Akhil krantikari Taplejung

Akhil krantikari Taplejung To free all student and get destination esaly

25/07/2016

आदरणीय अध्यक्ष मण्डल, प्रमुख अतिथि,विशिष्ट अतिथि,अतिथि,जिल्ला सम्मेलन आयोजक समिति
सदस्य साथीहरु र सम्पूर्ण प्रतिनिधि पर्यवेक्षक साथीहरु !

महान दश वर्षे जनयुद्ध र त्यसको जगमा उठेको १९ दिने आन्दोलनको अन्तिम उपलब्धीको रुपमा संविधान सभाबाट प्रगतिशल संविधान जारी भइसकेको छ । गत २०७२ वैशाक १२ मा गएको महाभूकम्प र पटक पटक गएको पराकम्पनले देशलाई थिलथिलो अवस्थामा पु¥याएको छ । देशले राष्ट्रिय महाविपती भोगिरहेको बेला यता ताप्लेजुङ्गमा भने २०७१ चैत्रको आगोलागी,गत २०७२ भाद्रमा गएको बाढी पहिरोले आतङकित र दुःखी बनाएको छ । राष्ट्रिय विपती र जिल्लाको पिडा प्रति सम्पूर्ण जिल्लाबासीमा सहानुभूति प्रदान गर्दै अनेरास्ववियू (क्रान्तिकारी) ताप्लेजुङ्गको नवौ जिल्ला सम्मेलन सम्पन्न गर्ने तयारीमा जुटिरहेको छौ । भारतीय नाकाबन्दीको सामना गर्दै चरम विद्युत संकटको सामना गर्दै उत्तर–दक्षिण लोकमार्ग अन्तर्गत फुङलिङ बजारको बिग्रिएको सडकको चरम प्रतिवाद गदै,विद्याथी संगठनहरु र नेपाल सरकारबीच सहमति भएको यातायातमा ४५% छुट कार्यान्वयनको लागि जोडदार माग गर्दै शैक्षिक क्षेत्रमा देखिएको विकृति र विसंङगतिलाई पूर्ण रुपमा निर्मूल गर्नुपर्छ, भन्ने आन्दोलनको नेतृत्व गदै आज हामी इतिहाँसमा नवौ जिल्ला सम्मेलन सम्पन्न गर्ने दिनमा आईपुगेकोछौ । आम नेपाली जनताले परिवर्तनको महसुस गर्न पाएको गणतन्त्र, धर्म निरपेक्षता, संघीयता,समावेशीकरण र समानुपातिक प्रतिनिधित्वको व्यवस्थालाई संविधानमा सुनिश्चित गर्नु, शिक्षा, स्वाथ्य, रोजगार र आवाशलाई जनताको मौलिक हकको रुपमा स्वीकार गरिनु र आदिवासी जनजाति, महिला,दलित र मधेसी जनजातीको अधिकारलाई स्थापित गर्नु र समाजवादप्रति प्रतिवद्ध हुनुले समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्ने नै संकेत गर्दछ । राष्ट्रियता, गणतन्त्र, समाजवाद हुदै साम्यवाद सम्म पुग्ने हाम्रो लक्ष्यलाई थप बल प्रदान गर्नको लागि आम नेपाली विद्यार्थीहरुको एकमात्र आशा र भरोशाको केन्द्र विन्दू हाम्रो गौरवशाली संगठन अनेरास्ववियू क्रान्तिकारी ताप्लेजुङ्गको नवौ जिल्ला सम्मेलन “राष्ट्रिय स्वधीनताको रक्षा गर्दै समाजवादी क्रान्तिको दिशामा अगाडि बढौ, सबैखाले शैक्षिक विकृतिको विरुद्ध आन्दोलन केन्द्रित गदै व्यवहारिक शिक्षा प्राप्तिको लागि नवौ जिल्ला सम्मेलन सफल पारौँ” भन्ने नाराका साथ सम्पन्न हुन गइरहेको छ ।

