09/17/2026
यथाशीघ्र नयाँ राहदानी बुझिलिने सम्बन्धी सूचना ।
-----------------------------------------------------
जुलाई ७ देखि अगष्ट ३१, २०२६ सम्म यस महावाणिज्यदूतावासमार्फत् राहदानीका लागि आवेदन गर्नुभएका जम्मा ३५७ जना आवेदकहरू मध्ये संलग्न सूचिबमोजिमका ३१८ जना आवेदकहरूको राहदानी तयारी भई महावाणिज्यदूतावासमा प्राप्त भएको जानकारी गराइन्छ। बाँकी ३९ जना आवेदकहरूको राहदानी केही दिनभित्रै प्राप्त हुनेछ।
१.यसअघि नै महावाणिज्यदूतावासमा फिर्ती खाम (return/pre-paid envelope) छोड्नुभएका १४० जना आवेदकहरूको राहदानी अब १-२ दिनभित्रै सम्बन्धित व्यक्तिको ठेगानामा हुलाकमार्फत् पठाइनेछ ।हुलाकमार्फत पठाइने राहदानीको सूची हरियो रङ्गले हाइलाइट गरिएको छ ।
२.बाँकी १७८ जनाको आवेदकको राहदानीको सूची यसैसाथ संलग्न छ । उक्त सूचीमा रहेका आवेदक मध्ये महावाणिज्यदूतावासमा स्वयं उपस्थित भएर राहदानी बुझिलिन चाहने आवेदकहरूले यही सेप्टेम्बर १७, १८, २१ र २२ का दिन बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म यस महावाणिज्यदूतावास (ठेगानः 505 beach street, suite 130 San Francisco, CA 94133) मा आई आफ्नो राहदानी बुझिलिई सक्नुहुन अनुरोध छ । राहदानी लिन आउँदा पुरानो राहदानी र राजस्व तिरेको सक्कल रसिद अनिवार्य लिएर आउनुहोला।हराएको राहदानीको हकमा राजस्व तिरेको सक्कल रसिद साथमा लिएर आउनुपर्नेछ ।
३.त्यसैगरी, हुलाकमार्फत् राहदानी बुझिलिन चाहने आवेदकहरूले आफ्नो पूरा नाम र ठेगाना खुलाई Tracking number सहितको फिर्ती खाम (return/pre-paid envelope) द्रुत सेवामार्फत यही सेप्टेम्बर २१, २०२६ सम्म यस महावाणिज्यदूतावासमा आइपुग्ने गरी पठाउन हुन अनुरोध छ। फिर्ती खाम पठाउँदा आफ्नो पुरानो राहदानी र राजस्व तिरेको रसिदको सक्कल नै खाममा राखेर पठाउनु होला । हराएको राहदानी नविकरणको लागि आवेदन गरेको भए राजस्व तिरेको सक्कल रसिद र हराएको राहदानीको फोटोकपि खाममा राखेर पठाउनु होला ।
साथै, जुलाई ७, २०२६ भन्दाअघि आवेदन दिई अझै आफ्नो राहदानी लिन बाँकी रहेका आवेदकहरूलेसमेत यही सेप्टेम्बर १७, १८, २१ र २२ का दिन बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म राहदानी बुझिलिई सक्नुहुन समेत अनुरोध छ ।
नेपाली महावाणिज्यदूतावास
सान फ्रान्सिस्को ।
१६ सेप्टेम्बर २०२६