12/30/2022
पहाडी देश र जीडिपी।
भनिन्छ, बिकट भौगोलिक अवस्था पनि आर्थिक बिकाशका अबरोधकहरु मध्ये एक हो। ७,००० फीट भन्दा बढी औसत ऊचाईका पहाड भएका र क्षेत्रफ़लमा पनि सबै भन्दा बढी पहाडी भूभाग रहेका विश्वका बिकट पांच मुलुक मध्ये नेपालको जीडिपी सन् १९९६ र २०२० बिच धेरै नै (७.६ गुणाले) बृद्दी भएको छ। धन्य एनआरएनहरु, यो बृद्दीको ठुलो श्रेय रेमिट्यान्स लाई जान्छ। पहाडी भुभागमा कृषिउत्पादन, पर्यटन प्रवर्धन र हाइड्रोपावरको समुचित बिकाश गर्नेहो भने पहाड रुपी यो भौगोलिक स्वरुप वास्तवमा बिकाशको बाधक होइन, सारथी बन्छ। जलबायु परिवर्तन लाई व्यवस्थित गर्ने मात्र हो भने पनि बिश्वका दुई बिलियन मानिसलाई पानी ख्वाउने यो हिमालय श्रोत भएको देश “नेपाल” छिट्टै एक महत्वपुर्ण संजिबनीको देश बन्ने पक्का छ। आज बिकशित देशले मापन गर्ने प्रगति भोलि अलग किसिमले नापिनेछ र गर्विलो पाराले नेपाल धेरै अगाडी आउनेछ। भोलिको लागि पहाडका प्राकृतिक तथा बातावरणिय सम्पदाको संरक्षण हुनेगरि सफा ऊर्जा ऊत्पादन, कृषि ऊत्पादन तथा पर्यटन प्रवर्धनमा जोड दिऊं।
(१९९६-२०२० जीडिपी ग्राफका लागि डेटा श्रोतः बिश्व बैंक)