Leoc Tikapur Kailali

Leoc Tikapur Kailali "स्वागतम"
यहाँहरु सम्पूर्णमा स्थानीय आपतकालीन कार्य संचालन केन्द्र टीकापुर कैलाली

नसर्ने रोग तथा सुर्तीजन्य पदार्थ नियन्त्रणका उपायहरूधुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने  🚭• क्यान्सर, मुटुरोग, ...
20/05/2024

नसर्ने रोग तथा सुर्तीजन्य पदार्थ नियन्त्रणका उपायहरू
धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने 🚭
• क्यान्सर, मुटुरोग, दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग मधुमेह हुने सम्भावना बढाउने प्रमुख
• कारक तत्व चुरोट, बिडीं, गुट्का, खैनी, ई–सिगरेट हुक्का जस्ता सुर्तीजन्य पदार्थको सेवन नै हो ।
• अरुले गरेको धुम्रपानको धुँवाले धुम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ ।
• धुम्रपान गर्ने व्यक्तिलाई ह्दयघातको खतरा लगभग तीन गुणा बढी हुन्छ ।
• युवावस्थादेखि नै धुम्रपान गर्ने व्यक्तिलाई ह्दयघातको खतरा अत्यन्त धेरै हुन्छ ।
मदिराको सेवन नगर्ने : ⛔️ 🍾
• रक्सी, वियन, वाइन, जाँड जस्ता मदिराको सेवन गर्दा ह्दयघात, कलेजो सम्बन्धी रोग,
• क्यान्सर, पेट वा आन्द्रामा घाउ हुने र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन् ।
• मदिराको सेवनले घरेलु हिंसा, अपराध र दुर्घटनालाई बढाउँछ ।
शारीरिक रुपमा सक्रिय रहने : 🏃🏻‍♂️
• योगा, हिंडडुल गर्ने, दौडने, साइकल चलाउने, पौडी खेल्ने, आदि हल्का पसिना आउने गरी
• कमसेकम ३० मिनेट नियमित रुपमा व्यायाम गर्नुहोस् ।
• शरीरको तौल बढी भए घटाउनुहोस् । स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहनुहोस् ।
नून र चिनीको प्रयोग कम गर्नेः ⛔️ 🧂
• नुनिलो, गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर, मुटुरोग र मधुमेह हुने जोखिमलाई बढाउँछ ।
• खानामा नूनको प्रयोग कम गर्ने (दिनको ५ ग्राम भन्दा कम) ।
• गुलिया पेय पदार्थ, मिठाई, चकलेट जस्ता खानेकुराहरू कम खाने ।
• चिया र कफिमा चिनी कम हालेर खाने ।
• शुद्ध र सफा पानी पिउने । एक दिनमा कम्तिमा २ लिटर पानी पिउने ।
सन्तुलित खाना, प्रशस्त मात्रामा फलफूल र साग सब्जी खाने : 🥗
• क्यान्सर, मुटुरोग, मधुमेह र दीर्घ श्वासप्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न, दाल, गेडागुडी,
• दूध, दही, माछा, बोसो नभएको मासु, अण्डा, हरियो सागसब्जी र फलफूल सन्तुलित रुपमा खाने गर्नुहोस् ।
• मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त (४–५ पटक) खाने ।
• खानासँग नून नहालेको सलाद नियमित खाने ।
मानसिक तनाबको व्यवस्थापन गर्ने : 🧘🏻
• ध्यान तथा योगा गर्ने ।
• रिसलाई नियन्त्रण गर्ने ।
• परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने ।
• घर तथा कार्यालयमा तनाब मुक्त वातावरण सिर्जना गर्ने ।
• घुमफिर र रमाइलो गर्ने ।
• आत्महत्या रोगथामका लागि राष्ट्रिय हेल्पलाइन ११६६ सेवा २४ सै घण्टासेवा उपलब्ध छ ।
उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरुलाई व्यवस्थापन गर्ने : 🩺
• उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने ।
• रगतमा चिनीको मात्रा बढेको (मधुमेह) भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने ।
• रगतमा चिल्लोपना बढेको (उच्च कालेस्ट्रेरोल) भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने ।
• मोटोपना घटाइ स्वस्थ तौल (उचाइ अनुसारको तौल) कायम गर्ने ।
Ministry of Health and Population-Nepal National Health Education Information and Communication Centre

