Consulate of Nepal, Lisbon

Consulate of Nepal, Lisbon Information

05/10/2022

हार्दिक शुभकामना !

विजयादशमी,शुभ दिपावली,छठ पर्व एवं नेपाल सम्बत् ११४३ को पाबन अवसरमा देश बिदेशमा रहनुहुने समस्त नेपाली दाजुभाई दिदिबहिनीहरुमा सुख शान्ति तथा समृद्धीको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।

मकर हमाल
महाबाणिज्यदुत
तथा
नेपाली अवैतनिक महाबाणिज्यदुतावास परिवार
लिस्बन,पोर्चुगल ।

19/05/2022

सुचना!

नुवाकोट जिल्ला साबिक मदनपुर बेलकोटगढी नगरपालिका वडा नं १२ बिगत ७ बर्ष देखि पोर्चुगल बसोबास गर्ने सुजन सिलवाल बिगत १६ दिन देखि परिवार को सम्पर्क मा नआएको हुनाले खोजि गरीदिनु हुन अनुरोध गर्दछु।

सम्पर्कविहिन भएका सिलवालको खोजि कार्य गरिदिन नेपालबाट उनका परिवारले आग्रह गरेका छन्। सिलवाल अप्रिल ११ मा नेपाल बाट फर्किएर लिस्बोनको एक होस्टेलमा बसेका थिए।अप्रिल १५ को १३ः०० बजे पछि सम्पर्क विहिन छन।सिलवाल हराएपछि पोर्चुगलको नेपाली समुदाय समेत चिन्तित बनेको छ।

सिलवाललाई देख्नुहुने माहानुभावले कुनै पनि नेपाली संघसंस्थाका प्रतिनिधि, नेपाली कन्सुलेट तथा निम्न व्यक्तिलाई खबर गरिदिन हुन् आग्रह गरिएको छ।

नेपाली कंसुलेट, लिस्बन ९६९१९०९१९
रविन अधिकारी : ९३१७६७९२१
राम प्रसाद सिलवालः ९२०४४९३३९

15/05/2022

सुचना !!

२५६६औँ बुद्ध जयन्तीको अवसरमा १६ मई २०२२ को दिन पोर्चुगलको राजधानी लिस्वनमा बृहत शोभा यात्राको आयोजन गरिएको हुँदा उक्त दिन कार्यालय बन्द रहने व्यहोरा संबन्धीत सबैमा जानकारीको लागि अनुरोध छ ।

- नेपाली कंसुलेट, लिस्बन, पोर्चुगल ।

10/05/2022

पोर्चुगलबासी नेपाली दिदिबहिनी तथा दाजुभाईहरुमा हार्दिक अनुरोध !

२५६६ औँ बुद्ध जयन्तीको अवसरमा १६ मई २०२२ को दिन पोर्चुगलको राजधानी लिस्वनमा बृहत शोभा यात्राको आयोजना गरिएको ब्यहोरा जानकारीको लागि अनुरोध छ ।

बुद्ध जयन्तिको शोभा यात्रा लाई सभ्य र भब्य रुपमा सम्पन्न गरि प्रबासमा बुद्ध भुमी नेपाल र नेपालीको पहिचानको प्रचार-प्रसार गर्ने यस अभियानमा सरिक हुन पोर्चुगलबासी सम्पूर्ण नेपाली बुवाआमा, दाजुभाई, दिदीबहिनीहरु सबैमा सादर अनुरोध गर्दछों ।

बिहान १२:३०बजे देखि Rua Alvaro Coutinho 2B मा भगवान बुद्धको पुजा अर्चना सहित सुरु हुने बुद्ध जयन्ती बिशेष कार्यक्रम तत्पश्चात प्रासा दि कमर्सियो बाट दिनको ३:०० बजे शुरु हुने शोभा यात्रामा पोर्चुगल स्थित संपुर्ण संघ संथाहरुलाई भगवान बुद्धको फोटो र बुद्ध उपदेश अंकित प्ले कार्ड, नेपालको राष्ट्रिय झण्डा र आ-आफनो समुदायका भेष भुषामा उपस्थित भई शोभा यात्रालाई भब्य र आकर्षक बनाउन आ-आफनो स्थान बाट सहयोग गरिदिनु हुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछों ।

मकर हमाल
नेपाली अवैतनिक महाबाणिज्यदुत
एवं
संयोजक
तथा
२५६६ औँ बुद्ध जयन्ती मुल समारोह समिती परिवार
लिस्बन ,पोर्चुगल ।

13/04/2022

नेपाली नयाँ बर्ष २०७९ को पुनित उपलक्ष्यमा देश-बिदेशमा रहनुहुने समस्त नेपाली दिदिबहिनी तथा दाजुभाईहरुमा सुख,शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

मकर हमाल
नेपाली अवैतनिक महाबाणिज्यदुत
एवं
महाबाणिज्यदुतावास परिवार
लिस्बन , पोर्चुगल ।

08/10/2021

Working days : Monday - Friday (Except Public Holiday)
Working Hours : 15:00-18:00
Duration for documention related works: After two working days (Normal) ,
In case of urgency next day after the document is received
Visa Application : Online Visa application should be filled and print copy of the application should be submitted along with passport by the concerned person.
Every documents needs to be attested by Ministry of Foreign affairs. Documemts withouthout attestation will not be accepted.

