District Police Office, Palpa

District Police Office, Palpa This is the Official page of District Police Office Palpa.This page should not be used for reporting crimes. Page not monitored 24 hrs.

For emergencies, please call 100

सचेतनामूलक कार्यक्रम सम्पन्न***************************** २१ जेठ, २०८३समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प...
04/06/2026

सचेतनामूलक कार्यक्रम सम्पन्न
*****************************
२१ जेठ, २०८३
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला पाल्पा तानसेन नगरपालिका वडा.न.५ बन्दीपोखरा स्थित लक्ष्मी माध्यमिक विद्यालयको सभाहलमा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराई, श्री लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक बिष्णु प्रसाद सिग्देल, सामुदायिक सेवा केन्द्रका कार्यसमिती सदस्य रमेश बोहोरा, शिक्षक, शिक्षिका तथा विद्यार्थीहरुको उपस्थितीमा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्र.ना.उ. भीमलाल भट्टराईद्वारा जातिय छुवाछुत न्यूनिकरण र जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्र.व.ना.नि.राजेन्द्र खड्काद्वारा सडक सुरक्षा तथा ट्राफिक सचेतना सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको ।

04/06/2026
वेवारिसे शवको हुलिया पहिचान सम्बन्धमा*****************************************मिति २०८३।०२।०९ गते दिउँसो अन्दाजी १६:४५ ब...
24/05/2026

वेवारिसे शवको हुलिया पहिचान सम्बन्धमा
*****************************************
मिति २०८३।०२।०९ गते दिउँसो अन्दाजी १६:४५ बजेको समयमा जिल्ला पाल्पा तानसेन नगरपालिका वडा नं. १३ रानीमहल नजिकै अन्दाजी ३०० मिटर पश्चिम कालीगण्डकी नदी किनारमा हालसम्म नामथर वतन नखुलेको अन्दाजी वर्ष ४५/४७ को पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको र हाल सम्म सनाखत हुन नसकेको हुँदा निम्न हुलिया भएको व्यक्तिको शव कोही कसैले पहिचान गर्नुभएमा जिल्ला प्रहरी कार्यालय पाल्पामा जानकारी गराउनुहुन अनुरोध । सम्पर्क नम्बर १००, ९८५७०६०३००(प्रहरी कन्ट्रोल), ९८५७०६८६९०(सूचना अधिकारी)
निम्न हुलिया:-
वर्ण- गहुँ गोरो, मझौला शरीर, उचाई- ५ फिट ४ इन्च, टाँउकाको भागमा कपाल नरहेको, सेतो रङको स्यान्डो भेष्ट लगाएको, ADIDAS लेखेको खरानी रङको ट्राउजर र FASHION लेखेको अण्डरवेयर लगाएको हालसम्म एकिन नाम, थर र वतन समेत नखुलेको अन्दाजी वर्ष ४५/४७ को पुरुष व्यक्ति ।

वेवारिसे शवको हुलिया पहिचान सम्बन्धमा*****************************************मिति २०८३।०२।०७ गते दिउँसो अन्दाजी १६:०० ब...
21/05/2026

वेवारिसे शवको हुलिया पहिचान सम्बन्धमा
*****************************************
मिति २०८३।०२।०७ गते दिउँसो अन्दाजी १६:०० बजेको समयमा जिल्ला पाल्पा तिनाउ गाउँपालिका वडा नं. ३ सिद्दबाबा मन्दिर नजिकै सडकबाट अन्दाजी २५ मिटर तल भिरमा एकिन नामथर वतन नखुलेको अन्दाजी वर्ष २९/३० को पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको र हाल सम्म सनाखत हुन नसकेको हुँदा निम्न हुलिया भएको व्यक्तिको शव कोही कसैले पहिचान गर्नुभएमा जिल्ला प्रहरी कार्यालय पाल्पामा जानकारी गराउनुहुन अनुरोध । सम्पर्क नम्बर १००, ९८५७०६०३००(प्रहरी कन्ट्रोल), ९८५७०६८६९०(सूचना अधिकारी)
निम्न हुलिया:-
वर्ण-गहुँ गोरो, पातलो शरीर, उचाई- ५ फिट ४ इन्च, कपाल हल्का लामो, बायाँ हातको नाडी र औंलाहरुमा पातहरुको ट्याटु खोपेको र सोही हातमा २ वटा कालो रङको रबर र सेतो रङको धातुको बाला लगाएको, खैरो सेतो रङको बुट्टा भएको V लेखेको टिसर्ट, सेतो रङको पाइन्ट, MEN लेखेको अण्डरवेयर, पाइन्टको बेल्ट बाध्ने घरमा आकाशे रङको STRIVE लेखेको गुच्छा सहितको कि-रिङ भएको हालसम्म एकिन नाम, थर र वतन समेत नखुलेको अन्दाजी वर्ष २९/३० को पुरुष व्यक्ति ।
थप अपडेटः-मिति २०८३।०२।०८ गते निज मृतक जिल्ला पाल्पा तानसेन न.पा.१० भार्केस बाँझोबारी बस्ने बर्ष २४ को निराजन नेपाली रहेको भनी निजको आफन्तले पहिचान गरेको ।