विशेष बुलेटिन : तातो दिन तथा तातो लहर सम्बन्धी बुलेटिन - ४ (Hot Day and Heat wave Bulletin - 4)(जारी मितिः २०८१/०२/०३  द...
16/05/2024

विशेष बुलेटिन : तातो दिन तथा तातो लहर सम्बन्धी बुलेटिन - ४ (Hot Day and Heat wave Bulletin - 4)
(जारी मितिः २०८१/०२/०३ दिँउसो ०४: ०० बजे)

शापू कस्तो रोग हो? ( सेतो पुतली देखि सावधान रहौं )शापू एक दृष्टिनाशक रोग हो । विशेष गरी नेपालको मध्य पहाडी भेगमा शापू मह...
14/05/2024

शापू कस्तो रोग हो? ( सेतो पुतली देखि सावधान रहौं )

शापू एक दृष्टिनाशक रोग हो । विशेष गरी नेपालको मध्य पहाडी भेगमा शापू महामारीको रुपमा देखिने गरेको छ । यो रोगको लक्षणहरु देखापरेको ४८ देखि ७२ घण्टा सम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ । यो सबै उमेरमा देखिन्छ विशेषगरी बालबालिकामा बढी देखिन्छ ।

शापू रोग के कारणले लाग्छ ?
हालसम्म सेतो पुतली (मोथ) लाई शापूको कारक मानिएको छ तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरुलाई पनि यो रोग देखा परेको छ । अन्य जीवाणु र बिषाणुले समेत यो रोग लागेको पाइएको छ ।

शापू रोगका लक्षणहरु के-के हुन् ?
• एक्कासि एउटा मात्र आँखा रातो हुनु र चिप्रा नलाग्नु
• उज्यालोमा हेर्न नसक्नु
• आँखा दुख्नु
• उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु
• आँखाको दृष्टिमा तत्कालै कमी हुनु

शापूको रोकथामा कसरी गर्ने ?
• सेतो पुतलीको संसर्गबाट टाढै रहने
• धेरै उज्यालो सेतो बत्ती नबाल्ने
• साँझ र राती झ्याल ढोका बन्द गर्ने
• सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने
• सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने

समयमै उपचार भएमा यो रोग निको हुन्छ तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्छ ।

यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जाऔं । आफूखुसी औषधी वा जडिबुटिको प्रयोग नगरौं ।

यस वर्षको मनसुन समयमा देशका अधिकांश भूभागमा औसतभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक ...
13/05/2024

यस वर्षको मनसुन समयमा देशका अधिकांश भूभागमा औसतभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक कार्यक्रम गरी यसबारे जानकारी गराएको हो । यसैगरी देशका अधिकांश स्थानहरुमा अधिकतम तापक्रम पनि सरदरभन्दा बढी हुने अनुमान गरिएको छ ।

मिति २०८१ बैशाख २९ गतेका दिन टीकापुर नगरपालिकाको जोखिम सम्वेदनशिल भू–उपयोय योजना निर्माण हुँदैछ । योजना निर्माणको तयारी ...
12/05/2024

