Padam Thakurathi

Padam Thakurathi Hello, everyone I'm Padam Thakurathi. Currently I'm living in Austin, Texas. Candidate for NRNA ICC Member
2021-2023 .

राष्ट्रिय टोपी दिवस तथा अङ्ग्रेजी नयाँ बर्ष २०२४ को अवसरमा सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना !!!
01/01/2024

राष्ट्रिय टोपी दिवस तथा अङ्ग्रेजी नयाँ बर्ष २०२४ को अवसरमा सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना !!!

 #हार्दिकआभार अहिले नगरे कहिले अब नजुटे कब!-स्वदेश तथा विदेशमा रहनुभएका दाजुभाई तथा दिदिबहिनिहरु -मैले हातोमालो गरे अनि ...
12/01/2023

#हार्दिकआभार
अहिले नगरे कहिले
अब नजुटे कब!
-स्वदेश तथा विदेशमा रहनुभएका दाजुभाई तथा दिदिबहिनिहरु
-मैले हातोमालो गरे अनि तपाईं?
-सहयोग सानो होस या ठूलो!
-यहाँहरुको सानो सहयोगले युगान्तकारी परिवर्तन र योगदान पुराउन सक्छ!
रूपाल बहुमुखी क्याम्पस ( डडेल्धुरा - भागेश्वर ) स्थापनार्थ आर्थिक सहयोग संकल अभियान मा गैर आवासिय नेपाली दाजुभाई तथा दिदिबहिनिहरुले अमेरिका स्थित बिभिन्न राज्य मा वसोवास गर्दै आउनुभएका मनकारी दाताहरुले आर्थिक सहयोग गर्नू भएको मा वहाँहरु प्रति क्याम्पस व्यवस्थापन समिति रूपाल हृदय देखी नै आभार प्रकट गर्दछ ।

छठ पर्व २०८० को हार्दिक शुभकामना !!!
11/19/2023

छठ पर्व २०८० को हार्दिक शुभकामना !!!

शुभ दीपावली (तिहार) २०८० भाईटिका को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाईहरुमा सुख...
11/15/2023

शुभ दीपावली (तिहार) २०८० भाईटिका को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाईहरुमा सुख, शान्ति, सम्मृद्धि एवम् उत्तरोत्तर प्रगतिको निम्ति हार्दिक शुभकामना व्यक्त गर्दछु ।

हिन्दुहरूको महान चाड वडा दशै (नवरात्री)को पहिलो दिन घटस्थापनाको शुभ अवसरमा  सम्पूर्ण दिदीबहिनी,दाजुभाइहरुमा हार्दिक मगंल...
10/15/2023

हिन्दुहरूको महान चाड वडा दशै (नवरात्री)को पहिलो दिन घटस्थापनाको शुभ अवसरमा सम्पूर्ण दिदीबहिनी,दाजुभाइहरुमा हार्दिक मगंलमय शुभकामना ब्यक्त गर्दछु।🙏🙏

हार्दिक धन्यबाद तथा आभार !!!             गैरआवासीय नेपाली सँघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको जूलाई २२ र २३ तारेखमा सम...
07/26/2023

हार्दिक धन्यबाद तथा आभार !!!
गैरआवासीय नेपाली सँघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको जूलाई २२ र २३ तारेखमा सम्पन्न निर्बाचनमा म अन्तराष्ट्रिय समन्वय परिषद (आईसिसि) सदस्य पदमा प्रत्यासी थिएँ । मलाई आईसिसि सदस्य पदमा आफ्नो अमुल्य मत दिई बिजयी गराउनु हुने अमेरिका बाशी सम्पूर्ण आमा, बुवा, दाजुभाई तथा दिदी बहिनीहरुमा हार्दिक धन्यवाद दिन चाहान्छु ।
हामी बिगत लामो समयदेखि एनआरएनए अभियानमा छौं । गैरआवासीय नेपालीहरुका दर्जनौं समस्याहरु रहेका छन । हामी हाम्रो गौरवशाली सँस्था गैरआवासीय नेपाली सँघको सँस्थागत सुधारबाट मात्र हाम्रा मागहरु पूरा गर्ने बाटोमा पुग्न सक्छौं ।
हामीले निर्बाचनका क्रममा पनि प्रमुख रुपमा उठाएको बिषय हरु पनि सँस्थामा पारदर्शिता , समाबेसिता र बिस्वस्नीयता नै थिए । बिना भेदभाव, पूर्वाग्रह सबै गैरआवासीय नेपाली अट्ने सँस्था बनाउने घोषणा गरेका थियौं । हाम्रो सँस्थामा हामी सबै अटाउनु पर्छ । कोही पनि छुट्नु हुँदैन । राष्ट्रिय समन्वय परिषदको नयाँ नेतृत्वले त्यसमा ध्यान दिनेनै छ ।
गैरआवासीय नेपाली सँघको अन्तराष्ट्रिय समन्वय परिषदको सदस्य पदमा अमेरिकाबाट म लगायत ८ जना सदस्यहरु निर्बाचित भएका छौं । हाम्रो भूमिका भनेको राष्ट्रिय समन्वय परिषद अमेरिकाका सवालहरु, एजेण्डाहरुलाई अन्तराष्ट्रिय समन्वय परिषदमा छलफलको बिषय बनाउने अर्थात अन्तराष्ट्रिय एजेण्डा बनाउने नै हो । त्यसका लागि हामी सबैजना एकताबद्ध भएर आफ्नो भूमिका निर्बाह गर्ने, सशक्त रुपमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्न चाहान्छौं ।
निर्बाचन सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ । निर्बाचन सफलताका साथ सम्पन्न गर्ने निर्बाचन आयोगलाई धन्यवाद दिन चाहान्छु । निर्बाचनबाट बिजयी हुने राष्ट्रिय समन्वय परिषदका सम्पूर्ण पदाधिकारीहरु, अन्तराष्ट्रीय सबन्मय परिषद का सदस्य हरु र च्याप्टरका अध्यक्ष लगायत पदाधिकारीहरु सबैलाई हार्दिक बधाई दिन चाहान्छु । मलाई आईसिसि सदस्य पदमा आफ्नो अमूल्य मत दिई बिजयी गराउनु हुने सम्पूर्ण मतदाताहरु, मेरा शुभचिन्तकहरु, साथीभाईहरु, दीदी बहिनी तथा दाजुभाईहरुमा हार्दिक पुन ः आभार तथा धन्यवाद दिन चाहान्छु ।
पदम ठकुराठी
आईसिसि सदस्य
अस्टिन, टेक्सास

06/27/2023

"परिवर्तन संम्भव छ"
पारदर्शी ,समावेशि, र विस्वसनिय

Address

United States Of America
Austin, TX
75006

Website

Alerts

Be the first to know and let us send you an email when Padam Thakurathi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category