी हुँदै 'छरापट्टी नौडेगा स्कूल' पछाडिको बाटोमा मर्निङ वाक लाइन, र खानेपानी ट्यांकी को खाली ठाउँमा सानो पार्क तथा व्यायाम स्थल निर्माण गरियोस्।

१०. पर्यटन विकास (नौडेगा क्षेत्र)
नौडेगामा ठूलो पार्क वा आकर्षण केन्द्र निर्माण गरियोस्।
नौडेगा देखि बलान नदी (चकदाहा किनार) सम्म झुलुङ्गे पुल निर्माणका लागि पहल गरियोस्।

११. सडक विस्तार
छरापट्टीदेखि कलबन्जार गाउँ जोड्ने सडक स्तरोन्नति गरियोस्, ताकि कृषि बजार तथा यातायात सहज होस्।

१२. स्वच्छ खानेपानी
घरघरमा स्वच्छ खानेपानी (नलधारा) सुनिश्चित गरियोस्।

१३. धार्मिक संरचना निर्माण
कटाहा र छरापट्टीका अधुरा मन्दिर तथा धार्मिक संरचनाहरू पूर्ण गरियोस्।

१४. सामुदायिक भवन पूर्णता
अधुरो सामुदायिक भवनलाई पूर्ण निर्माण गरियोस्।

१५. युवा रोजगार तथा सीप विकास
युवाहरूका लागि सीपमूलक तालिम, साना व्यवसाय तथा स्वरोजगारका अवसर सिर्जना गरियोस्।

१६. कृषि तथा साना व्यवसाय प्रवर्द्धन
पशुपालन, तरकारी खेती तथा घरेलु उद्योगलाई प्रोत्साहन गरियोस्।

१७. सुरक्षा व्यवस्था
गाउँमा प्रहरी चौकी स्थापना गर्न पहल गरियोस्।

१८. पारदर्शिता तथा जनसहभागिता
हरेक योजना, बजेट तथा विकास कार्यको विवरण सार्वजनिक गरियोस्। जनताको प्रत्यक्ष सहभागिता सुनिश्चित गरियोस्।

१९. खेलकुद रंगशाला निर्माण
छरापट्टी क्षेत्रमा सरकारी जमिनमा युवाहरूका लागि सानो खेलकुद रंगशाला निर्माण गरियोस्।

२०. सार्वजनिक पुस्तकालय तथा अध्ययन केन्द्र
युवाहरू र विद्यार्थीहरूका लागि पुस्तकालय, अध्ययन कक्ष तथा डिजिटल लर्निङ सेन्टर स्थापना गरियोस्।

२१. वृक्षारोपण तथा वातावरण संरक्षण
हरेक वर्ष वृक्षारोपण अभियान सञ्चालन गरियोस्। सडक किनार, विद्यालय तथा सार्वजनिक क्षेत्रमा हरियाली विस्तार गरियोस्।

२२. डिजिटल गाउँ अभियान
हरेक टोलमा राम्रो इन्टरनेट पहुँच, सार्वजनिक Wi-Fi तथा डिजिटल सेवा केन्द्र स्थापना गरियोस्, ताकि विद्यार्थी, किसान तथा युवाहरूले आधुनिक प्रविधिको प्रयोग गर्न सकून्।

२३. छात्रवृत्ति तथा प्रतिभा सम्मान
गरिब, जेहेन्दार तथा प्रतिभाशाली विद्यार्थीहरूका लागि छात्रवृत्ति तथा वार्षिक सम्मान कार्यक्रम सञ्चालन गरियोस्।

२४. विपद् व्यवस्थापन कोष
बाढी, आगलागी वा अन्य विपद्को समयमा तत्काल सहयोगका लागि गाउँस्तरीय आपतकालीन कोष स्थापना गरियोस्।

२५. महिला तथा दलित सशक्तिकरण
महिला, दलित तथा पिछडिएका समुदायका लागि सीप विकास, स्वरोजगार तथा नेतृत्व विकास कार्यक्रम सञ्चालन गरियोस्।
━━━━━━━━━━━━━━━

हाम्रो स्पष्ट अडान

“बिना लिखित प्रतिबद्धता — कुनै समर्थन छैन।”

जुन उम्मेदवारले माथिका प्रस्तावहरूलाई लिखित रूपमा स्वीकार गरी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँछ,

हामी सम्पूर्ण गाउँबासीलाई त्यही उम्मेदवारलाई समर्थन गर्न अनुरोध गर्दछौं।

━━━━━━━━━━━━━━━

हाम्रो विश्वास

यो कुनै राजनीतिक घोषणापत्र होइन।
यो आफ्नो गाउँको भविष्यप्रति जिम्मेवार युवाहरूको साझा आवाज हो।

