Thangpalkot

Thangpalkot Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Thangpalkot, City Hall, .

02/09/2024

Panchpokhari

16/06/2021

कल्पना सम्म नि नगरिएको घटना ; अत्यन्तै दु:खद । सुरक्षित रहनु होला सिन्धुपाल्चोक मेलम्ची

बुबालाई अन्तिम फोन...❤️❤️मैले मोबाइल अफ गरेर हस्पिटल बसेको पनि १३ दिन भएछ ।आज खोकि एकदमै लागिरहेको छ,छाति दुखि रहेको छ,ज...
07/06/2020

बुबालाई अन्तिम फोन...❤️❤️

मैले मोबाइल अफ गरेर हस्पिटल बसेको पनि १३ दिन भएछ ।आज खोकि एकदमै लागिरहेको छ,छाति दुखि रहेको छ,ज्वरो १०४ पुगेको छ ।त्यो भन्दा गाह्रो सास फेर्न भइरहेको छ । बरु अन्तिम सास नेपालमा नै फेर्न पाए हुन्थ्यो ।मेरै बुबा ममिको काखमा टाउको टेकाउन पाए हुन्थ्यो ।कोरोना पोजेटिभ देखिएको पनि आज ६ दिन भयो ।यहाँका स्वास्थ्यकर्मीहरु आफै सङ्क्रमि छन्,अझै पहिलो प्राथमिकता यहाँकै नागरिकलाइ दिन्छन् । मेरै नेपाल प्यारो थियो,केहि गरौला,आमा बुबालाइ अमेरिका ल्याउला भन्ने मेरो इच्छा,इच्छा नै रह्यो ।बाच्ने कुनै आश‍ छैन,मोबाइल अन गर्छु र बुबालाइ फोन लगाउछु

बुबा ढोग गरे....
अघिपछि बुबाले सन्चो बिसन्चो सोध्नु हुन्थ्यो तर आज सिधै बरबराउन लाग्नु भयो ।।

मेरो छोरा,मेरो बाबु,यतिका दिन किन यसरि बसिस्,किन फोन गरिनस् तलाइ नपुग्दो के थियो?
नजा भन्दा भन्दै हामीलाइ छोडेर गइस,धेरै राम्रो पढ्छु,पढाइ सकेर केहि वर्षमा हजुरहरुलाइ अमेरिका लान्छु ।नेपाल जस्तो मुलुकमा केहि उन्नति हुन्न भन्थिस् ? त त हाम्रो बुढेसकालको एक्लो छोरो ।हाम्रो सहरा होस् बाबु,तेरो इच्छाको अघि घुडा टेक्नु बाहेक अरु केहि उपाय हामीसङ्ग बाकि थिएन । तेरो घाटिमा माला लगाएर बिदा गर्दा आमा बिहोस नै भएकि थिइ।
आमा अहिले भुलकट भइछे बाबु,खाना सधै बढि पकाउछे,केका लागि हो कुनि गिलासमा दुध तेरै लागि भनेर छुट्याउछे ।तेरो आमाको हर्कत झन् ज्यादा हुदै छ,बिर्सेर होकि बुझ पचाएकि हो तीन भाग खाना पस्किन्छे,अनि बिहान उठेर रुदै कुकुरलाइ त्यो दुध र खाना दिन्छे । तेरो ढिला आउने बानिले होला,घरको मुल ढोका १० बजेसम्म खुल्लै हुन्छ । अनेकौं बहना गरेर तेरो कोठामा छिर्छे,कोठा पसेको प्रत्येक पटक भित्तामा रहेको तेरो फोटोलाइ मज्जाले पुस्छे अनि धोतिको एउटा कुनाले आसु पिस्दै बाहिर निस्किन्छे।

घरमा मिठो पाकेको दिन उ भोकै बस्छे,आप ल्याएको दिन छोरा भएको भए कति मनपराउथ्यो भन्दै आप हेरेर त्यसै छोड्छे ।

कसैले छड्के ब्याक बोकेको देख्न सक्दिन,निलो टिसर्ट हेर्न सक्दिन,कपाल टुप्पि बानेको महसुस गर्न सक्दिन,गालामा खोबिल्टो भएको कोही आयो भने बोल्न सक्दिन । त गएको ५ महिना भयो,तर तेरो आमाले फोटोको एल्बम ५०० पटक हेरि सकि,बाबु त्यहि चपल नलगाएको फोटो हेर्दै भन्छे,यति सानो खुट्टा थिए,हिड्न सक्दैन थियो,आज कति चाडै ठुलो भयो ।मलाइ त मेरो बाबु यस्तै भएको ठिक,मेरै काखमा बसेको ठिक,रुदै रुदै चकलेट माग्न आएकै ठिक।हास्दै हास्दै मैसङ्ग सुतेकै ठिक,मेरो मामु भन्दै मेरो गालामा मौइ खाएकै ठिक...तर के गर्नु बाबु हामीलाइ छोडेर बिरानो मुलुकमा गईस् । तैले गरेको १० मिनेट भिडियो कलको कुरा,गाउको दुइ बर्षे बच्चालाइ सम्म थाहा हुन्छ ।

