लुम्बिनी अञ्चल पाल्पा जिल्ला बौद्व गुम्बा गा.बि स. वार्ड नं. 1,2,3 संयुक्त रूपमा मिलेर बनेको ऐउटा सानो उपत्यका हो यो गाउलाई चारै दिशा बाट हरिया पहाडहरूले घेरेको छ । यो गाउको बिचमा धरहरा जस्तै पहाड उभिऐको छ त्यो पहाडको माथि मेकोट देबिको मन्दिर रहेको छ । त्यसैले यो पहाडलाई मेकोट डाँडो भनिन्छ पहाड सङ्गै अर्को ऐउटा कुराले पनी यो गाउलाई घेरेको छ त्यो हो नेपालकै प्रसिद्द नदी काली नदी जसलाई शिबसालीक पाईन
े ऐकमात्र नदी पनी भनिन्छ यस नदिमा शिब शंङ्रकरको बास हुने भऐकाले यस नदिको पानीलाई छोऐमात्रै पनी समपुर्ण पाप नास हुने र सिदै स्वर्गमा बास पाईने पौराणीक धार्मीक मान्यता पनी रहिआऐको छ । नदिले दुईवटा जिल्लाहरूलाई छुट्याऐको छ छेर्लुङको पारी पाखा स्याङ्जा पर्छ भने छेर्लुङ पाल्पा जिल्लामा पर्छ
तपाईले त नेपालमा पनि ऐउटा ताजमहल छ भनेको कुरा त सुनेकै हुनुपर्छ के हजुरलाई त्यो ताजमहल भऐको गाउँ थाहा छ छैन भने त्यो ठाउ पनी छेर्लुङ नै हो यो महल राजा खड्क समशेरले आफ्नी रानि को समझनामा बनाऐको हुनाले यस महललाई रानिमहल भनिन्छ ।
रानिको अन्त्य पनी यहि नदिमा भऐकोले यसठाउँलाई केहि मानिस रानिघाट पनी भन्दछन
छेर्लुङ देखी दक्षिण पुर्बमा रहेको यो महल काली नदिको तट र हरियाली पहाडको काखमा रहेको छ अर्को अचम्मको कुरा के छ भने मेकोट डाँडा देखी हेर्दा ऐउटै काली नदी पुर्ब पश्चिम दुईतिर दुई ओटा नदी देखिन्छ भने पुर्बमा नदिको किनार र पहाडको काखमा रहेको रानिमहलको सुन्दर दृष्य देखिन्छ चराचुरूङ्गीको चिरबिर कालीनदिको सुसेली अनी मनै छुने चिसो हावाले सारा दुख पिडा कता भाक्छ पत्तै हुदैन । यस गाउमा ब्राम्हण क्षेत्री माझी 'बोटे' मगर र केहि अन्य जाति बसोबास गर्छन यहाँको मुख्य पेसा कृषी हो भने अधिकांश युवा बैदेसिक रोजगारका लागी भारत,कतार,मलेशिया, दुबई,कुबैत जस्ता देशहरूमा पुगेका छन गाउँका सबै मानिस हिन्दु धर्म मान्छन यहाँ सबैभन्दा तल्लो गाउँ मा माझी 'बोटे' जाति बस्छन भने त्यसपछी क्रमश बाहुन क्षेत्रि मगर र अन्य जाति बसोबास गर्छन यस गाउमा नेपालकै दोस्रो लामो कुलो पनि रहेको छ छेर्लुङ 123 मा सिञ्चाईको लागी करिब 17 किलोमिटर टाढा बाट पहाड हरू छेडेर यो कुलो ल्याईको छ यहाँ शारदा माध्यामिक बिद्यालय राधाकृष्ण प्राथमिक बिद्यालय र न्यू भिजन ईङ्लीशबोर्डिङ स्कुल गरी 3 ओटा स्कुल हाल संञ्चालनमा रहेका छन तर उच्च शिक्षाको लागी कक्षाकोठा तयार भईसके पनी हाल सम्म संञ्चालनमा आऐको छैन त्यसैले S.L.C पछीको पढाई सदरमुकाम तानसेनमा कोठा लिऐर पढ्न बस्ने गर्छन छेर्लुङ पाल्पा र छिमेकी जिल्ला स्याङ्जाको सिमाना मा पर्छ यहाँ 2 वटा झलुङगे पुल रहेका छन जसले गर्दा सजिलै पाल्पा स्याङ्जा गर्न सकिन्छ सिमाना गाउँ प्युघा र खोर्दी मा कक्षा 8 सम्म मात्रै पढाई हुने भऐकाले 9 र 10 को पढाईका लागी स्याङ्जाका बालबालिका छेर्लुङमै आउने गरेकाछन छेर्लुङमा सबै मानिसहरु ऐकआपस मा मिलेर काम गर्छन यहा माझी समुदायको भिन्न झाम्रे नाच ठुलो नाच पनी देख्न पाईन्छ मगर जातिको खाना र मगर नाच पनी देख्न पाईन्छ सदरमुकाम देखी करिब 22 किलोमिटर मा रहेको यो गाउँमा पैदल हिन्दै 3 घण्टा लाग्छ भने गाडीमा 2 घण्टा लाग्छ गाडि तानसेनको बिशाल बजार मा लाग्छ गा.बि.स. सम्म जाने 4 ओटा र छेर्लुङ गाउँ भित्र बोटेगाउँ सम्म जाने 3 ओटा गरि 7 ओटा जिप लाग्छन तर छेर्लुङ सम्मकै गाडिमा जाँदा राम्रो हुन्छ ऐकचोटी अवस्य आउनुहोला अब बेलुका झाम्रे दोहोरी साँझ मा छेर्लुङमै भटौला ।