नेपाल विद्यार्थी संघ, प्राकृतिक स्रोत ब्यबस्थापन कलेज, टीकापुर, कैलाली

  • Home
  • Nepal
  • Tikapur
  • नेपाल विद्यार्थी संघ, प्राकृतिक स्रोत ब्यबस्थापन कलेज, टीकापुर, कैलाली

नेपाल विद्यार्थी संघ, प्राकृतिक स्रोत ब्यबस्थापन कलेज, टीकापुर, कैलाली राष्ट्रियता, लोकतन्त्र, समाजवाद, विद्यार्थी एकता !!
जय नेपाल

परिवर्तन को आवास जय देश जय नेपाल 🇳🇵
09/09/2025

परिवर्तन को आवास
जय देश
जय नेपाल 🇳🇵

मिति २०८२/०५/१२ गते नेपाल विद्यार्थी संघ प्राकृतिक स्रोत व्यवस्थापन कलेज टीकापुर, कैलाली ईकाई कार्यसमितिको आयोजनामा भएको...
30/08/2025

मिति २०८२/०५/१२ गते नेपाल विद्यार्थी संघ प्राकृतिक स्रोत व्यवस्थापन कलेज टीकापुर, कैलाली ईकाई कार्यसमितिको आयोजनामा भएको नव आगन्तुक विद्यार्थी स्वागत, चौथो ब्याचका विद्यार्थीहरूको विदाई तथा बृहत सांस्कृतिक कार्यक्रम इकाई सभापति अंकित पोखरेल ज्यूको सभाध्यक्षतामा होटल सिद्धार्थ टीकापुरमा भव्य रूपमा सम्पन्न भएको छ।

हाम्रो निम्तोलाई स्वीकार गरी पाल्नु भएका प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री एवं विभागीय प्रमुख श्री डा. रण बहादुर रावल ज्यू , विशिष्ट अतिथि नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि तथा टीकापुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एवम् नेपाल तरुण दल कैलाली क्षेत्र नं १ का निवर्तमान क्षेत्रिय सभापति रामबहादुर भण्डारी ज्यू, विशिष्ट अतिथि कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकाय प्राकृतिक स्रोत व्यवस्थापन कलेज टीकापुर, कैलालीका Department of Economics and Agribusiness management का उप-प्राध्यापक तथा Democratic Agriculture Association Nepal (DAAN) Sudurpaschim प्रदेश का सचिव आदरणीय गुरु मिलन घिमिरे ज्यू,विशिष्ट अतिथि तरुणदल क्षेत्र नं १क्षत्रिय सभापति कल्पेश कुँवर ज्यू, ,विशिष्ट अतिथि नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य भक्तराज देवकोटा ज्यू, , अतिथि नेपाल विद्यार्थी संघ प्राकृतिक स्रोत व्यवस्थापन कलेज टीकापुर, अतिथी निवर्तमान इकाई सभापति सर्जन जोशी ज्यू ,अतिथी नेपाल विद्यार्थी संघ टीकापुर नगर सभापति महेश परियार ज्यू , अतिथी निवर्तमान सोव्यू सभापति ज्यू हरु निर्पा जंग थापा,नवीन अधिकारी, अतिथी सोव्यु सभापति ज्यूहरु किरण साउद , गोपाल खत्री तथा सम्पूर्ण अतिथि, शिक्षक,कर्मचारी, पत्रकार, विभिन्न क्याम्पसका प्रतिनिधी साथै अन्य उपस्थित सम्पूर्णलाई हृदय देखि नै धन्यवाद दिन चाहन्छौ।

कार्यक्रम भव्य रुपमा सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण सहयोगी हातहरू प्रति आभार प्रकट गर्दछौं। नेपाल विद्यार्थी संघ प्राकृतिक स्रोत व्यवस्थापन कलेज टीकापुर कैलालीलाई विश्वास गरी ने.वि.संघ परीवारमा आठौ ब्याच को रूपमा जोडिनु भएका सम्पूर्ण नव आगन्तुक विद्यार्थीहरुलाई फेरि पनि हार्दिक स्वागत् गर्दछौ। तपाईहरुको ४ वर्षको दुःख सुखको सारथी ने.वि.संघ हुनेछ। तपाईहरुको टीकापुर बसाई सुखद सफल रहोस्। आफ्नो लक्ष्य हासिल गर्न मेहनतका साथ धैर्य भएर पढ्नुहोला। यसै गरी आफ्नो पढाईको अन्तिम चरणमा रहनुभएका चौथो ब्याचका विद्यार्थीहरुलाई उज्ज्वल भविष्यको कामना गर्दछौ। तपाईंहरूले हाम्रो संगठन प्रति गर्नुभएको योगदानको उच्च कदर गर्दछौं। भेटिनु र छुट्टिनु जिन्दगीका दुई पाटा हुन्। कहीं भेटिन कतै छुट्टिनु पर्छ। तपाईहरुको नयाँ यात्रा शुभ रहोस्। केही विदाईहरू विदाई नभएर नयाँ सुरूवात हुने गर्दछन्, केही यादहरू तस्विरमामात्र सिमित नभएर सम्झनाभरि रहन्छन् । फेरि भेटौँला।

