ने बि सघं नारद अादश क्याम्पस चौदण्डिगढी न.पा. - ४ बसाहा

  • Home
  • Nepal
  • Udayapur Garhi
  • ने बि सघं नारद अादश क्याम्पस चौदण्डिगढी न.पा. - ४ बसाहा

ने बि सघं नारद अादश क्याम्पस चौदण्डिगढी  न.पा. - ४ बसाहा सम्पूर्ण विद्यार्थीहरुकाे हकहितको लागि सधै लडन तयार र तत्पर हामी छाै।
जय नेपाल

25/02/2026

मात्र ८ दिन बाकी नेपाली काङ्ग्रेस लाई बिजयी गराउनको लागि मतदान गर्न 🌳ढुकका साथ रुखमा मतदान गरौ🙏🌳
जय नेपाल
जय नेविसंघ 🌳🤝

" लोकतन्त्र जोगाउने, संविधान बचाउने जिम्मेवारी हाम्रो हो।त्यसका लागि" ✋🌳 नेपाली कांग्रेस — बिदुर बस्नेत।                ...
28/01/2026

" लोकतन्त्र जोगाउने, संविधान बचाउने जिम्मेवारी हाम्रो हो।
त्यसका लागि" ✋🌳 नेपाली कांग्रेस — बिदुर बस्नेत।

🇳🇵 यो चुनाव पदको होइन, देशको भविष्यको हो।सही निर्णय गरौँ ✋
🌳 बिदुर बस्नेतलाई जिताऔँ।

चौदण्डीगढी नगरपालिका–अन्तर्गत नेपाल विद्यार्थी संघका नगर सभापति विशाल  गेलाल ज्यूका पूजनीय पिता ज्युको  असामयिक निधन भएक...
11/12/2025

चौदण्डीगढी नगरपालिका–अन्तर्गत नेपाल विद्यार्थी संघका नगर सभापति विशाल गेलाल ज्यूका पूजनीय पिता ज्युको असामयिक निधन भएको दुःखद समाचारले हामी अत्यन्त मर्माहत भएका छौँ। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै, शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ।

जेन्जी आन्दोलन पछी केन्द्रीय समिती बैंककमा सभापति शेरबहादुर देउबा कसैप्रति आक्रोश राखेनन् । उनको अनुहार र बोलीमा कुनै प्...
15/10/2025

जेन्जी आन्दोलन पछी केन्द्रीय समिती बैंककमा सभापति शेरबहादुर देउबा कसैप्रति आक्रोश राखेनन् । उनको अनुहार र बोलीमा कुनै प्रतिशोध देखिएन। उनले जेनजीलाई आतंककारी भन्दै अपमान गरेनन्। सुरुमै जेनजीका सहिदलाई श्रद्धाञ्जली दिए । घाइतेलाई स्वास्थ्य लाभको कामना गरे । युवाहरूको बिद्रोहलाई सम्मान गरे। उनले यो घटनालाई इतिहासकै एउटा डरलाग्दो घटनाको रूपमा लिने बताए ।

देउबाले अब नेपाली जनताको चाहनाअनुसार नै पार्टीको कार्यकारी पदमा नबस्ने घोषणा गरे । आफूले प्रधानमन्त्री हुँदा गरेका कामहरू सम्झिए । आन्दोलनमा आफूलाई बचाउने सबै जनालाई धेरै धन्यवाद दिँदै, उनीहरूलाई जीवनभर नभुल्ने बताए ।

देउबासँग थुप्रै विषयमा असहमति होलान्,तर आज देउबाको भाषण र हाउभाउ हेर्दा उनी साँच्चिकै देशका अभिभावकजस्तै देखिए । देउबाले चाहेको भए कार्यकर्ता र गुन्डाहरू वरिपरि राखेर सरकारलाई चेतावनी दिन सक्थे, यो सरकारको विरुद्धमा आन्दोलन घोषणा गर्न सक्थे, नमरुञ्जेल पार्टी छोड्दिन भनेर भन्न सक्थे। तर देशमा संकट परेको बेला उनी परिपक्व, शान्त र जिम्मेवार देखिए ।