ऐतिहासिक घटनाक्रम (प्रथम सम्मेलन देखि नवौ सम्मेलनको तयारी सम्म)
“आज सम्मको मानव जातीको इतिहाँस नै वर्ग संघर्षको इतिहास हो ।” क. कार्ल माक्र्स
विद्यार्थी आन्दोलनको एक ऐतिहाँसिक विरताको संगठन अनेरास्ववियु(क्रान्तिकारी) परिर्वतनको पर्याय हो । इतिहासमा राजतन्त्रको अन्त्य गणतन्त्रको स्थापना र शैक्षिक क्षेत्रको परिर्वतनमा प्रवक्ताको भूमिका निर्वाह गर्न सफल हाम्रो प्यारो संगठन यस जिल्लामा पनि त्यतिकै दमदारका साथ लागिरहेको छ । आन्तिरिक पार्टी जीवनको विकास र आन्तरिक संगठनको जीवनमा विभिन्न उत्तार–चढाप आए पनि सहज रुपमा त्यसको सामना गर्दै दन्द्धात्मक दृष्टिकोणबाट अगाडी बढ्ने काम भइरहेको छ । इतिहसमा टुडफुट र विखण्डनबाट अछुत रहन नसके पनि त्यसको खासै महत्व राख्न सकेन । जडसुत्रवादी चिन्तन र क्रान्तिकारी लफ्फाजीको परिचय बनाउने साथीहरुको चिन्तनमा र संगठनलाई यथास्थीतिवाद र संसोधनबादी धारको दलदलमा फसाई राख्ने चिन्तनको विरुद्ध समाजमा देखिएका यर्थात परम्परागत चिन्तन र शैक्षिक विकृतिको विरुद्ध सचेत गराउदै वास्तविक विद्यार्थीहरुको सँगठन भनेको एमाओवादी निकट अखिल(क्रान्तिकारी) नै हो भन्ने परिचय ताप्लेजुङ्गमा बनाएको छ ।
प्रथम सम्मेलन देखि नवौ जिल्ला सम्मेलन सम्म आईपुग्दा १२ जना नेतृत्व पाइसकेको छ । संगठन निश्चित व्यक्तिहरुको साझा समुह हो । संगठनमा आवद्ध भई समूहमा काम गर्ने प्रणाली प्रत्येक मानवको स्वाभाव हो । तत्कालिन नेकपा (माओवादी) ले उद्घोष गरेको जनयुद्ध र जनयुद्धमा विद्यार्थीले उठाएको मुद्धालाई सफल पार्न लागि परेको हाम्रो गौरवशाली संगठन अनेरास्ववियू(क्रान्तिकारी) ताप्लेजुङ्गको इतिहाँस भिषण जनयुद्ध चलिरहेको अवस्था देखि नै स्थापित छ । तत्कालिन शिक्षा प्रणालीलाई बुजुर्वा शिक्षा प्रणाली भन्दै त्यसको विरुद्ध जनवादी शिक्षा प्रणालीको नारा पकडि अगाडी बढेको संगठन अहिले पनि सोहि मुद्धाबाट कति पनि तिलमिललाएको छैन । २०५७ सालमा खेम भट्टाराईको नेतृत्वमा विद्यार्थी संगठन निमार्ण गरि अगाडि बढेको हाम्रो संगठन खेम भट्टराईको पलायनपछि दोस्रो जिल्ला सम्मेंलन २०५८ ले सि.पि.कडरियालाई अध्यक्षमा चयन ग¥यो । माओवादी जनयुद्ध चलिरहेको अवस्थामा नै २०५९ सालमा ताप्लेजुङ्ग जिल्लाको हाङपाङ गा.वि.स.मा सम्मेलन सम्पन्न ग¥यो र सम्मेलनले भिम आङबुहाङ क. गोकुल लाई अध्यक्षमा चयन ग¥यो । पार्टी कामको शिलशीलामा क.गोकुललाई मोरङ पठाएपछि संगठनको भेलाद्धारा क.आइन्द्र विक्रम बेघालाई संगठनको नेतृत्व दिइयो । संगठनको कामको शिलशीलामा फिदिममा पुगेको बेला फिदिममा राज्यपक्षबाट आइन्द्रविक्रम बेघा र चिरञ्जीवि लामिछाने गिरफतारमा परेपछि संगठनको नेतृत्व तेज सेम्बु क. तस्विरलाई भेलाद्धारा बनाई संगठनको गतिविधि अगि बढिरह्यो । २०६० सालमा अनेरास्ववियू(क्रान्तिकारी) ताप्लेजुङ्गको चौथो जिल्ला सम्मेलन चाक्सीबोटेमा सम्पन्न भयो र सो सम्मेलनबाट अनिल साँवा क.आदित्य अध्यक्षमा चयन हुनभयो । संगठनको जिम्मा लिई काम गर्ने शिलशिलामा पार्टीले अन्तै पठाएपछि क.लाजिमाको नेतृत्वमा पाँचौ जिल्ला सम्मेलन २०६१ सालमा हाङदेवामा सफल भयो र सम्मेलनले सन्तोश हेल्लोक क.शिखरलाई अध्यक्षमा चयन ग¥यो । बुजुर्वा शिक्षाको विरुद्ध क्रान्ति चलिरहेको बेला संगठनका अध्यक्ष क शिखरलाई पार्टीले अन्यन्त्र सरुवा गरेपछि २०६२ मा संगठनको जिम्मा मनोज सावादेन क. उत्सवलाई लगाइयो । २०६२ चैत्र २४ देखि भएको नेकपा(माओवादी) र सात राजनीतिक दलको संयुक्त आयोजनामा भएको आन्दोलनले २०६३ वैशाख ११ गते निरङकुश जहानीय राजतन्त्रको अन्त्य भएपछि नेपालमा शान्ति प्रक्रियाको सुरुवात भयो र भूमिगत रुपमा गतिविधि गर्ने हाम्रो संगठन पनि खुल्ला परिस्थितिमा आयो । शान्ति प्रक्रियाको पहिलो झड्काको रुपमा अनेरास्ववियू क्रान्तिकारी ताप्लेजुङ्गले २०६३ सालमा आफ्नो छौटौ जिल्ला सम्मेलन ताप्लेजुङ्ग बजारको सामुदायिक भवनमा सम्पन्न ग¥यो र उक्त सम्मेलनबाट मनोज सावादेन क.उत्सवलाई नेतृत्वमा चयन ग¥यो । माओवादी पार्टीको भातृ संगठन भएकोले पहिचानको मुद्दालाई मजबुद्ध बनाउन र पहिचानवादी वा लिम्बूवानमा लिम्बू युवाहरुको संगठन च्थ्ीी निमार्ण गरी त्यसैको नेतृत्वमा क.उत्सव लाई दिएपछि संगठनको जिम्मा क.राम सञ्जेललाई लगाइयो । २०६५ मा तत्कालिन नेकपा(माओवादी) र एकता केन्द मशालवीच पार्टी एकता भएपछि विद्यार्थी संगठनहरु पनि एकता भयो । एकता पछिको सम्मेलन २०६६ ले क.मणी सेम्बुलाई अध्यक्षमा चयन गरियो । २०६४ सालको संविधानसभाबाट एमाओवादी पहिलो पार्टी भएकोले हाम्रो जिल्लामा पनि हामीले हाम्रो संगठनलाई पहिलो भनी आन्दोलनको नेतृत्व गरियो । खास गरी त्यसवेला विद्यार्थी संगठन र गृह मन्त्रालयसँग सम्झौता भए बमोजिम विद्यार्थीलाई यातायातमा ४५% छुट दिने विषयलाई केन्द्रित गरी जिल्लाको सापेक्षतामा काज फिर्ता, खेतला शिक्षक राख्न नपाइने, दरवन्दी मिलान, विना, अनुमति र विना दर्ता सञ्चालनमा रहेको विद्यालय खारेजी जस्ता विषय बनाई हाम्रो संगठनको नेतृत्वमा नेविसंघ,अनेरास्ववियु र संघीय विद्यार्थी युनियन लिम्वुवान आन्दोलनको लागि सडकमा हाम फाल्यो र आन्दोलनले सफलता पायो । क.मणी सेम्वुले आफनो कार्यकाल पूर्ण रुपमा बहन गरी २०६९ साल माघ ५र ६ गते सम्मेलन सम्पन्न गरी क.