City of Somerville "Nepali/नेपाली"

City of Somerville "Nepali/नेपाली" "नेपाली भाषा" मा समरभिल सिटिको सेवा तथ?

तपाँईको अर्को उत्कृष्ट पुस्तक खोज्दै हुनुहुन्छ? 📚 समरभिल सार्वजनिक पुस्तकालयले स्वागत सप्ताहाको अवसरमा आप्रवासन, पहिचान,...
09/14/2026

तपाँईको अर्को उत्कृष्ट पुस्तक खोज्दै हुनुहुन्छ? 📚 समरभिल सार्वजनिक पुस्तकालयले स्वागत सप्ताहाको अवसरमा आप्रवासन, पहिचान, अपनत्व र समुदायका विषयवस्तु समेटिएका कथाहरू प्रस्तुत गर्दैछ। आउनुहोस् र एउटा नयाँ कथा खोज्नुहोस्!

कुन विद्यालय मैदानमा उत्रिन तयार छ? 🏈 कक्षा ७–८ का मिडिल स्कुलका विद्यार्थीहरू, अब आफ्नो टिमको जोश देखाउने र तपाँईहरूसँग...
09/11/2026

कुन विद्यालय मैदानमा उत्रिन तयार छ? 🏈
कक्षा ७–८ का मिडिल स्कुलका विद्यार्थीहरू, अब आफ्नो टिमको जोश देखाउने र तपाँईहरूसँग के क्षमता छ भनेर देखाउने समय आएको छ! यस शरद ऋतुमा आयोजना हुने सह-शैक्षिक (Co-Ed) मिडिल स्कुल इन्ट्राम्युरल फ्ल्याग फुटबलमा सहभागी हुनुहोस्। टिममा खेलाडी संख्या पूरा गर्न आवश्यक परेमा कक्षा ६ का विद्यार्थीहरू पनि सहभागी हुन योग्य छन्। 🚩
मंगलबार र बिहीबार
सेप्टेम्बर २९–नोभेम्बर ३
खेलहरू दिउँसो ३:००–५:०० बजे सम्म
अर्थर डी हेली स्कूल| ५ मिचाम स्ट्रिट (5 Meacham St.)
सहभागिता निःशुल्क!
somervillerec.com मा अनलाइन दर्ता गर्नुहोस् र खेल्नका लागि तयार हुनुहोस्! 💻

समरभिल नेपाली खवरपत्र ७१-१९
09/11/2026

समरभिल नेपाली खवरपत्र ७१-१९

09/09/2026
🎭 मञ्चमा प्रस्तुति दिन आउने अद्भुत कलाकारहरू मध्ये एक  Katya Macedo  लाई स्वागत गरौं! संस्कृति, संगीत, र उत्सवले भरिएको ...
09/08/2026

🎭 मञ्चमा प्रस्तुति दिन आउने अद्भुत कलाकारहरू मध्ये एक Katya Macedo लाई स्वागत गरौं! संस्कृति, संगीत, र उत्सवले भरिएको अविस्मरणीय दिनमा हामीसँग सहभागी हुनुहोस्!

मिति सुरक्षित राख्नुहोस्! सेप्टेम्बर २६ मा दिउँसो २:०० बजे हुने ल्याटिन अमेरिकी तथा क्यारिबियन सम्पदा उत्सवमा हामीसँग सहभागी हुनुहोस्। संगीत, नृत्य, स्वादिष्ट परिकार, परिवारका लागि रमाइला गतिविधिहरू, तथा सामुदायिक स्रोतहरूको आनन्द लिनुहोस्। सबैलाई हार्दिक स्वागत छ!

मंगलबार, सेप्टेम्बर १ मा, सिटी अफ समरभिलले राज्यको प्राथमिक निर्वाचनमा सहभागिता जनाउनेछ। यस निर्वाचनले नोभेम्बर ३, मंगलब...
09/01/2026

मंगलबार, सेप्टेम्बर १ मा, सिटी अफ समरभिलले राज्यको प्राथमिक निर्वाचनमा सहभागिता जनाउनेछ। यस निर्वाचनले नोभेम्बर ३, मंगलबार हुने आम निर्वाचन अघि नोभेम्बरमा हने निर्वाचनका लागी उम्मेदवारहरूको संख्या सीमित गर्नेछ।
थप जानकारीका लागि: somervillema.gov/elections

कार्यक्रम स्थगित गरिएको नेपाल हालै आएको विनाशकारी बाढीका कारण अत्यन्तै कठिन र दुःखद परिस्थितिबाट गुज्रिरहेको छ। यस बाढीक...
09/01/2026

कार्यक्रम स्थगित गरिएको
नेपाल हालै आएको विनाशकारी बाढीका कारण अत्यन्तै कठिन र दुःखद परिस्थितिबाट गुज्रिरहेको छ। यस बाढीका कारण ठूलो जनधनको क्षति, मानिसहरूको विस्थापन तथा घर, सम्पत्ति र जीविकोपार्जनका साधनहरूमा व्यापक क्षति पुगेको छ।
जारी संकट तथा हाम्रो समुदायमा रहेको गहिरो चिन्ता र शोकलाई ध्यानमा राख्दै, यस समयमा सांस्कृतिक उत्सव आयोजना गर्नु उपयुक्त नहुने हामीले महसुस गरेका छौँ।
त्यसैले समरभिल नेपाली स्ट्रिट फुड फेष्टिभल अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ
यस कठिन समयमा यहाँहरूको समझदारी र सहयोगका लागि हार्दिक धन्यवाद।

समरभिल सिटि खवर - ७० - १८
08/28/2026

समरभिल सिटि खवर - ७० - १८

नागरिक दिवस फेरि फर्किएको छ—र यसपटक झन् उत्कृष्ट रूपमा! बिहीबार, सेप्टेम्बर १०, साँझ ५:०० बजे देखि ७:३० बजे सम्म। सिटि ह...
08/27/2026

नागरिक दिवस फेरि फर्किएको छ—र यसपटक झन् उत्कृष्ट रूपमा! बिहीबार, सेप्टेम्बर १०, साँझ ५:०० बजे देखि ७:३० बजे सम्म। सिटि हल तथा सिटि हल कन्कोर्षमा समुदाय, आपसी सम्बन्ध र धेरै रमाइलोले भरिएको साँझका लागि हामीसँग सहभागी हुनुहोस्!

🚛 टच-ए-ट्रक — ठूला सवारीसाधन नजिकबाट हेर्ने र अनुभव गर्ने अवसर
🎶 संगीत
🍎 ताजा उत्पादन, फलफूल तथा तरकारी निःशुल्क वितरण
🍴 खाना
🏛️ सिटिका सेवा तथा स्रोतहरू
📚 शैक्षिक कार्यक्रम तथा गतिविधिहरू
🤝 सिटिका कर्मचारीहरूसँग भेटघाट
✨ र अझ धेरै!

📍 स्थान: ९३ हाइल्याण्ड एभिन्यू (93 Highland Avenue)
☔ वर्षा भएमा स्थान: समरभिल उच्च माध्यामिक बिध्यालय, ८१ हाइल्याण्ड एभिन्यू (81 Highland Avenue)

Address

42 Cross Street
Somerville, MA
02145

Opening Hours

Monday 8:30am - 4:30pm
Tuesday 8:30am - 4:30pm
Wednesday 8:30am - 4:30pm
Thursday 8:30am - 7:30pm
Friday 8:30am - 12:30pm

Alerts

Be the first to know and let us send you an email when City of Somerville "Nepali/नेपाली" posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to City of Somerville "Nepali/नेपाली":

Shortcuts

Share