DEO Tanahun

DEO Tanahun District Education Office

तनहूँ जिल्ला नेपालकोे पश्चिमाञ्चल विकास क्षेत्र अन्तरगत गण्डकी अञ्चलको दक्षिण पर्ूवमा महाभारत श्रृंखला र मध्य पहाडी भू-भागमा पर्ने विकासोन्मुख जिल्ला हो । यो काठमाडौंबाट ११० कि.मि. पश्चिम र पोखरा बाट ४९ कि.मी . पर्ूवमा अवस्थित छ । विश्व मानचित्रमा यो जिल्ला ८३ ं३४"पर्ूर्वी देशान्तर र २७ ं१३"-३") उत्तरी अक्षांस सम्म फैलिएर रहेको छ । यस जिल्लाको कूल क्षेत्रफल १५४६ वर्ग कि.मी. अर्थात कूल नेपालको भू-भ

ाग को १.०५ ५ रहेको छ । यस जिल्लाको पर्ूर्वी र दक्षिणी सीमा नदीको रुपमा क्रमशः मर्स्याङदी र त्रिशुली तथा काली गण्डकी अविरल रुपमा प्रवाहित छन् भने मध्य भागबाट सेती र मादी नदी बहन्छन् । महाभारत पर्वत श्रृंखलाको सवै भन्दा अग्लो भाग छिम्केश्वरी २३२५ मीटरमा रहेको यस जिल्लाको सबैभन्दा उच्च भाग हो र सबैभन्दा होचो भू-भागमा त्रिशुली र काली गण्डकीको संगम स्थलमा रहेको "देवघाट धाम" समुद्री सतहदेखि २०० मीटरको उचाइमा पर्दछ । जिल्लाको सदरमुकाम दमौली हो र यो समुद्री सतह देखि ३२० मीटरको उचाइमा रहेको छ । यस जिल्लाको पर्ूवमा चितवन र गोर्खा, पश्चिममा स्याङ्गजा, उत्तरमा कास्की र लमजुङ्ग तथा दक्षिणमा पाल्पा र नवलपरासी जिल्लाहरु पर्दछन् । यस जिल्लालाई राजनैतिक तथा प्रशासनिक हिसाबले तीन निर्वाचन क्षेत्र, १३ इलाका, १ नगरपालिका तथा ४६ गाउँ विकास समितिहरुमा विभाजन गरिएको छ । १.२ ऐतिहासिक पृष्ठभूमि नेपाल राज्यमा समावेश गरिनु पर्ूवको तनहूँ राज्य हालको तनहूँको अतिरिक्त चितवन जिल्ला एवं भारत स्थित विहार प्रान्तको पश्चिमी चम्पारण अन्तरगतको रामनगर तथा बेतिया जिल्लाको केही भाग सम्म फैलिएको थियो । वि.स.ं १८४० मा तनहूँलाई नेपाल अधिराज्यमा मिलाए पछि पश्चिम ३ नं. इलाकामा परेका नेपालका प्रशासनिक संगठनको विकास क्रममा वि.सं. २०१८ बैशाख १ गते नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गरिएपछि वि.सं. २०२० सालदेखि तनहूँ जिल्लालाई एउटा छुट्टै जिल्लाकोरुपमा संगठित गरिएको छ । पराशर ऋषि एवं १८ पुराणका प्रणेता बेदव्यास जस्ता महाकविको जन्मभूमि, धौम्य र वशिकहरुको तपोभूमि तथा आदिकवि भानुभक्त आचार्यको जन्मथलोको रुपमा तनहूँ सुपरिचित छ । यस जिल्लाको नाम तनहूँ रहनुमा हालसम्म कुनै तथ्य प्रमाण नभेटि्टए पनि केही वास्तविक भनाइ र किंवदन्तीहरु प्रचलित छन् । तनहूँ राज्यको राजधानी तनहूँसुरको आसपासमा तीनवटा प्रमुख चुचुराहरु अवस्थित छन् । यसकारणले त्रिसुङ्गबाट तनुङ्ग बनेको र अरु डाँडा काँडा - अन्तमा हूँ प्रयोगमा आउने ) को नाउँ बाट प्रभावित भै तनहूँ लेख्ने परम्परा चल्दै आएको भन्ने भनाइ छ । यसै गरी प्राचीन समयमा तनहूँको दर्ुइ ठाउँमा तमोर र तामिन भन्ने गाउँ थिए र सोहीे नाउँबाट अपभ्रंस भएर पछि तनहूँ रहनुका साथै तनहूँ राजधानी रहेको तनहूँसुरमा र दमौली माथिको मानुङ्ग डाँडामा क्रमशः चिउँडो सानो भएका -तनुहनु) र चिउँडो ठूलो भएका -महाहनु) ऋषिले तपस्या गरेको हुनाले आज यस रुपमा तनहूँ र मानहूँ नाम रहन गएको भन्ने पनि किंबदन्ती छ । १.