प्रजिन हाङवाङलाई संगठनको नेतृत्व हस्तान्तरण गर्नुभयो । त्यसपछि चार विधार्थी संगठनको संयुक्त मोर्चालाई यथावत राखी शैक्षिक विकृति र विसङगतिको विरुद्ध आन्दोलनलाई व्यवस्थि गर्दै संगठन अगाडि बढयो । विधार्थी विद्यालयमा भर्ना भएपछि परिक्षा लेख्न नपाउने नियमको विरुद्ध ,परिक्षामा विधार्थीले क्यालकुलेटर प्रयोग गर्न नपाउनेको विरुद्ध ,जिल्ला परिक्षा समितिको विरुद्ध ,आम महिला विधार्थी हिसांँको विरुद्ध र सेवा सुविधाको उपयोग गर्न पाउनु पर्छ भनि निरन्तर आन्दोलनमा केन्द्रित रहेको छ । दास्रो संविधानसभाको निर्वाचन २०७० र २०७२ मा सविधानघोषण पछी भारतीय नाकाबन्दीको विरुद्ध र लामो समय सम्म स्ववियुको निर्वाचन नभएकोले सहमतिको स्ववियू निमार्ण गर्न सम्म निरन्तर लागिरहेको छ । संगठनलाई विभिन्न उत्तार चढावबाट पनि जिवन्त राखीराख्न र आफ्नो अस्तित्व कायम राख्न विभिन्न व्यवधान र धर्म संकटबाट पनि बचाई राख्न बढो चुनौतीपूर्ण रहेको छ । संगठनको आन्तरीक जीवनमा २०५७ साल देखी २०७३ साल सम्म आईपुग्दा जिल्लाको नवौं सम्मेलनको संघारमा आईपुगेका छौ । पार्टीको मालेमावादी विचार र समाजवादी क्रान्तिको आधार तयार गर्ने दिशा सम्म आईपुग्दा विचार र संगठनबाट एक ईन्च पनि बिचलीत नभई क्रातिकारी विचार,क्रान्तिकारी संगठन र अग्रगामी सोचाईलाई आत्मासाथ गर्दै अखिल ९क्रान्तिकारी० ताप्लेजुङको इतिहासमा २०७३ साल वैशाख १३ गते ताप्लेजुङ उद्योग वाणिज्य संघ ताप्लेजुङमा ‘राष्ट्रिय स्वधीनताको रक्षा गर्दै समाजवादी क्रान्तिको दिशामा अगाडी बढौँ ’ सबै खाले शैक्षिक विकृतिको विरुद्ध आन्दोलन केन्दि«त गर्दै व्यवहारिक शिक्षा प्राप्त गर्न नवौँ जिल्ला सम्मेलन सफल पारौँ भन्ने नाराका साथ सम्मेलन सम्पन्न गर्दैछौ र यो सम्मेलनले माक्र्सवाद लेनिवाद–माओवाद र २१ औँ शताब्दीको जनवादलाई बुझ्ने बदल्ने र बुजुर्वा शिक्षाको भण्डाफोर गदै व्यवहारिक शिक्षा प्रणालीको स्थापना गर्ने कार्यान्वयन गर्ने नयाँ नेतृत्व चयन गरी सम्पन्न हुनेछ । सहिदहरुले देखाएको बाटोमा अविचलित भई हिड्ने प्रतिवद्धता व्यक्त गर्दछौ । खास गरी २०५२ सालको जनयुद्धमा जीवन उत्षर्ग गर्नुहुने हाम्रो गौरवशाली संगठन अनेरास्ववियू(क्रान्तिकारी) ताप्लेजुङ्गबाट क.गोपाल अधिकारी क.नेत्र रिजाल क. टामन खतिवडा र वेपता पारिएका हाम्रो संगठनका भूपेन्द्र भट्टाराई प्रति हार्दिक श्रद्धा सुमन प्रकट गर्दर्छौ । घाइते, अपाङ र वेपता परिवारको लागि राज्यबाट आवश्यक राहतको व्यवस्था गरिदिनको लागि यो सम्मेलन विनम्र अनुरोध गर्दछौ ।
संघर्ष÷आन्दोलन
अनेरास्ववियू(क्रान्तिकारी) ताप्लेजुङ्गले आफ्नो संगठन विस्तार अन्र्तगत जिल्लाका क्यम्पस उच्च मा.वि.र विभिन्न मा.वि.हरुमा संगठन विस्तार गरि आफ्नो गतिविधि गरि रहेको छ । अहिले सम्म जिल्ला समितिको बैठक पटक पटक बसिएको छ र वैठकमा समसामयिक विषय वस्तु उपर छलफल गरी पार्टीसँग जोडिएर काम गरिरहेको छ । संविधान सभाको दोस्रो निर्वाचनमा पुरै पार्टीको योजनामा काम गरियो भने अन्य समयमा शैक्षिक मुद्दाहरुलाई समाती शैक्षिक सुधार स्ववियू निर्वाचनको विषयमा गहन छलफल र आन्दोलनमा लागियो । प्रत्येक वैठकलाई प्रशिक्षणमुलक ढङ्गले सञ्चालन गरियो भने आम विद्यार्थीहरुलाई परिचय–पत्रको रुपमा सदस्यता–पत्र व्यापक वितरण गरियो । आन्दोलनको रुपमा चरम विद्युच संकटको अन्त्य,सडक भग्नाशेषको निमार्ण र मर्मतको लागि सशक्त आन्दोलन गरियो ।
आन्दोलनको उपलब्धी
अनेरास्ववियू(क्रान्तिकारी) ताप्लेजुङ्गको नेतृत्वमा भएको आन्दोलनले थुप्रै उपलब्धी पाए राष्ट्रिय प्रसारण लाईन जोडनको लागि पहल भईरहेको छ र उत्तर–दक्षिण लोकमार्ग अन्र्तगत फुङलिङ बजारको सडक निमार्ण कार्य भइरहेको छ शिक्षामा दरबन्दी मिलान गर्ने काम भइरहेको छ भने काज र खेतला शिक्षकको अन्त्य भएको छ ।
वर्तमान परिस्थिति
आज नेपाली राजनीतिमा देखिएको तरङ्ग र त्यसको छल्काबाट मुलुक विस्तारै निकासको दिशातिर अघि बढिरहेको छ । दश वर्षको महान जनयुद्धमा उठेका मुुद्धा राष्ट्रियता,गणतन्त्र,धर्मनिरपेक्षता,समानुपातिक समावेशिता र संविधान सभाबाट संविधान जारी गर्ने लक्ष्य पुरा भइसकेको छ र निरङकुश जहानीय राजतन्त्रको अन्त्य र जनताका छोराछोरी सत्ता र सरकारको नेतृत्वमा पु¥याउने महान अभिभारा पुरा भईसकेको छ र नेपाली क्रान्तिको आधार तयार गर्ने र त्यसको तयारीको लागि उत्पादनलाई जोड दिने पार्टी केन्द्रिय कमिटीको योजनामा हाम्रो जिल्ला पार्टी पनि लागिरहेको छ र जिल्ला पार्टी सँगै हाम्रो संगठन पनि लागिरहेको छ । विषेशतःशैक्षिक रुपान्तरणको निम्ती संघर्षरत रहेको संगठन विगतमा भन्दा केहि असज त भएकै छ । विगतमा हरेक आन्दोलनको राजनैतिक,संगठनिक र वैचारिक तवरले नेतृत्व गर्ने हाम्रो संगठन अहिले राजनैतिक र वैचारिक रुपमा मात्र नेतृत्व गर्नु पर्ने अवस्था छ । पार्टीमा आएको लाइन सघर्ष र त्यसको परिणामको रुपामा देखिएको पार्टी फुट र परित्यागले गर्दा संगठनमा पनि समान्य असर पुगेको छ । गत २०७० सालको संविधानसभाको चुनावबाट सिङ्गो पार्टी नै तेस्रो भएको र यस जिल्लामा दुवै क्षेत्रमा हाम्रो पार्टीको पराजयको कारण पार्टी सुभचिन्तक सर्मथकमा मौनता आएको र विद्यार्थीहरुमा पनि आफ्नो अभिभावको अनुकरण गर्ने परिपार्टी यथावत रहेकाले भने जस्तो संगठन विस्तार र चलायमान हुन सकिरहेको छैन । जस्को नेतृत्वमा संगठन निमार्ण हुन्छ उसैको पेवा जस्तो नेतृत्वलाई मन लगाएर सहयोग नगर्ने र संगठनको नेतृत्वलाई सर्वधिकार दिने प्रणालीले नेतृत्वमा एकाधिकार र निरङकुश मानषिकता उदय हुने बाध्यता छ । जिल्लामा रहेको क्यम्पस र उच्च मा.वि.हरुमा विद्यार्थी संख्या कम भएकोले संगठन निमार्णमा समस्या छ । यस वर्षको एस.एल.सी. परिक्षामा अक्षराङक प्रणालीले गर्दा केही सहज हुने सम्भावना भने देखिएको छ । राजनीति प्रति सबैको चेतान नहुनु र सामन्ती चिन्तन बोकेका राजनीतिक कर्मीले जनतालाई राजनीति गर्नु हुँदैन भन्ने जस्ता भ्रामिक कुराले सोझा जनतामा सोहि भावना बन्नुले जनतामा राजनीति प्रति घृणा जाग्ने काम भइरहेको छ । त्यसको प्रत्यक्ष असर विद्यार्थी संगठनलाई परेको छ । आगो लागि, भूकम्प र बाढि पहिरोले प्रत्यक्ष प्रभावित यस जिल्लामा संगठनको योजनाहरु साहयक बन्न पुग्यो । २ ओटा क्याम्पस भएकोमा, सिनाम बहुमुखी क्याम्पसमा हाम्रो उपस्थिति हुन सकेको छैन भने पाथिभरा बहुमुखी क्याम्पस कब्जामा रहेको छ । करिव ३५÷३६ ओटा मा.वि.र उच्च मा.वि.मा समय प्रतिकुलताको कारण कतिपय विद्यालयमा एकाई निमार्ण हुन सकेकोे छैन भने प्रत्येक विद्यालयमा सम्पर्क मात्र भइरहेको छ । सदरमुकाम वरिपरि रहेको आवशीय विद्यालयहरुमा आज सम्म संगठन निमार्ण गर्ने र आवश्यक पहल कदमी लिन सकिरहेको छैन् ।