जिल्ला प्रहरी कार्यालय पाल्पाको अनुरोध*************************************०७ जेठ, २०८३
21/05/2026

जिल्ला प्रहरी कार्यालय पाल्पाको अनुरोध
*************************************
०७ जेठ, २०८३

नागरिक सुनुवाई कार्यक्रम सम्पन्न****************************** ०६ जेठ, २०८३जिल्ला पाल्पा रम्भा गा.पा. ३ अगाहाखोला स्थित ...
20/05/2026

नागरिक सुनुवाई कार्यक्रम सम्पन्न
******************************
०६ जेठ, २०८३
जिल्ला पाल्पा रम्भा गा.पा. ३ अगाहाखोला स्थित रम्भा गाँउपालिका कार्यालयको सभाहलमा प्रमुख जिल्ला अधिकारी बिनु बज्राचार्य कुवर, रम्भा गाउँपालिकाका अध्यक्ष बिष्णु प्रसाद भण्डारी, उपाध्यक्ष राधा कुमारी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुन, जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रशासकीय अधिकृत दिनेश ज्ञवाली, वडा अध्यक्षहरु, वडा सदस्यहरु, कार्यपालिका सदस्य, रम्भा गाँउपालिकाका कर्मचारीहरु लगायत समाजसेवी, बुद्धिजिवी तथा स्थानियहरुको उपस्थितीमा प्रहरी कार्यालयबाट हुने सेवा प्रवाह सम्बन्धमा यस कार्यालयका प्रमुख प्र.उ. दिपेन्द्र पंजियार थारुद्वारा नागरिकका गुनासो र जवाफ सहितको नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको ।

सचेतनामूलक कार्यक्रम सम्पन्न************************** ०६ जेठ, २०८३समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रश...
20/05/2026

सचेतनामूलक कार्यक्रम सम्पन्न
**************************
०६ जेठ, २०८३
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन कार्यालय पाल्पा र जिल्ला प्रहरी कार्यालय पाल्पाको सहकार्यमा जिल्ला पाल्पा रम्भा गाँउपालिका वडा नं.३ अगाहाखोला स्थित अमृत पब्लिक माध्यमिक विद्यालयको सभाहलमा प्रमुख जिल्ला अधिकारी बिनु कुवर बज्राचार्य, जिल्ला प्रहरी कार्यालय पाल्पाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र पंजियार थारु, विद्यालयका प्रधानाध्यापक राधेश्याम शाह, जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रशासकीय अधिकृत दिनेश ज्ञवाली लगायत शिक्षक, शिक्षिका तथा विद्यार्थीहरुको उपस्थितीमा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी बरिष्ठ नायव निरीक्षक भिमार्जुन अधिकारीद्धारा लागूऔषध दुर्व्यसनी न्यूनिकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको ।

बिदाई तथा फेरी भेटौला कार्यक्रम******************************** ०४ जेठ, २०८३जिल्ला प्रहरी कार्यालय पाल्पामा कार्यरत रहनु...
18/05/2026

बिदाई तथा फेरी भेटौला कार्यक्रम
********************************
०४ जेठ, २०८३
जिल्ला प्रहरी कार्यालय पाल्पामा कार्यरत रहनु भएका प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीको तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत बिकास बिभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौको च.न. ७०८६ मिति २०८३/०२/०१ गतेको पत्र आदेशले इलाका प्रहरी कार्यालय राजापुर, बर्दिया सरुवा भई जान लाग्नु भएकोमा आज मिति २०८३/०२/०४ गते कार्यालय प्रमुख प्र.उ. दिपेन्द्र पंजियार थारुले एक कार्यक्रमका बिच सफल कार्यकालको शुभकामना सहित बिदाई गर्नुभएको ।

Address

Palpa District Tansen Municipality Ward No. 4
Tansen

Alerts

Be the first to know and let us send you an email when District Police Office, Palpa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to District Police Office, Palpa:

Share