आजाद खड्का

आजाद खड्का आजाद खड्का (अध्यक्ष-समाजवादी ज्ञान केन्द्र)

"दलित रहँदासम्म दलित कोटा पनि रहन्छ। यदि कोटा समाजको घाँडो हो भने, त्यसको मूलकारण-दलितको अस्तित्व-केही होइन,जातीय विभाजन...
02/11/2025

"दलित रहँदासम्म दलित कोटा पनि रहन्छ। यदि कोटा समाजको घाँडो हो भने, त्यसको मूलकारण-दलितको अस्तित्व-केही होइन,जातीय विभाजन र वर्णव्यवस्था हो।"

त्यसैले प्रश्न उठ्छ-के समस्या कोटामा हो, कि त्यसको कारणमा?

01/11/2025

#आदिवासी/जनजाति भनेको के हो ? नेपालका आदिवासी/जनजातिलाई कति समूहमा वर्गीकरण गरिएको छ ? नेपालका आदिवासी/जनजातिको तथ्यांकीय स्थिति उल्लेख गर्नुहोस् । (2.5 + 2.5 + 5 = 10)
==================================================

आदिवासी/जनजातिः परिचय

- सरकारद्वारा गठित जनजाति उत्थान प्रतिष्ठान कार्यदलले वि.सं. २०५३ बैशाखमा दिएको प्रतिवेदन अनुसार निम्न विशेषता भएको जाति नै जनजाति हो :
१) आफ्नो छुट्टै सामूहिक साँस्कृतिक पहिचान भएको,
२) आफ्नो परम्परागत भाषा, धर्म, रीतिरिवाज र सँस्कृति भएको,
३) परम्परागत सामाजिक संरचना समानतामा आधारित भएको,
४) आफ्नो परम्परागत भौगोलिक क्षेत्र भएको,
५) आफ्नो लिखित वा अलिखित इतिहास भएको,
६) समुदायभित्र "हामी भावना" भएको,
७) जुन समुदायको आधुनिक नेपालको राजनीति र राज्य संचालनमा निर्णयाक भूमिका छैन ।
८) जो नेपालको आदिबासी हो,
९) जसले आफूलाई जनजाति भन्दछ ।

- आदिवासी/जनजाति उत्थान प्रतिष्ठान ऐन, २०५८ अनुसार आदिवासी/जनजातिको परिभाषाः
"आफ्नो मातृभाषा र परम्परा, रीतिरिवाज, छुट्टै साँस्कृतिक पहिचान, छुट्टै सामाजिक संरचना, लिखित वा अलिखित इतिहास भएको अनुसूचीबमोजिमको जाति वा समुदाय नै नेपालको आदिवासी/जनजाति हो ।"

→आदिवासी/जनजातिको वर्गीकरणः

वि.सं. २०६८ सालको जनगणना अनुसार नेपालमा जम्मा १२५ जाति रहेका छन् भने आदिवासी जनजाति महासंघले नेपालमा ५९ जातिहरुलाई आदिवासी जनजातिमा सूचीबद्ध गरेको छ। यस्तै महासंघले नेपालका जनजातिलाई निम्न ५ समूहमा विभाजन गरी आदिवासी/जनजातिको हक अधिकारका लागि लागिपरेको छः
१. लोपोन्मुख समूह (Endangered Group)
२. अति सीमान्तकृत समूह (Highly Marginalized Group)
३. सीमान्तकृत समूह (Marginalized Group)
४. सुविधा वञ्चित समूह (Disadvantaged Group)
५. उन्नत समूह (Advanced Group)
→नेपालका जनजातिको तथ्यांकीय स्थितिः

नेपाल विवीध संस्कृती, जातजाती, भाषा–भाषी एवं धार्मिक विविधतायूक्त एक बहुजातिय देश हो । २०६८ को जनगणना अनुसार यहाँ सबैभन्दा क्षेत्री, ब्राह्मण, मगर, थारु, तामाङ सबैभन्दा धेरै जनसंख्या रहेको पहिलो पाँच जाति हो भने सबैभन्दा धेरै जनसंख्या रहेको जनजाति मगर हो । यस्तै सबैभन्दा कम जनसंख्या कुसुण्डा २७३ जना रहेका छन् ।
नेपालको विभिन्न जनगणनानुसार जनजातिको तथ्यांकीय स्थितिः
वि.सं. २०४८ को जनगणना अनुसार नेपालको कूल जनसंख्या १,८४,९१,०९७ रहेकोमा ६५,७२, ३६५ जनसंख्या अर्थात ३५.६% भाग जनजातिले ओगटेको छ ।
वि.सं. २०५८ जनगणना अनुसार ३७.२ प्रतिशत जनसंख्या आदिवासी जनजाति रहेका थिए ।
वि.सं. २०६८ सालको जनगणना अनुसार ९३,४८,९०४ (३५.२ %) जनसंख्या आदिवासी जनजाति रहेका छन् ।