अन्य विद्यार्थी सँगठनको अवस्था
जुनसुकै अवस्थामा भएपनि आन्दोलनको भिजनकर्ता, नेतृत्वकर्ता हाम्रौ संगठन हो । नेविसंघ नेपालको ठूलो संगठन भए पनि यथास्थितिवादी चिन्तन भएको कारण आन्दोलन गर्न तत्पर देखिन्दैन भने अनेरास्ववियू आन्तरिक विवादमा फसेको कारण गतिहिन बन्न पुगेको छ । बैद्य र विप्लप(क्रान्तिकारी) का साथीहरु नेतृत्व अभावको कारण पुरै विर्सजनतिर लागिरहेको देखिन्छ भने समाजवादी विद्यार्थी फोरम नेतृत्वको अस्थिरताको कारण नाम मात्रको संगठन बन्न पुगेको छ । ताप्लेजुङ्गमा विद्यार्थी आन्दोलनलाई आन्दोलनको रुपमा मात्र आन्दोलन गर्ने संघीय विद्यार्थी यूनियन लिम्बूवान खास लक्ष्य उदेश्यबाट विचलित भई सकेको छ । अन्य विद्यार्थी संगठनहरु यस जिल्लामा गुनमान भएर बसेका छन । त्यसकारण शैक्षिक आन्दोलनको जस हाम्रो गौरवशाली सँगठन अनेरास्ववियू(क्रान्तिकारी)लाई जान्छ ।