३ विकासका पर्ूवाधारहरु खानेपानी ः तनहूँ जिल्लामा पाइपद्वारा खानेपानी उपलब्ध जनसंख्या करिव ७१ प्रतिशत रहेको छ । पाइप प्रणाली अन्तरगत अधिकांस र्सार्वजनिक धारा रहेका छन् भने व्या.न.पा. र दुलेगौडा गा.वि.स.का केही वडामा निजी धाराको व्यवस्था भएको देखिन्छ । जि.वि.स.बाट प्राप्त तथ्यांक अनुसार यस जिल्लामा खानेपानी विकासमा योगदान गर्ने विभिन्न निकायहरु मध्ये खानेपानी तथा सरसफाइ डिभिजनबाट १८५, बैदेशिक दातृ निकायहरुबाट २०५, स्थानीय निकायबाट २१५ , राष्ट्रिय गैेरसरकारी संस्थाबाट १५५, स्थानीय गैरसरकारी संस्थाबाट ८ ५ र निजी तथा अन्य निकायहरुबाट १८५ जनसंख्या लाभान्वित भएका छन् । आ.व.०६१/६२ को शुरु सम्ममा जिल्लाका ५१०५५ - व्या.न.पा. र घिरिङसुन्धारा बाहेकका ) घरमध्ये ३३५३९ घर -६५५) ले पाइप प्रणालीबाट, १०८९६ घर -२१५) ले पधेरा कुवाबाट , ७८७५ -१४५) ले मूलबाट सिधै उपभोग गरिरहेका छन् । केही होचा डाँडाका अग्ला चुचुराहरुमा बाक्लो बस्ती भएको र त्यस्ता ठाउँमा खानेपानीको स्रोतको अभाव भएकोले आकासे पानी संकलन प्रविधि अपनाउनु पर्ने बाध्यता छ । विगत केही वर्षअगाडि देखि यो प्रविधि अपनाइएको छ र सफल पनि देखिएको छ । आकाशे पानी संकलन कार्य - घैटो कार्यक्रम ) सञ्चालन भएका गा.वि.स. हरु मनपाङ, छाङ, थप्रेक , फिरफिरे , जामुने, क्यामिन र भानुमति आदि पर्दछन् । सडक तथा यातायात ः तनहूँ जिल्ला सडक सुविधा प्राप्त जिल्लाको श्रेणीमा पर्दछ । राजमार्ग र सहायक मार्ग समेत रहेको यस जिल्लामा कूल सडक लम्बाई ७७७ कि.मी रहेको छ भने कालो पत्रे सडक १०७.५ कि.मी. रहेको छ । राजमार्ग -पृथ्वीराजमार्ग ७१ कि.मी. र सहायक राजमार्ग -गोरखा र लमजुङ सदरमुकाम जोड्ने क्रमशः १ कि.मी. र २४ कि.मी.) हरुको कूल लम्बाई यस जिल्ला भित्र ९६ कि.मी. रहेको छ । जिल्लाको एकमात्र नगरपालिका भित्र ५ कि.मी. कालोपत्रे सडक रहेको छ । हाल जिल्लाको अधिकांस गा.वि.स.हरुमा सडकको ट्रयाक खुलिसकेको छ । यस जिल्लामा हवाई मार्गको यातायातको सुविधा छैन । नजिकको पोखरा विमानस्थल जिल्ला सदरमुकाम देखि ५० कि.मी. टाढा पर्दछ । यस जिल्लामा जल यातायातको सम्भावना भने देखिन्छ । कालीगण्डकी नदीमा स्तर सुधार गरेमा जल मार्ग सफल हुन सक्छ । अन्य नदीहरु सेती र मर्स्याङ्गदी , त्रिशुली नदीमा ध्जष्तभ ध्बतभच च्बाातष्लन को प्रचुर सम्भावना देखिन्छ । जलविद्युत ः जिल्लाको अधिकांश भागमा विद्युत सुविधा उपलब्ध छ । हालसम्म सबैभन्दा बढी विद्युत सेवा व्या.न.पा. क्षेत्र भित्र - ७२५) मात्र उपलब्ध छ । केही गा.वि.स.हरुमा हालसम्म पनि विद्युत सुविधा उपलव्ध हुन सकेको छैन । विद्युत सेवा नपुगेका यस जिल्लाका धेरैै गाउँहरुमा सौर्य उर्जा प्रणाली लोकप्रिय रहेको छ । ग्रामिण उर्जा विकास कार्यक्रमको सहयोगमा उक्त अवधि सम्म ६११ घर परिवारहरुले सेवा प्राप्त गरेकाछन् । यसै गरी केही निजी कम्पनीहरुले पनि यस जिल्लामा यस किसिमको सुविधा विस्तारमा संलग्न छन् । नवीकरणीय उर्जा मध्येको गोवर ग्यास पनि यस जिल्लामा निकै प्रचलनमा आएको छ । हाल सम्म ६५०२ घरहरुमा यो संयन्त्र जडान भैसकेको छ , भने विगत केहि वर्षता देखि धुवाँ रहित चुल्हो जडानको अलग्गै कार्यक्रम समेत सञ्चालन हुन थालेको छ । गोवर ग्यास र धूवाँ रहित चूल्हो जडान गर्ने कार्यमा निश्चित गाउँ विकास समितिहरुमा ग्रामिण उर्जा विकास कार्यक्रम समेत संलग्न रहेको छ । - स्रोत ः खानेपानी तथा सरसफाइ पार्श्वचित्र ) सञ्चार तथा हुलाक ः यस प्रणाली अन्तरगत हुलाक सेवा, टेलिफोन सेवा, फ्याक्स, इन्टरनेट, इ-मेल सेवा एवं पत्रपत्रिकाहरु पर्दछन् । तनहूँ जिल्लामा सञ्चार सुविधाको स्तर अन्य जिल्लाको तुलनामा राम्रै रहेको छ। उपर्युक्त सञ्चार सुविधाहरु मध्ये परम्परागत रुपमा रहेको हुलाक सेवा जिल्लाका सबै गा.वि.स.हरुमा पुगेकेा छ । यस अन्तरगत जिल्ला हुलाक १ , इलाका हुलाक १४ र अतिरिक्त हुलाकहरुको संख्या ३७ रहेको छ । आधुनिक सञ्चारका साधनहरु मध्ये टेलिफोन सेवा जिल्लाका सवै भागहरुमा विस्तार भईसकेकोे छ । ताररहित सिडिएमए फोनको सुविधा प्रमुख बजारहरु लगायत सवै गाविसहरुमा पुगेको छ भने जियसएम मोवाइल पनि धेरैजसो भागमा उपलव्ध हुन थालेको र युटियल तथा मेरो मोवाइल पनि धेरै क्षेत्रमा उपलव्ध भै सकेको छ । सञ्चारका आधुनिकतम प्रणाली मध्येको इण्टरनेट , इ-मेल र फ्याक्सको सुविधा जिल्लाको सदरमुकाम दमौली लगायत प्रमुख बजारहरुमा व्यवसायिक रुपमा उपलब्ध छ भने ग्रामीण भेगमा पनि यसको सुविधा विस्तार भएको छ । हाल प्रभावकारी रुपमा प्रकाशन भै रहेका पत्रपत्रिकाहरुमा तनहूँ आवाज साप्ताहिक, भञ्ज्याङ राष्ट्रिय दैनिक, मादिसेति, लोकबाणी, उद्घोष् लगायत विभिन्न रहेका छन् । यसका अतिरिक्त केही पाक्षिक र मासिक पत्रिकाहरु समेत प्रकाशित हुने गर्दछन् । हालका दिनहरुमा अत्यधिक चलन चल्तीमा रहेका एफ.एम. रेडियोहरुमा सेतीमादी, दमौली, तनहू, भानुभक्त, बन्दिपुर लगायतका विभिन्न स्टेशनहरु यस जिल्लामा स्थापना भएका छन् । अस्पताल ः यस जिल्लामा पर्याप्त स्वास्थ्य सेवासुविधाको विस्तार अझै हुन सकेको छैन । स्वस्थ्य सेवालाई व्यवस्थित तुल्याउन नेपाल सरकार र स्थानीय स्तरबाट प्रयत्न भै रहेको छ । जिल्लाबासीहरुलाई स्वस्थ्य सेवा प्रदान गर्न एलोपेथिक तर्फजिल्ला अस्पताल, बन्दिपुर अस्पताल र सेतीगंगा सामुदायिक अस्पताल खैरेनीटार, युनिटि लाइफ अस्पत्ताल, लक्ष्मी अस्पत्ताल डुम्रे, नेकोर्याे अस्पत्ताल जस्ता आधुनिक अस्पत्ताल, प्राथमिक स्वस्थ्य केन्द्र भीमाद, प्राथमिक स्वास्थ्यकेन्द्र पड्केपसल, १२ वटा स्वास्थ्य चौकी र ३२ वटा उपस्वास्थ्य चौकीहरु रहेका छन् । यसै गरी आयर्ुर्बेदिक सेवा तर्फजिल्ला आयर्ुर्वेद स्वास्थ्य केन्द्र दमौली र ९ वटा आयर्ुर्वेद औषधालयहरु रहेका छन् । यी सबै स्वास्थ्य सेवाका अतिरिक्त औषधि पसलहरु र डाक्टरहरुद्वारा निजी रुपमा सञ्चालित क्लीनिकहरुबाट पनि स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ । विरामीहरुलाई शीघ्र स्वास्थ्य सेवा उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटी तनहँू शाखा दुलगौडा र आवुखैरेनी उपशाखाका १-१ गरी २ वटा, ग्रामीण विकास सेवा संघको १ वटा गरी जिल्लामा जम्मा ३ वटा एम्बुलेन्स सेवा उपलब्ध छ ।