कठिन घडीमा देशलाई दिशा दिने अभिभावक पार्टी नेपाली काङ्ग्रेस नै हो भनेर सन्देश पनि दिए । देउबाले गल्ती स्वीकार्दै, समयअनुसार नयाँ पुस्तालाई नेतृत्व छोड्नुपर्छ भनेर ओली र प्रचण्डलाई पनि सिकाए । देउबाले व्यवस्था परिवर्तनका लागि लडे। अब नयाँ युवासहितको सरकारले जनताको अवस्था परिवर्तन गर्नुपर्छ ।

सुदूरपश्चिमबाट आएर ६० वर्ष राजनिति गरेर देशलाई यो अवस्था सम्म पुर्याउनको लागि खेलेको भूमिकाको लागि देउबालाई धेरै धन्यवाद एवम् सम्मान र आगामी दिनको शुभकामना । 🙏

07/08/2025

📢🌟 भर्ना खुल्यो!भर्ना खुल्यो!!भर्ना खुल्यो!!!🌟📢
🎓 नारद आदर्श शिक्षा क्याम्पस 🎓
(शिक्षाको उज्यालो, भविष्यको गन्तव्य)
प्रिय विद्यार्थी तथा अभिभावकज्यू,
अब तपाईंको भविष्यलाई उज्यालो बनाउन सुवर्ण अवसर —
👉 B.Ed. (शिक्षाशास्त्र स्नातक) कार्यक्रम मा भर्ना खुला भएको छ।
✨ किन छान्ने नारद आदर्श शिक्षा क्याम्पस?
✅ अनुभवी, दक्ष र प्रेरणादायी शिक्षक टोली
✅ आधुनिक शैक्षिक प्रविधि (ICT, Smart Class, प्रयोगशाला)
✅ पुस्तकालय, शान्त र अध्ययनमैत्री वातावरण
✅ व्यक्तिगत मार्गदर्शन र करिअर काउन्सिलिङ
✅ उत्कृष्ट शैक्षिक नतिजा र रोजगारमा उच्च अवसर
✅ मेधावी तथा आवश्यकताका आधारमा छात्रवृत्ति सुविधा
📅 भर्ना खुल्ने मिति:२०८२|०४|२५
📍 स्थान: वर्षेडाडा चाेक छेउमा
☎ सम्पर्क: ९८१४७०५७५३,९८०७७७४४९६ ,९८१७७६४७८३
💡
नारद आदर्श शिक्षा क्याम्पस
👉 “गुणस्तरीय शिक्षा, उज्यालो भविष्य” 👈

परिक्षा आवेदन फारम भर्ने सुचना🙏
22/06/2025

परिक्षा आवेदन फारम भर्ने सुचना🙏

४ वर्षे स्नातक तह दाेस्राे वर्षको अांशिक परीक्षाकाे अावेदन फारम भर्ने सम्बन्धि सुचना ।
नाेट: परीक्षा अावेदन फारम मिति २०८२/०३/२० गते सम्म भरिसक्नु पर्नेछ ।

भोलिदेखि सुरु हुने स्नातक तह तेस्रो वर्षको परीक्षामा सम्मिलित हुने सम्पूर्ण परीक्षार्थीहरुलाई सफलताको शुभकामना ।☘️👏
17/06/2025

भोलिदेखि सुरु हुने स्नातक तह तेस्रो वर्षको परीक्षामा सम्मिलित हुने सम्पूर्ण परीक्षार्थीहरुलाई सफलताको शुभकामना ।☘️👏

19/05/2025

सुचना !सूचना !!सुचना!!
भोलि देखि हुन गैरहेको बि.एड चौथो बर्षका सम्पूर्ण विद्यार्थीहरुलाइ परिक्षाको शुभकामना !
साथै परिक्षाको केन्द्र गाइघाट मोतिगडा रहेको छ र विद्यार्थीलाई आउन जानको लागि क्याम्पस बाट बसको ब्यबस्थापन गरिएको सबैमा जानकारी गराउदछौ🙏
नने बि सघं नारद अादश क्याम्पस चौदण्डिगढी न.पा. - ४ बसाहा नने बि सघं नारद अादश क्याम्पस चौदण्डिगढी न.पा. - ४ बसाहाSShree Narad Adarsh Education Campus, Basaha, Udayapur

Address

Udayapur Garhi

Website

Alerts

Be the first to know and let us send you an email when ने बि सघं नारद अादश क्याम्पस चौदण्डिगढी न.पा. - ४ बसाहा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share