आगामी कार्ययोजना
क) संगठनात्मक काम
“उच्च वैचारिक राजनैतिक स्पष्टता हासिल गर्दै जनआधारित नया र सुदृढ संगठन निर्माण गर्न एकजुट होऔँ ।” रा.स.दस्तावेज २०७१
जनताका छोराछारी अखिल (क्रान्तिकारी) भन्ने हाम्रो नारालाई सार्थकता प्रदान गर्नको लागि अनेरास्ववियू(क्रान्तिकारी) जिल्ला समिति ताप्लेजुङ्ग दिल दिमागबाट एकाग्रता भई लाग्नेछ । विचार हाम्रो मुटु हो , संगठन हाम्रो शरीर हो र संगठन बिना हाम्रो कुनै अस्तित्व रहन सक्दैन । त्यसकारण संगठनलाई बलियो बनाउन को लागि यस जिल्लामा स्थापना भएका क्याम्पस उच्च मा.वि.र मा.वि.प्रत्येक शैक्षिक संस्थामा हाम्रो गौरवशाली संगठन अनेरास्ववियू(क्रान्तिकारी) को समिति २०७३ साल भाद्र मसान्त सम्मा विस्तार गरि सकिने छ ।

ख) सदस्यता वितरण
अनेरास्ववियू(क्रान्तिकारी) को परिचय र पहिचानको लागि वैचारिक स्पष्टता र राजनीतिक कित्तामा स्थापित गर्नको लागि सबै शैक्षिक संस्थामा अध्ययनरत विद्याथीहरुलाई व्यापक सदस्यता विवरण गरिनेछ । माक्र्सवाद–लेनिनवाद–माओवाद र २१ औँ शताब्दीको जनवादको मार्गमा मार्गदर्शन गराउन सम्पूर्ण वामपन्थी,प्रगतिशील,देशभक्त तथा जनतान्त्रिक विद्यार्थीहरु एकजुट हाआँैै भन्ने नारालाई विद्यार्थीको जीवनमा प्रयोग गर्नलाई केन्द्रिय समितिबाट प्राप्त भएको २५०० सदस्यता–पत्र नविकरण र वितरण २०७३ भाद्र मसान्त सम्ममा गरि सकिने छ ।