07/10/2021

हार्दिक शुभकामना !

विजयादशमी ,शुभ दिपावली तथा छठ पर्वको पाबन अवसरमा देश बिदेशमा रहनुहुने समस्त नेपाली दाजुभाई दिदिबहिनीहरुमा दिर्घायु, सुख शान्ति तथा समृद्धीको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।

मकर हमाल
महाबाणिज्यदुत
तथा
नेपाली अवैतनिक महाबाणिज्यदुतावास परिवार
लिस्बन्, पोर्तुगल ।

20/04/2021

प्रवेषाज्ञां (VISA )संबन्धी अत्यन्त जरुरी सुचना ।

नेपाली अवैतनिक महाबाणिज्यदुतावास लिस्बन,पोर्चुगल बाट नेपाल भ्रमणका लागी जारी हुने पर्यटकिय प्रवेषाज्ञां ( Tourist Visa ) अब उप्रान्त https://nepaliport.immigration.gov.np/onlinevisa-mission/application बाट आवेदन गर्नुपर्नेछ । यसरी आवेदन गर्दा online भरिएको Online Visa Application Form को Printed Copy नेपाली अवैतनिक महाबाणिज्यदुतावासको कार्यालय लिस्बन, पोर्चुगलमा आवश्यक Visa शुल्क सहित बुझाएपछी मात्र Visa जारी हुने संबन्धित सबैमा जानकारीका लागी अनुरोध छ ।

- नेपाली कंसुलेट जनरलको कार्यालय
लिस्बन , पोर्चुगल ।

15/04/2021

कार्यालय समय परिवर्तन भएको सुचना !

नेपाली अवैतनिक महाबाणिज्यदुतावास, लिस्बन,पोर्चुगलको कार्यालय यस अंघी केहि समयका लागी बिहान ११ बजे देखी खोलिंदै आएकोमा मिती १९ अप्रिल २०२१ देखी पुर्ववत समय अनुसार दिनको ३ बजे देखी ६ बजे सम्म (सोमबार देखी बिहिबार) खुल्ला रहने ब्यहोरा संबन्धित सबैमा जानकारीका लागी अनुरोध छ ।
पुनस्च: अर्को सुचना प्रकाशन नहुन्जेल सम्म शुक्रवारका दिन भने कार्यालय पुरा समय बन्द रहने छ ।

- नेपाली अवैतनिक महाबाणिज्यदुतको कार्यालय
लिस्बन,पोर्चुगल ।

13/04/2021

नेपाली नयाँ बर्ष २०७८ को पुनित उपलक्ष्यमा देश-बिदेशमा रहनुहुने समस्त नेपाली दिदिबहिनी तथा दाजुभाईहरुमा सुख,शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

मकर हमाल
नेपाली अवैतनिक महाबाणिज्यदुत
एवं
महाबाणिज्यदुतावास परिवार
लिस्बन , पोर्चुगल ।

22/12/2020

सुचना !!

क्रीस्मस तथा अंग्रेजी संवतको नयाँ बर्षको अवसरमा नेपाली अवैतनिक महाबाणिज्यदुत लिस्बनको कार्यालय २४ दिसेंम्बेर २०२० तथा २५ दिसेंम्बेर २०२० एवं ३१ दिसेंम्बेर २०२० तथा १ जनवरी २०२१ का दिन बन्द रहने ब्यहोरा जानकारीका लागी अनुरोध गरिन्छ ।

- नेपाली अवैतनिक महाबाणिज्यदुतको कार्यालय , लिस्बन , पोर्चुगल ।

Endereço

Avenida Miguel Bombarda , 133-6 E , 1050-264 Lisbon
Lisbon
1050-164

Horário de Funcionamento

Segunda-feira 15:00 - 18:00
Terça-feira 15:00 - 18:00
Quarta-feira 15:00 - 18:00
Quinta-feira 15:00 - 18:00
Sexta-feira 15:00 - 18:00

Telefone

+351213555345

Website

Notificações

Seja o primeiro a receber as novidades e deixe-nos enviar-lhe um email quando Consulate of Nepal, Lisbon publica notícias e promoções. O seu endereço de email não será utilizado para qualquer outro propósito, e pode cancelar a subscrição a qualquer momento.

Compartilhar