इमानदारी, पारदर्शिता र काम गर्ने इच्छाशक्ति भएमा हाम्रो गाउँ अवश्य समृद्ध बन्न सक्छ।

यदि वाचा पूरा भएन भने:

सार्वजनिक जवाफदेहिता मागिनेछ
- जनतामाझ कामको समीक्षा गरिनेछ
- हस्ताक्षर अभियान चलाइनेछ
- अर्को चुनावमा समर्थन दिइने छैन
- नयाँ र जिम्मेवार नेतृत्व अघि ल्याइनेछ

अब निर्णय गाउँबासीको हातमा छ
सचेत बनौं, सही नेतृत्व छानौं।

━━━━━━━━━━━━━━━

प्रदेश तथा विदेशमा बस्ने युवाहरू

• Samir Dafalee
• Bhupendar Chy
• Dilip Kumar Yadav
• Er Basant Kumar Sah

Copy paste

#छरापट्टीlahan19

11/05/2026

SEE को नतिजा आज आउने सम्भावना छैन । ढुक्क भएर बस्नुहोला ।

खेल केवल जितको नाम होइन, यो सम्मान, एकता र पहिचानको यात्रा हो।🏆⚽तेस्रो पकडियागढ फुटबल प्रतियोगिता २०८३ मा विजेता बन्न सफ...
11/05/2026

खेल केवल जितको नाम होइन, यो सम्मान, एकता र पहिचानको यात्रा हो।🏆⚽

तेस्रो पकडियागढ फुटबल प्रतियोगिता २०८३ मा विजेता बन्न सफल सम्पूर्ण टिमलाई हार्दिक बधाई।
मेहनत, अनुशासन र टिमवर्कको उत्कृष्ट उदाहरण बनेर हामीले जितेको यो क्षण सधैं सम्झनायोग्य रहनेछ। ❤️

📍श्री पकडियागढ युवा क्लब
लहान न.पा. १८, अमही, सिरहा
🏆 Winner Prize: Rs. 31,000/-
📅 २०८३/०१/२७

“खेल केवल जितको नाम होइन, यो सम्मान, एकता र पहिचानको यात्रा हो।⚽

जावलाखेलस्थित मुन म्यानपावरमा श्रम मन्त्रालयको छापा, ४३७ पासपोर्ट र ७ लाख ९० हजार नगद बरामद।    #छरापट्टीlahan19
09/05/2026

जावलाखेलस्थित मुन म्यानपावरमा श्रम मन्त्रालयको छापा, ४३७ पासपोर्ट र ७ लाख ९० हजार नगद बरामद।

#छरापट्टीlahan19

यस्ता विरोध, अवरोध र स्वार्थबीच विकास सम्भव हुँदैन।👇सीमा कडाइ गर्न नहुने,नक्कली सुकुम्बासी हटाउन नहुने,बिचौलियामाथि कारब...
25/04/2026

यस्ता विरोध, अवरोध र स्वार्थबीच विकास सम्भव हुँदैन।👇

सीमा कडाइ गर्न नहुने,
नक्कली सुकुम्बासी हटाउन नहुने,
बिचौलियामाथि कारबाही गर्न नहुने,
विद्यार्थी संगठन खारेज गर्न नहुने,
अव्यवस्थित फूटपाथ मिलाउन नहुने,
शिक्षा सुधार गर्न नहुने,
अफिस समय व्यवस्थित गर्न नहुने…

तर सपना भने — “देश सिंगापुर जस्तो बनोस्।

यस्ता विरोध, अवरोध र स्वार्थबीच विकास सम्भव हुँदैन।
परिवर्तन चाहिन्छ भने पहिले सोच बदल्नुपर्छ,
नत्र ‘सिंगापुर’ त परै जाओस् —
आफ्नै शहर पनि बस्न लायक रहँदैन।

#छरापट्टीlahan19

नव वर्ष २०८३ सालको शुभ उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।    #छरापट्टीlahan19 Follow for more 👉 छरापट्ट...
13/04/2026

नव वर्ष २०८३ सालको शुभ उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

#छरापट्टीlahan19
Follow for more 👉 छरापट्टी Lahan-19 /

13/04/2026

नव वर्ष २०८३ सालको शुभ उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

12/04/2026

प्रधानमन्त्री र मन्त्रीहरुको सम्पति सार्बजनिक भएको छ

12/04/2026

सम्पत्तिको नाममा Esewa मा 150 सय रुपैयाँ रहेछ । तपाईको के कति छ ? 😒

Address

Kathmandu
56500

Alerts

Be the first to know and let us send you an email when छरापट्टी Lahan-19 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category