आमा त पिरैले मर्छे जस्तो छ बाबु
के पकाएर खाला?
कसले लुगा धोइदेला?
बिरामी हुदा कसले मलम पट्टि गरिदेला?
काम गरेर हात खुट्टा कति दुख्दो‌ हो?
सानै छ, धेरै काम पो लाउने हुन कि?
अमेरिकामा अहिले जाडो छ,मैले किनिदिएको तातो भुवा भएको ज्याकेट पनि लगेन,कति जाडो‌ हुदो हो?
यस्तै भनेर दिन कटाउछे बाबु...

तेरो आमा देख्दा छोरा मलाइ तेरो खुबै न्यास्रो लाग्यो,त त हाम्रो लागि मुटुको टुक्रा रैछस्,कसैको बुबा छोरा हिडेको देख्दा‌ मलाइ डाहा लाग्छ ।
आइजो छोरा,अमेरिकाको त्यो पैसाले हाम्रो खुशि किन्न सक्दैन ।
एक दिन आमालाइ डिप्रेसनको र मलाइ निन्द्राको गोलि भएन भने हामी नै मानसिक अस्पताल जानु पर्छ ।बाबु आइजो ।आइजो बाबु.....
यति सुनिसक्दा मलाइ सास फेर्न धेरै नै गाह्रो भइसकेको थियो ।बल लगाएर मोबाइलको इन्ड कलमा थिचे ।...
डाक्टरहरुले मलाइ भेन्टिलेटर र अक्सिजन माक्स जोड्न लागे..
हे भगवान् मनबाट स्वर निस्कियो,आखामा आमाबुवाको हसिलो अनुहारले हात हल्लाएर बाइ गरेको देखे...
सदाको लागि मेरो आखा बन्द भयो....

✍️

16/04/2020

Pani ghataa

01/11/2018

Wishing you a memorable Diwali

नेपाली दाजुभाइ तथा दिदी बहिनी र नेपाल बाहिर रहनुहुने सबै नेपालीहरु लाई सुभकामना ।।।।।
10/10/2018

नेपाली दाजुभाइ तथा दिदी बहिनी र नेपाल बाहिर रहनुहुने सबै नेपालीहरु लाई सुभकामना ।।।।।

30/09/2018

इश्वर तिमिले नाक बनायौ निधार बनायौ खप्पर बनायौ ,
नेपालका टाउकेहरुको खप्परमा किन गोबर खन्यायौ ?

सिन्धुपाल्चोक पाँच पोखरी थाङ्पाल गाउँ पालिका ४ कोटगाँउ   मा माइते तामाङ को श्रीमती को हत्या भएको छ । हिजो ४ बजे तिरको सम...
29/09/2018

सिन्धुपाल्चोक पाँच पोखरी थाङ्पाल गाउँ पालिका ४ कोटगाँउ
मा माइते तामाङ को श्रीमती को हत्या भएको छ । हिजो ४ बजे तिरको समयमा स्थानीय वाशुदेव वाईबाले टालटुलेको बाटो मुनि खेतमा धरियो हतियार प्रयोग गरि टाउकोनै अलग हुने गरि हत्या गरिएको छ । वाशुदेव वाइबाले आफैले हत्या गरेको स्वीकार गरेको छ ।

पाँचपोखरी थाङ्पाल गाउँ पलिका वडा न ४ थाङ्पालकोट मिति 2074-3-6 देखि पूर्ण खोप पाएको वडा जिल्ला जनस्वास्थ्य  घोषणा भएको छ।...
21/06/2017

पाँचपोखरी थाङ्पाल गाउँ पलिका वडा न ४ थाङ्पालकोट मिति 2074-3-6 देखि पूर्ण खोप पाएको वडा जिल्ला जनस्वास्थ्य घोषणा भएको छ।यस पूर्ण खोप भएको वडा बनाउन निरन्तर कार्यरत मानेखर्क उप स्वास्थ चौकी का इन्चार्ज अ हे ब छिरिङ गुरुङ ,ग्रा स्व का भुवन थापा, अ न मि रोजिना मानन्धर ,कार्यलय सहायक रामचन्द्र बस्नेत लगायत सम्पुर्ण स्वयंसेविकाहरुमा सम्मनित हुनुभएकोमा बधाई सहित हार्दिक धन्यवाद व्यत गर्दछौं ।

Address


Website

Alerts

Be the first to know and let us send you an email when Thangpalkot posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your organization to be the top-listed Government Service?

Share