24/12/2023
हाम्रो देश, हाम्रो भेष,नेपाली परिवेश,खेलकुदको संदेश,
नमस्कार ,
सगरमाथा समुह ओमानले आयोजना गर्ने अन्तरनेपाली फुटबल प्रतियोगितामा आफ्नो टिम सहभागी गराइ खेलकुद मैत्री वातावरण बनाउन सबै संस्था , टिमहरुलाइ पुन हार्दिक अनुरोध गर्दछौं ।
अन्य जानकारी तथा टिम दर्ताको लागि:
# भिम निरौला: ९६७९३४४७
# रमेश लिम्बू: ९४३९४३४७
टिम दर्ता आजबाट खुल्ला गरियको र दर्ता शुल्क ओमानी रियल ४० रहेको छ ।
*नियम हरु*
# फुटबल नियम फिफा अनुसार हुने छ।
# खेल भएको समयमा कुनै बिबाद आएमा अन्तिम निर्णय रेफ्रीको हुने छ।
# खेलाडीको लागि ड्रेस र जुत्ता अनिवार्य हुने छ।
# खेल समय भाग लिने टिमहरुको उपस्थिति अनुसार हुने छ।
# दर्ताको लागि अन्तिम मिति: ११-जन्-२४
# टाइ शिट प्रकाशन १२-जन्-२४ मा सहभागि टिम कप्तानहरुको उपस्थितिमा खुल्ला गोला प्रथा बाट गरिने छ ।
# टिम ११ जनाको हुने छ
# खेल बराबरी भएमा केही समय थप अनि टाइबेकर (पेनाल्टी सुट)
# ५ जना खेलाडी परिवर्तन गर्न पाउने
# धेरैमा १७ जना खेलाडिको नाम दिन पाइने
# खेल बिहान ८ बजेबाट सुरु हुने छ
# नेपाली खेलाडीहरुलाई मात्र खेलमा समाबेश गरिने छ ।
*पुरस्कारहरु*
प्रथम :- नगद, ट्रफी, मेडल र प्रमाणपत्र
दितिय :- नगद, ट्रफी, मेडल र प्रमाणपत्र
उत्कृष्ट खेलाडी:- ट्रफी, मेडल र प्रमाणपत्र
सर्बाधिक गोल कर्ता:-ट्रफी, मेडल र प्रमाणपत्र
उत्कृष्ट गोल रक्षक:-ट्रफी, मेडल र प्रमाणपत्र
अनुशासित टिम :-ट्रफी र प्रमाणपत्र
धन्यवाद ,
सगरमाथा समुह, ओमान