ग) प्रशिक्षण

माक्र्सवाद–लेनिनवाद–माओवाद र २१आँै शताब्दीको जनावाद बारे जिल्ला,क्षेत्र,इलाका र इकाई स्तरमा घनिभूत रुपमा प्रशिक्षणको आयोजना गरिनेछ । राष्ट्रियता, गणतन्त्र,समाजवाद र त्यसमा विद्यार्थीले खेल्नु पर्ने भूमिकाको विषयमा हाम्रो माओ पार्टीको नेतृत्व टिमसँग आवश्यक सल्लाह र सुझव लिएर त्यस्को आधारमा समय मिति तोकी अगाडी बढीनेछ । पार्टी र पार्टी हेडक्वाटरको स्थितिलाई जनातामाझ सम्प्रेशण गर्नको लागि जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गरी सामजवादी क्रान्तिको दिशामा अगाडि बढ्ने प्रतिबद्धताका साथ शैक्षिक प्रणाली र मुद्दालाई पनि समय अनुकुल परिर्वतन गरिनेछ । विचार र संगठनलाई मजबुद बनाउनको लागि क्रान्तिकारी विचार र क्रान्तिकारी सँगठनको आवश्यकता पर्दछ । आफू पूँजीपति बन्ने र वर्गीय राजनीति गर्न खोज्ने चरित्रको अन्त्य गर्दै वर्गीय संगठन, वर्गीय चरित्र र वर्गीय नेतृत्व स्थापित गर्न विद्यार्थी सँगठनबाट जोडदार लागिनेछ । नेतृत्वको सामन्तवादी चिन्तन प्रणाली र सदस्यको दासत्वको चिन्तन प्रणाली अन्त्य गर्नको लागि सँगठनलाई क्रान्तिकारी विचार क्रान्तिकारी नेतृत्व र क्रान्तिकारी संगठनको रुपमा स्थापित गरिनेछ । दश वर्षसम्म चलेको जनयुद्ध र त्यतिखेरको जनवादी शिक्षा प्रणाली र जनयुद्ध अगाडीको बुर्जुवा शिक्षा प्रणाली र शान्ति प्रक्रिया पछिको शिक्षालाई संयोजन गरी व्यवहारिक शिक्षाको लागि जिल्ला शिक्षा कार्यालय ताप्लेजुङमा समन्वय गरिनेछ । वर्तमान शिक्षा प्रणली बेरोजगार यूवाहरुको उत्पादन गर्ने कारखाना मात्र बनेको छ । न त यो शिक्षाले नैतिक शिक्षा दिन सकेको छ ,न त सिपमूलक व्यवहारिक शिक्षा दिन सकेको छ । केवल शिक्षाको नाममा कंलक मात्र देखिएको छ । शिक्षाको नाममा सेवामुखी होइन पुरै व्यापारीकरण र निजीकरण गर्ने नाफामुखी दृष्टिकोणबाट खोलिएको प्राइभेट विद्यालयहरुलाई निगरानीमा राख्ने र निःशुल्क शिक्षाको रुपमा शिक्षा प्रदान गर्ने सरकारी विद्यालयका गुणस्तरहिन विद्यालय र सरकारी काम कहिले जान्छ घाम भनि विद्यालयमा दिन मात्र कटाउन आउने शिक्षक र कामचोर कर्मचारीहरु शैक्षिक भ्रष्ट र माफियाहरुको विरुद्धमा केन्द्रित भई सबै इकाइमा गोष्ठी,सेमिनार र प्रशिक्षण आगामी भाद्र मसान्त सम्ममा सम्पन्न गरिनेछ ।