#नाेट:आदिवासी/जनजातिः परिचयकाे ७ नंवरसंग म असहमत छु।

 #माओवादी_कमरेडहरु_बुझ्न_पर्नेकुरा१. अहिले पार्टी एकता नभएको भन्दै नानाथरी आरोप नगर्नुहोस्। हल्ला, गाली वा गलत ठोकुवा कद...
01/11/2025

#माओवादी_कमरेडहरु_बुझ्न_पर्नेकुरा

१. अहिले पार्टी एकता नभएको भन्दै नानाथरी आरोप नगर्नुहोस्। हल्ला, गाली वा गलत ठोकुवा कदापि नगर्नुहोस्।

२. भविष्यमा चुनावी सहकार्य सम्भव छ। अहिलेको असहमतिले स्थायी समस्या नबनाओस्।

३. कमरेडहरूले अहिले एमालेमा जाने वा नजाने कुरा ठोकुवा नगर्नुहोस्। निर्णय गर्नेको सम्मान गरौं।

४. हाम्रो माओवादी केन्द्रलाई बलियो, अनुशासित र नम्बर एक कम्युनिष्ट पार्टी बनाउने आफ्नो कर्तव्यमा ध्यान दिनुहोस्।

५. बिप्लबको पार्टी पनि स्वतन्त्र र बलियो कम्युनिष्ट पार्टी बन्न पाओस्। सबै पार्टीहरू आफ्नै मार्गमा विकसित हुन्छन्। समाजवादी क्रान्तिको दृष्टिकोण बोकेर एमालेमा गए पनि हाम्रो काम प्रभावकारी रहिरहन्छ।

६. अनुशासन र संगठनको बलमा अघि बढौं, व्यक्तिगत आरोप र अफवाहमा होइन। समाजवादी क्रान्तिको उचित कार्यदिशा तय गरौं। अन्ततः सबै कमरेडहरूको भेट हुन्छ।

01/11/2025

'विप्लव सी'बाट अलग भएको नेपाल कम्युनिस्ट पार्टीको बहुमत पक्षले आज ११ बजे पत्रकार सम्मेलन गरी आकस्मिक राष्ट्रिय भेलाका निर्णय सार्वजनिक गर्दैछ।

31/10/2025

संघीयताले पुरै देशको खर्च बढाएर बर्बाद बनायो भन्ने पेटीज्ञानी हरुले ४/५ मिनेट सुन्नुहोस । संघीयता पक्षधरले भन्दा त ‘झोले’ ले बोलेको हुन्छ । प्रदेश हटाउनुपर्छ भन्ने ‘अन्तराष्ट्रिय पेटी ज्ञानी’ले पनि ज्ञानी बिद्यार्थीले झैं सुनेर बस्नुभएको रहेछ ….

31/10/2025
31/10/2025

माओवादी केन्द्र र एकीकृत समाजवादी विच एकता हुने निश्चित भए पछि ओली अत्तालिदै भने -'तपाईहरु यतै फर्किनुस हामी कमजाेर भयाै।'

31/10/2025

नेपालमा माओवादी केन्द्रले जनवादी केन्द्रीयताको व्याख्या यसरी गरेको छ-

31/10/2025

प्रचण्डकाे नेतृत्वमा बामपन्थी र कम्युनिष्ट धुर्वीकरण आजकाे आवश्यकता हाे। सवै जुटाैं।

राजनीतिज्ञहरुको जीवन कुनै रहस्य नभई खुला किताब जस्तै पारदर्शी हुनुभर्छ भन्ने मान्यता उहाँ (पोष्टबहादुर बोगटी) को थियो र ...
31/10/2025

राजनीतिज्ञहरुको जीवन कुनै रहस्य नभई खुला किताब जस्तै पारदर्शी हुनुभर्छ भन्ने मान्यता उहाँ (पोष्टबहादुर बोगटी) को थियो र आफ्नो राजनीतिक जीवनमा उहाँले यसलाई लागू गर्ने कोशिष गर्नुभयो ।

राजनीतिज्ञहरुको जीवन कुनै रहस्य नभई खुला किताब जस्तै पारदर्शी हुनुभर्छ भन्ने मान्यता उहाँ (पोष्टबहादुर

31/10/2025

घनश्याम भुषाल र रामकुमारी झाँक्री माओवादी केन्द्रसँगको एकताको विपक्षमा देखिनु भयाे।
तर तपाईहरूको राजनीतिक तर्कभन्दा बढी, त्यसको पछाडि व्यक्तिगत सत्ता–सन्तुलनको डर र
पार्टीभित्रको भूमिका घट्ने आशंका मुख्य कारण देखिन्छ। नडराउनुहाेस। तपाईहरुकाे भुमिका कमजाेर हुदैन।

Address

Tulsipur

Alerts

Be the first to know and let us send you an email when आजाद खड्का posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to आजाद खड्का:

Share

Category