12/11/2019
बाेनम्याराे पिडितलाई अाेमान सललाह बाट अार्थिक सहयोग
अारके श्रीवास्तव/अाेमान/कार्तिक २६
बाेनम्याराे पिडितलाई अाेमान काे दक्षिणी प्रान्त सललाह बाट अार्थिक सहयोग पठाईएकाे हाे । झापा भद्रपुर ९ कि निर्मल दहालकाे जीवन रक्षाकाे लागि सामूहिक रूपमा सहयोग रकम संकलन गरि पठाईएकाे हाे । निर्मल दहाल बचाउ अभियान बाट संकलन गरिएको नेपाली रूपैयाँ एक लाख बाईस हजार नेपाल पठाईएकाे जानकारी गराईएकाे छ । गैरअावासिय नेपाली साेसल क्लब क्षेत्रीय समन्वय परिषद सललाह का पूर्व अध्यक्ष टीका प्रसाद दहाल,सचिव सुकबहादुर थामी ,प्रवता गिता थापा,सदस्य कुमारी राई, समाजसेवी हरिकला भण्डारी सुनुवार, नेपाल मगर संघ क्षेत्रीय समिति सललाह र झलेन्द्र दाहाल सहित को सक्रियतामा रकम संकलन गरिएको थियो । गत २६ अक्टुबर २०१९ का दिन दिवान कम्पनीमा कार्यरत कामदारहरु साथै १ नाेभेम्बर २०१९ का दिन सलालह स्थित गार्डेनमा नेपाली दाजुभाइ दीदीबहिनीहरू तथा सहयोगि मनहरुले संयुक्त रूपमा निर्मल दाहाल बचाउ अभियान संचालन गरेका थिए । अभियान बाट ओमानी रियाल ४ सय २० अर्थात् नेपाली एक लाख बाईस हजार रूपैयाँ संकलन गरिएको थियोे । पिडित निर्मल दाहाल को घर मा नै गएर गाउँका वरिष्ठ सामाजिक ब्याक्तित्वहरू काे राेहबरमा जानुका दाहाल ले रकम हस्तान्तरण गर्नु भएको थियोे । विरामीकाे भित्री हड्डीकाे बाेनम्याराे सुकेर शरिरबाट रगतकाे मात्रा उत्पन्न नहुने र त्यसकाे प्रत्यारोपण गर्न एवम् उपचार काे लागि धेरै खर्च हुने भएकोले सकदाे सहयोग गरिएको हाे । विरामी काे अार्थिक अवस्था कमजोर भएको, त्यति ठूलो रकम पूरा गर्न नसक्ने अवस्था रहेकोले सहयोग का लागि अपिल गरिएको थियोे । त्यस अनुसार सललाहका नेपालीहरूको सक्रियता मा सहयोग रकम संकलन गरि पठाईएकाे छ । साथै विरामीकाे सिघ्र स्वास्थ्य लाभको कामना सहित सहयोगी मनहरुलाई धन्यवाद ज्ञापन गर्दै अन्य संघ संस्थाहरू लाई सहयोग काे लागि अपिल समेत गरिएको छ ।