घ) संघर्ष
“एउटा वर्गको विरुद्ध अर्को वर्गको राजनीतिक संघर्षमा सँगठन नै महत्वपूर्ण साधन हो ।” क.फ्रेडरिक एंगेल्स
शैक्षिक विकृति र विसंगतिको विरुद्ध आम जिल्लाबासी जनसमुदायलाई जानकारी गराउने प्रत्येक इकाईमा शैक्षिक सुधार आर्थिक पारदर्सिताको र जिल्लामा समग्र सुधारको लागि आन्दोलन गरिनेछ । भ्रष्टचार,अनियमितता कामचोर,ठक शिक्षक कर्मचारी ,जँडीया र शिक्षा नियमावलीको उलङ्घन गर्ने शिक्षकलाई कानुन बमोजिम कारवाहीको लागि वातावरण तयार गरिने छ । हुकुमी शासन र कार्यालय प्रमुखको व्यक्ति प्रधान नीतिको विरुद्ध शसक्त आन्दोलन गरी प्रत्येक शैक्षिक संस्था र अन्य संस्थामा नीतिराजको आधारमा कार्यसम्पादन गर्नको लागि खबरदारी र आन्दोलन गरिनेछ । शैक्षिक क्षेत्रमा देखिएको बेथिति,कम योग्यता भएका प्रधानाध्ययापक र प्राचार्य तथा कर्मचारीहरुको प्रमाण–पत्र चेकजाच गर्ने र नियम विपरीत पाइएमा तुरुन्त खारेज गर्नको लागि आन्दोलन गरिनेछ । यो हाम्रो संघर्ष सम्बन्धी काममा व्याख्या गरिएअनुसार सरकारी तथा निजी दुवै खाले शिक्षामा लागु गरिनेछ ।
प्रकाशन
सूचना र प्रविधिको उच्चतम विकास भएको यो समयमा सँगठनको गतिविधि प्रचार–प्रसार गर्नको लागि जिल्ला संगठन समिति ताप्लेजुङले एक मुख–पत्र प्रकाशन गर्नेछ । जति सक्दो चाडो सूचना सम्प्रेशण गर्नको लागि जिल्लामा र प्रत्येक इकाइमा ाबअभदययप उबनभ बनाई सबै सँगठनमा आवद्ध सदस्यहरुलाई अनुवद्ध गरिनेछ । अनेरास्ववियू (क्रान्तिकारी) ताप्लेजुङको विचार सबै विद्यार्थीसामु अवगत गराउन प्रत्येक इकाइमा मासिक भित्ते पत्रिका प्रकाशन गरिनेछ । उक्त मासिक भित्ते पत्रिकामा पार्टी,संगठनको विचार र सँगठनमा आवद्ध विद्यार्थीहरुको विचार भावना चित्र र साहित्य प्रकाशन गरिनेछ ।
आर्थिक
“युद्ध केवल सैनिक र राजनीतिक द्धन्द्ध मात्र होइन आर्थिक द्धन्द्ध पनि हो ।” क. माओ
सँगठनलाई मजबुत रुपमा सञ्चालन गर्नको लागि आर्थिक महत्वपूर्ण पाटो बन्ने छ । सँगठनलाई जीवन्त राख्नु आर्थिक क्रियाकलापमा सहभागी बन्न समय सापेक्ष वृतचित्र प्रदर्शन,भाग्यशाली चिठ्ठा र परिवर्तनसँग सम्बन्धित नयाँ फिल्मको च्यारिटी प्रर्दशनको आयोजना गरिने छ । पार्टीको समाजवादी क्रान्तिको आधार तयार गर्ने र उत्पादनलाई दह्रोसँग पकड्ने नीतिलाई अख्तियार गर्दै जिल्लाको अनुकुलतामा उत्पादन कार्यमा विशेष जोड दिइनेछ ।
कार्यगत एकताः
“क्रान्तिकारी व्यवहारबाट अलग्गिएको सिद्धान्त बाँझो हुन्छ भने क्रान्तिकारी सिद्धान्तबाट अलग्गिएको व्यवहार अन्धो हुन्छ ।” क.स्टालिन
क्रान्तिकारी शक्तिहरुको एकता बिना वुर्जुवा र प्रतिगामी शक्तिहरुलाई परास्त गर्न कुनै हालतमा सकिदैन । शिक्षामा साम्राज्यवाद र सामन्तवादको अन्त्य र दासमनोवृतिका तप्काहरुको निर्मूल नगरी वैज्ञानीक र व्यवहारिक शिक्षा प्राप्त गर्न सकिदैन । खासगरी दश वर्षे महान जनयुद्धको स्पिरिट वुर्जुवा शिक्षाको खारेजी र जनवादी शिक्षाको व्यवहारिक प्रयोग गर्नको लागि एउटै विचार तर फरक समूहबाट आफ्नो गतिविधि गर्नेसँग वैद्य माओवादीको विद्यार्थी सँगठन,अखिल(क्रान्तिकारी) र विप्लव निकट अखिल (क्रान्तिकारी) सँग एकिकृत संगठन भई एकता हुन नसके पनि जिल्लाको शैक्षिक विकृतिको अन्त्य र स्ववियू निर्वाचनमा (क्रान्तिकारी) शक्तिको विजय र यथास्थितिवादी र संसोधनवादी चरित्र बोकेको विद्यार्थी संगठनलाई नराम्रो गरी पराजय गराउनलाई कार्यगत एकताको आवश्यकता छ । त्यसकारण (क्रान्तिकारी) विद्यार्थीहरुको साझा विचारको विजयको लागि सबै (क्रान्तिकारी) सँग कार्यगत एकताको पहल गरिनेछ ।
संयुक्त मोर्चा
एकतामा बल हुन्छ भन्ने भनाई तपाई हामीलाई अवगत नै छ । जिल्लामा शैक्षिक भ्रष्टका नाइकेहरु पनि छन । राजनीतिक आवरणमा आफ्नो अख्तियारको दुरुपयोग गर्ने शैक्षिक माफियाहरुको अन्त्य गर्नको लागि हामी लड्नैपर्छ । शैक्षिक भ्रष्टहरुको अन्त्य गर्नको लागि शैक्षिक सु्धार र आम विद्यार्थीहरुको हकहितको लागि स्थापित सम्पूर्ण विद्यार्थी सँगठनहरु नेविसँघ,अनेरास्ववियू, समाजवादी विद्यार्थी फोरम संघीय विद्यार्थी युनियन (लिम्बूवान) र नेपाल आदिवासि जनजाती विद्यार्थी महासंघ ताप्लेजुङसँग संयुक्त मोर्चा बनाई संघर्षको लागि तयारी गर्ने र त्यसको पहल कदमी हाम्रो सँगठनले गर्ने ।
अन्त्यमा

अनेरास्ववियू (क्रान्तिकारी) स्थापनाकाल देखि नै जनवादी र वैज्ञानिक शिक्षाको पक्षपोषण गर्ने सँगठन हो । सँगठनको निम्ति जीवन वलिदानी गर्नुहुने सम्पूर्ण महान शहिदहरुप्रति हार्दिक श्रदा सुमन व्यक्त गर्दछु । इतिहासमा परिवर्तनको पर्याय बनेको सँगठन अखिल (क्रान्तिकारी) ताप्लेजुङ शैक्षिक मुद्धालाई सडकमा ल्याई आम यूवा विद्यार्थीहरु माझ स्थापित गराउन अहोरात्र लागिरहेको छ । शैक्षिक विकृति र विसङ्गतिको विरुद्ध संगिन बनेर अगाडी बढेको हाम्रो प्यारो र गौरवशाली सँगठन अखिल (क्रान्तिकारी) आज सम्मको इतिहासमा कहिल्यै लज्जाको महसुस गर्नु परेको छैन । टुटफुट र विखण्डनको बीचबाट अविचलित रुपमा यहाँ सम्म आइ पुग्न सफल भएको छ । सँगठनलाई जीवन्त राख्नको लागि नेतृत्व र सदस्य सबैको साझा जिम्मेवारी बन्ने छ । जनवादी केन्द्रियताको आधारमा छलफल र वहसमा स्वतन्त्रता र कार्यान्वयनमा एकरुपता भएन भने हात्ती आयो–हात्ती आयो फु्स्सा भन्दा फरक केही हुने छैन ।

वीर शहिदहरु –लल सलाम
अनेरास्ववियू (क्रान्तिकारी)– जिन्दावाद
नवौँ जिल्ला सम्मेलन सफल पारौँ –सफल पारौँ

25/07/2016

Address

Taplejung

Website

Alerts

Be the first to know and let us send you an email when Akhil krantikari Taplejung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Akhil krantikari Taplejung:

Share