09/03/2026
Are you new to New York? You don’t have to navigate it alone.
In moments like this, as many in our community are grieving and worrying about loved ones impacted by the devastating floods at the Nepal–Tibet border, we are reminded of how important it is to be in community.
For new immigrants, navigating life in a new country can already feel overwhelming—from understanding employment to getting around NYC, and knowing where to turn for help. During times of crisis back home, those everyday challenges don’t stop—and can feel even heavier.
Adhikaar’s New Immigrant Navigation Class is one way we can come together, learn from one another, and build the practical skills and connections that can make life here a little easier.
📅 Starting September 3
📍 Adhikaar Office
📞 Register using the QR code
________________________________
के तपाईं न्यूयोर्कमा नयाँ हुनुहुन्छ? तपाईंले यहाँको यात्रा एक्लै तय गर्नुपर्दैन।
यस्तो कठिन समयमा जब हाम्रो समुदायका धेरै सदस्यहरू नेपाल–तिब्बत सीमामा आएको विनाशकारी बाढीबाट प्रभावित आफ्ना प्रियजनहरूको चिन्ता र पीडामा छन्, हामीलाई एकअर्कासँग जोडिनु र समुदायको साथमा रहनु कति महत्त्वपूर्ण छ भन्ने कुरा अझ गहिरोसँग महसुस हुन्छ।
नयाँ आप्रवासीहरूका लागि नयाँ देशमा जीवन सुरु गर्नु आफैंमा चुनौतीपूर्ण हुन सक्छ। रोजगारीसम्बन्धी जानकारी बुझ्ने, न्यूयोर्क शहरमा आवतजावत गर्ने तरिका सिक्ने, आवश्यक सेवा तथा स्रोतहरू कहाँ पाउने भन्ने जान्ने—यी सबै कुरा कहिलेकाहीँ निकै जटिल र चुनौतीपूर्ण महसुस हुन सक्छन्। आफ्नै देशमा संकट उत्पन्न हुँदा यी दैनिक चुनौतीहरू रोकिन्नन्; बरु अझ गह्रौं र कठिन महसुस हुन सक्छन्।
अधिकारको नयाँ आप्रवासी नेभिगेशन कक्षा (New Immigrant Navigation Class) समुदायमा एकअर्कासँग जोडिने, अनुभव र जानकारी आदानप्रदान गर्ने, र यहाँको जीवनलाई अलि सहज बनाउन आवश्यक व्यावहारिक सीप तथा ज्ञान हासिल गर्ने एउटा माध्यम हो।
📅 सेप्टेम्बर ३ देखि सुरु हुँदै
📍 अधिकार कार्यालय
📞 दर्ताका लागि QR कोड स्क्यान गर्नुहोस्