साथै उक्त कार्यक्रममा विभिन्न बिदामा हाम्रो संगठनलाई उच्च स्थानमा पुर्याई चिनाउन मदत गर्नेहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो। कार्यक्रमममा विभिन्न सांस्कृतिक प्रस्तुति, नाचगान, प्रतिभा प्रस्तुती, मनोरञ्जनात्मक खेलहरु समावेश गरिएका थिए।
जय नेपाल ✌️❤️

27/08/2025

Let's make it memorable ❤️🤗
Don’t miss out, Let’s welcome the freshers and bid farewell to seniors with love!

**हार्दिक स्वागतम् तथा निमन्त्रणा**नेपाल विद्यार्थी संघ प्राकृतिक स्रोत व्यवस्थापन कलेज टीकापुर, कैलाली ईकाई कार्यसमिति ...
26/08/2025

**हार्दिक स्वागतम् तथा निमन्त्रणा**
नेपाल विद्यार्थी संघ प्राकृतिक स्रोत व्यवस्थापन कलेज टीकापुर, कैलाली ईकाई कार्यसमिति द्वारा आयोजना हुन गइरहेको "नव आगन्तुक विद्यार्थीहरुको स्वागत, चौथो ब्याचका विद्यार्थीहरूको विदाई तथा वृहत सांस्कृतिक कार्यक्रम - २०८२" हुने हुँदा सम्पूर्ण विद्यार्थी, कर्मचारी, शिक्षक, समाजसेवी, बुद्धिजीवी, पत्रकार, नेतागण तथा प्रजातान्त्रिक मनहरुलाई तपशिलको मिति, स्थान र समयमा उपस्थितिका लागि स-हृदय निमन्त्रणा गर्दछौ।
तपशिल:-
मिति: २०८२/०५/१२ गते (बिहीबार)
स्थान: होटल सिद्धार्थ, टीकापुर
समय: बिहान ११ बजे
कार्यक्रममा विभिन्न खेल, गजल, कविता, नाचगान आदिको भरपुर मनोरञ्जन लिन सक्नुहुनेछ।
जय नेपाल 🇳🇵❤️

26/08/2025

Are you really excited 😊

23/08/2025

ANNOUNCEMENT: BIGGEST EVENT OF THE YEAR!

Nepal Student Union, College of Natural Resource Management Tikapur Kailali (NSU-CNRM) Committee is thrilled to announce the most anticipated event of the year—a Welcome Farewell cm Cultural Program! ✨
This is the moment we've all been waiting for, a night to celebrate, connect, and showcase our vibrant culture. Whether you're new to our college or bidding farewell, this event is for you!

🗓️ Date: Coming Soon
🕒 Time: Stay Tuned
📍 Venue: siddartha hotel

More details will be shared soon, so keep an eye out and stay tuned!

Let’s make this the best event of the year together! 🌟

जनैपू्र्णिमा, रक्षाबन्धन, क्वाटि खाने दिनकाे हार्दिक शुभकामना ।जय नेपाल !
09/08/2025

जनैपू्र्णिमा, रक्षाबन्धन, क्वाटि खाने दिनकाे हार्दिक शुभकामना ।
जय नेपाल !

कृषि तथा वन विज्ञान विश्वविद्यालयको परीक्षा नियन्त्रक पदमा नियुक्त हुनु भएकोमा आदरणीय प्रा.डा. मनोज कुमार शाह ज्यूलाई ने...
05/08/2025

कृषि तथा वन विज्ञान विश्वविद्यालयको परीक्षा नियन्त्रक पदमा नियुक्त हुनु भएकोमा आदरणीय प्रा.डा. मनोज कुमार शाह ज्यूलाई नेपाल विद्यार्थी प्राकृतिक श्रोत व्यवस्थापन कलेज टीकापुर कैलाली कमिटिको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ ।
जय नेपाल !!