र् पर्यटन ः यस जिल्लामा पर्यटन पर्ूवाधार तथा पर्यटन विकासको अवस्था कमजोर छ तर पनि यसको विकासका सम्भावनाहरु भने प्रशस्त रहेको छ । तनहूँ जिल्ला देशको राजधानी काठमाडौं र पर्याटकीय नगरी पोखराको वीचमा रहेकोले यस क्षेत्रबाट आवागमन सेवाबाट पर्याप्त लाभ लिन सक्ने देखिन्छ । तर विगत १/२ वर्षदेखि यता पर्यटकहरुको आवागमनमा मन्दी आएको छ । हालसम्म पर्यटन विभाग मार्फ ढोरफिर्दी, माझकोट पर्यटन मार्गलाइ पर्ूवाधार निर्माण तथा प्रचार प्रसार गर्ने प्रयास भएको छ भने बन्दीपुरले पर्यटन पर््रबर्धन गर्ने महोत्सवहरु आयोजना गर्दै आएको छ । यस जिल्लामा अवस्थित मुख्य धार्मिकस्थलहरुमा देवघाट क्षेत्र - देवघाट ) , छाब्दीवाराही -केशवटार ) ढोरवाराही -ढोरफिर्दी ), व्यासगुफा -व्या.न.पा.दमौली ) थानीथान माई -बसन्तपुर) , ऐतिहासिक पर्यटकीय स्थलहरुमा भानुजन्मस्थल - भानु ), तनहूँसुर दरवार -तनहूँ सुर ), घाँसीकुवा -घासीकुवा) र प्राकृतिक पर्यटकीय स्थलहरुमा सिद्धगुफा-बन्दीपुर ) , सिद्धगुफा - भिमाद ), छिम्केश्वरीकोट - छिम्केश्वरी ) ,सेतीमादी -याफ्टिङ -सेती नदी) आदि पर्दछन । सिंचाई ः सिंचाई सुविधाका दृष्टिकोणबाट यो जिल्ला निकै पछाडि परेको छ । यस जिल्लामा सिंचाईको एक मात्र प्रणाली कुलो सिंचाई हो । पहाडी जिल्ला भएकोले भुमिगत जलस्रोत सिंचाईका लागि उपयोग गर्न सकिने स्थिति छैन । पश्चिमाञ्चल सिंचाई सबडिभिजन कार्यालय दमौलीका अनुसार यस जिल्लामा कूल १७,७६२ हेक्टर - ११५ ) जग्गा सिंचाई योग्य छ जसमध्ये हाल सम्म ४३८६ हेक्टर २५५ जमिनमा सिंचाई सुविधा उपलब्ध भएको छ । कूल सिंचित जमिन मध्ये १९५६ हेक्टर जमिनमा ३९५ कृषकहरु द्वारा आफ्नै साधन स्रोत र सीपमा निर्मित कृषक कुलोबाट सिंचाइ भएको छ भने २४३० हेक्टर ६१५ जग्गामा नेपाल सरकार र उपभोक्ता समुदायको सहभागितामा निर्मित कूलो नहर योजना बाट सिंचाईको व्यवस्था भएको छ । यसरी निर्माण भएका योजनाहरुको संख्या ४३ रहेको छ । उद्योग ः तनहूँ जिल्लामा उद्योगको क्षेत्रमा उल्लेख्य विकास हुन सकेको छैन । जिल्लामा सञ्चालित भएका उद्योगधन्दाहरु पनि अधिकांस साना मात्राका र शुरु अवस्थामा छन् । धेरै उद्योगहरु खुल्दै र बन्द हुदै गरेका अवस्थामा पनि छन् । हालसम्म साना उद्योग तर्फ६०१ , प्रा.लि. उद्योग तर्फ१६८ र साझेदारी उद्योग ८ गरी जम्मा १०८० उद्योगहरु सञ्चालन भएका देखिन्छन् । उद्योग तथा वाणिज्यका क्षेत्रमा तनहूँ उद्योग वािणज्य संघ, साना उद्योग तथा घरेलु विकास समिति, निर्माण व्यवसायी संघ , होटल संघ , ट्रक व्यवसायी संघ आदि संस्थाहरु पेशागत उत्थानका लागि कार्यरत छन् । बैंक तथा वित्तीय संस्था ः यस जिल्लामा बैंकिङ सुविधा विस्तार भै रहेको पाइन्छ । नेपाल बैंक लिमिटेड , रा.वा.बैक, कृषिविकास बैंक, पश्चिमाञ्चल ग्रामीण विकास बैंक र माछापुच्छ्रे बैंक, कास्की फाइनान्स, अन्नपर्ुण्ा फाइनान्स, मुक्तिनाथ विकास बैंक, किष्ट मर्चेन्ट बैक लगायत विभिन्न निजी क्षेत्रका बैंकहरुले सेवा प्रदान गर्दै आइरहेका छन् । साथै विभिन्न सहकारी लगायतका वित्तिय संस्थाहरुबाट समेत बैकिङ सेवाहरु प्रदान भइरहेका छन ।