मिति २०८१ बैशाख २९ गतेका दिन टीकापुर नगरपालिकाको जोखिम सम्वेदनशिल भू–उपयोय योजना निर्माण हुँदैछ । योजना निर्माणको तयारी सम्बन्धि प्रकोप जोखिम निर्धारणको प्रस्तुतीकरण तथा योजना तयारी कार्यशाला गोष्ठी भएको छ । नगरपालिकाको आयोजना तथा युएसआइडिको तयार नेपाल परियोजनाको प्राविधिक सहयोगमा योजना बनिरहेको छ ।
परामर्शदाता टोली नेता डाक्टर सञ्जय उप्रेतीले नगरको बहु प्रकोप जोखिमको योजनाबारे प्रस्तुतीकरण गर्नुभएको थियो । योजनामा टीकापुर नगरपालिका प्रत्येक वर्ष बहु प्रकोपको जोखिमको सामना गरिरहेको उल्लेख छ ।
भु–उपयोग योजनामा व्यापारिक क्षेत्र, मिश्रित आवासिय, सस्थागत क्षेत्रहरु, योजनावद्ध आवासिय, विशेष विकास, संरक्षण, कृषि, औद्योगिक क्षेत्र समेटिएका छन् । प्रकोप अध्ययन गर्दा सडक पूर्वाधार, कृषि, जनसंख्या र भवन हेरेर, हरेक प्रकोप र जोखिम पक्ष विश्लेषण गरेर वडास्तरमा छलफल गरी नतिजा प्राप्त गरेको र क्षतिको समेत मूल्यांकन गरिएको परामर्शदाता टोली नेता डाक्टर सञ्जय उप्रेतीले बताउनुभयो ।
भु–उपयोग २७ जनाले घरघरमा गएर तथ्यांक संकलन गरेका हुन् । योजनामा टीकापुर भुकम्पको उच्च जोखिममा, आगलागीको प्रकोपका दृष्टिले नगरका सबै वडा फरक फरक जोखिम स्तरमा छन् । जसमा वडा नं. १, ५ र ९ बढी सम्वेदनशील वडाका रुपमा पहिचान गरिएको छ ।
बाढीको जोखिम सम्वेदनशीलताको मूल्याकंन गर्दा वडा नं. १ का केही बस्तीहरु, वडा नं. ५ र ७ का धेरै बस्ती, वडा नं. ६ र ९ का दैलेखपुर र पायलगाउँ जस्ता बस्ती अति सम्वेदनशील बस्तीका रुपमा पहिचान गरिएको छ ।
बहु प्रकोप जोखिम मूल्याकंनले वडा नंं १ कम बहु प्रकोप जोखिममा देखिएको छ । वडा नं. ८ उच्च जोखिम, वडा नं. २, ५, ६ मध्यम जोखिममा रहेको पहिचान गरिएको छ । यसकै आधारमा वडाहरुको भूमिलाई पनि उच्च जोखिम, मध्यम जोखिम तथा न्यून जोखिम क्षेत्रमा बर्गिकरण गरिएको छ ।
परियोजनाले गरेको अध्ययनले वडा नं. ६ र ९ विशेषगरी संकटासन्न रहेको देखाएको छ । वडा नं. ६, ७ र ९ का लागि अल्पकालिन योजना लागू गरी वडा नं. ६ मा खानेपानी आपूर्ति, सरसफाई र सडक पहुँचमा सुधार गर्नुपर्ने देखिन्छ । भने वडा नं. ७ र ९ मा पूर्वाधार स्तरोन्नती र उत्थानशिलताको लागि सामुदायिक तयारी बढाउनुपर्ने आवश्यकता रहेको बताइएको छ ।
कार्यक्रममा नगर प्रमुख रामलाल डगौरा थारुले योजनामा ताल तलैया, रानी, जमरा कुलाका शाखा उपशाखा कुला, झरनलाई पनि समेट्न आवश्यक रहेको बताउँदै सबै कुरा समेटिएमा योजना बनाउन सहज हुने सुझाव दिनुभयो ।
कार्यक्रममा तयार नेपालका सुनन्दा गिरिले परियोजनाले नेपालका ८ नगरपालिकामा जोखिम सम्वेदनशिल योजना तयार गरेका बताउँदै टीकापुरमा पनि वहु प्रकोपका दृष्टिले अध्ययन गरी तयार गरिएको जानकारी दिनुभयो ।
नगर प्रमुख थारुको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत निमित्त प्रमुख प्रशासकिय अधिकृत नरेश अवस्थीले स्वागत गर्नुभएको थियो । कार्यक्रम विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले सञ्चालन गर्नुभएको थियो ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/ह...
12/05/2024

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। छ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा भारी बर्षाको समेत सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

अब को तीन दिन कर्णाली , लुम्बिनी  र सुदुर पश्चिम  मा वर्षा अनि गर्मी वाट राहत हुने छाट्काट पो छ त । सुदुरपश्चिमको कंचनपु...
11/05/2024