हिजो  मिति २०८२/०४/०६ गते नेपाली काङ्ग्रेसका संस्थापक नेता,नेपालका पहिलो जन निर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाज...
23/07/2025

हिजो मिति २०८२/०४/०६ गते नेपाली काङ्ग्रेसका संस्थापक नेता,नेपालका पहिलो जन निर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रणेता, युग पुरुष, साहित्यकार, श्रद्धेय नेता महामानव विश्वेश्वर प्रसाद कोइराला ज्यूको ४३ औँ स्मृति दिवसको अवसरमा नेपाल विद्यार्थी संघ,प्राकृतिक स्रोत व्यवस्थापन कलेज टीकापुर,कैलाली को आयोजना गरिएको "सीमा विहिन स्वयंसेवक बालगृह टीकापुर" मा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । सहयोगी हातहरु तथा उपस्थित सम्पूर्ण प्रति हार्दिक आभार व्यक्त गर्दै श्रद्धेय नेताप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछौं ।
जय नेपाल !!!
कार्यक्रमका केही झलकहरु :-

नेपाली काँग्रेसका संस्थापक नेता, नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री, जननायक स्व. विश्वेश्वर प्रसाद कोइराला ज्युको ४...
22/07/2025

नेपाली काँग्रेसका संस्थापक नेता, नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री, जननायक स्व. विश्वेश्वर प्रसाद कोइराला ज्युको ४३औं स्मृति दिवसको अवसरमा हार्दिक श्रद्धाञ्जली।
जय नेेपाल !

छुपुमा छुपु हिलोमा धान रोपेरै छाडौंलाबनाई कुलो लगाई पानी आएर गोडौंला "असार १५ अर्थात् २२औं राष्ट्रिय धान दिवस / दही चिउर...
29/06/2025

छुपुमा छुपु हिलोमा धान रोपेरै छाडौंला
बनाई कुलो लगाई पानी आएर गोडौंला "

असार १५ अर्थात् २२औं राष्ट्रिय धान दिवस / दही चिउरा खाने दिनको सम्पूर्णमा शुभकामना !
जय नेपाल ।

कैलाली जिल्ला, टीकापुर नगरपालिका स्थित Lax Zone Coffee Shop मा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य टेकेन्द्र विष्ट (म...
29/05/2025

कैलाली जिल्ला, टीकापुर नगरपालिका स्थित Lax Zone Coffee Shop मा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य टेकेन्द्र विष्ट (मानस) माथि केही आपराधिक मानसिकता भएका व्यक्तिहरूले ज्यान मार्ने नियतले खुंडा, खुकुरी जस्ता धारिला हतियारले आक्रमण गरिएको घटना प्रति नेपाल विद्यार्थि संघ प्राकृतिक श्रोत व्यवस्थापन कलेज टीकापुर इकाई कार्यसमिति घोर निन्दा एवं भर्त्सना गर्दछौँ ।
आक्रमण परी गम्भीर घाईते हुनुभएका मानस विष्टको हाल बाँके, नेपालगन्ज स्थित नेपालगन्ज मेडिकल अस्पतालमा उपचार भइरहेको हुँदा उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । दिनदहाडै सार्वजनिक स्थलमा भएको यस्ता आक्रमणले सम्पूर्ण क्षेत्रलाई त्रसित बनाएको छ ।
यस घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरि पीडित लाई न्याय र सुरक्षाको प्रत्याभूति गर्न नेपाल सरकार तथा गृहप्रशासन सँग जोडदार माग गर्दछौ ।
बोधार्थः
१. नेपाल सरकार, गृह मन्त्रालय
२. ईलाका प्रहरी कार्यालय टीकापुर, कैलाली
३. जिल्ला प्रशासन कार्यालय कैलाली
४. ईलाका प्रशासन कार्यालय टीकापुर, कैलाली

Address

Tikapur

Telephone

+9779804661952

Website

Alerts

Be the first to know and let us send you an email when नेपाल विद्यार्थी संघ, प्राकृतिक स्रोत ब्यबस्थापन कलेज, टीकापुर, कैलाली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to नेपाल विद्यार्थी संघ, प्राकृतिक स्रोत ब्यबस्थापन कलेज, टीकापुर, कैलाली:

Share