अब को तीन दिन कर्णाली , लुम्बिनी र सुदुर पश्चिम मा वर्षा अनि गर्मी वाट राहत हुने छाट्काट पो छ त । सुदुरपश्चिमको कंचनपुर , कैलाली सहित पहाडी भागमा वर्षा सुरु भएको छ । स्रोत : Dharam R Uprety Sir

11/05/2024
विशेष बुलेटिन : तातो दिन तथा तातो लहर सम्बन्धी बुलेटिन - २ (Hot Day and Heat wave Bulletin - 2)चेतावनी तथा परामर्शःआगामी...
27/04/2024

विशेष बुलेटिन : तातो दिन तथा तातो लहर सम्बन्धी बुलेटिन - २ (Hot Day and Heat wave Bulletin - 2)
चेतावनी तथा परामर्शः
आगामी केही दिन सम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार (माथि चित्र) तराईका भू-भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ। तसर्थ, ती भू-भागहरूमा आगामी ५ दिन (२०८१ बैशाख १६ गते देखि २०८१ बैशाख २० गते) सम्म तातो हावा तथा तातो लहर (Heat wave) को सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ । साथै पहाडी भू-भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना रहेकोले यस महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अध्यावधिक रहनु हुन अनुरोध छ।

थप जानकारीका लागिः http://mfd.gov.np/content/?id=5959
मौसम पूिाानमुान महाशाखा, जल तथा मौसम विज्ञान विभाग
फोनिः ०१-४११३३४५, ०१-४११३१९१
Twitter: www.twitter.com/dhm_weather

National Disaster Risk Reduction & Management Authority
Neoc Moha

21/04/2024

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०९ देखि २०८१/०१/११) जारी समय: साँझ ०६:०० बजे
नेपाल सरकार

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
जल तथा मौसम विज्ञान विभाग
मौसम पूर्वानुमान महाशाखा
मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)जारी मिति: २०८१ वैशाख ०९ गते साँझ ६:०० बजे

मौसम विश्लेषण (Meteorological Analysis):
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
हाल मौसमको अवस्था (Present Weather Status):

देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।
२०८१ वैशाख ०९ गते (आइतबार)

राती: देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा मुख्यतया सफा रहने छ। मधेस र कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानहरुमा साथै लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ।

२०८१ वैशाख १० गते (सोमबार)
दिउँसो: गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ | गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा कोशी र बाग्मती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। मधेस प्रदेशको तराई भू-भागका केहि स्थानहरुमा साथै कोशी र लुम्बिनी प्रदेशको तराई भू-भागका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ।
राती: कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। मधेस र कोशी प्रदेशको थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ।

२०८१ वैशाख ११ गते (मंगलबार)
दिउँसो: गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली भई कोशी र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागमा मौसम मुख्यतया सफा रहने छ | गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा कोशी र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। मधेस र कोशी प्रदेशको केहि स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ।
राती: कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेशको थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा कोशी र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। मधेस प्रदेशको तराई भू-भागका केहि स्थानहरुमा साथै कोशी र लुम्बिनी प्रदेशको तराई भू-भागका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
नोटːमौसम पूर्वानुमानमा प्रयोग हुने शब्दावली बारे बुझ्न यहाँ क्लिक गर्नुहोला।

मौसम सम्बन्धी थप जानकारीका लागि सम्पर्क राख्नुहोला:
मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभाग,
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (TIA), गौचर, काठमाडौं,
फोन ː ०१- ४११३१९१, ०१४११३३४५

नेपाल सरकार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरण ,जल तथा मौसम विभाग , रा...
08/04/2024

नेपाल सरकार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरण ,जल तथा मौसम विभाग , राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग, डेनिस रेडक्रस र नेपाल रेडक्रस सोसाइटीले टिकापुर नगरपालिकाले विपद जोखिम व्यवस्थापन र मौसम पूर्वानुमानमा आधारित पुर्व कार्यको क्षेत्रमा भएका गतिविधिहरुको उपलब्धीहरु तथा सिकाई विषयमा छलफल तथा अनुगमन आज मिति २०८०साल चैत्र २६ गतेका दिन सम्पन्न भएको छ .

Address

Tikapur Municipality
Tikapur
091

Alerts

Be the first to know and let us send you an email when Leoc Tikapur Kailali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Leoc Tikapur Kailali:

Share