School Level IEMIS (With Student ID) बुझाउने सम्बन्धमा ।
31/05/2018

School Level IEMIS (With Student ID) बुझाउने सम्बन्धमा ।

बैठकमा उपस्थित हुने सम्बन्धमा
16/05/2018

बैठकमा उपस्थित हुने सम्बन्धमा

30/10/2017

जिल्ला स्थित सवै माध्यमिक विद्यालयहरुले जिल्ला स्तरीय खुला निवन्ध प्रतियोगिता सञ्चालन गर्ने सम्वन्धमा ।

सूचना ! सूचना !! सूचना !!!
04/10/2017

सूचना ! सूचना !! सूचना !!!

भौतिक सुधारका लागि माग सम्बन्धी सूचना
04/10/2017

भौतिक सुधारका लागि माग सम्बन्धी सूचना

शिक्षक कल्याणकारी कोषमा रकम जम्मा गर्ने सम्बन्धी सूचना ।
04/10/2017

शिक्षक कल्याणकारी कोषमा रकम जम्मा गर्ने सम्बन्धी सूचना ।

जिल्ला बैठकजिल्ला शिक्षा कार्यालय तनहुँ , भाद्र १९स्रोतब्यक्ति , बि नि सहितको जिल्ला बैठक अासन्न शिक्षा दिवस, शिक्षक तलव...
04/09/2017

जिल्ला बैठक

जिल्ला शिक्षा कार्यालय तनहुँ , भाद्र १९

स्रोतब्यक्ति , बि नि सहितको जिल्ला बैठक

अासन्न शिक्षा दिवस, शिक्षक तलव निकासा ,

बिद्यालय अनुगमन र सुधारका लागि सुचक निर्माण,

जिल्लाको शैक्षिक गतिबिधि , निर्वाचन अाचारसंहिता ,

राष्ट्रिय देखि स्थानीय तह सम्मका समसामयिक शैक्षिक सवाल ,

परिवर्तित सन्दर्भमा उत्कृष्ट कार्य सम्पादनका अाधार ,

सुचना, बिचार र अनुभव अादान प्रदान

बैठकका मुख्य बिषयबस्तु ।

पुरक SEE २०७३ काे परीक्षा केन्द्रहरु
01/08/2017

पुरक SEE २०७३ काे परीक्षा केन्द्रहरु

01/08/2017

पुरक परीक्षा २०७३ काे परीक्षा केन्द्रहरु

सूचना !    सूचना !!    सूचना !!!
14/07/2017

सूचना ! सूचना !! सूचना !!!

यही २०७४ असार १८ गतेजि शि का तनहुँमा अान्तरिक जिल्ला बैठक हुने भएकोले कार्यालयका सम्पुर्ण  बि नि , स्रोतब्यक्ति रकर्मचार...
30/06/2017

यही २०७४ असार १८ गते

जि शि का तनहुँमा

अान्तरिक जिल्ला बैठक हुने भएकोले

कार्यालयका सम्पुर्ण बि नि , स्रोतब्यक्ति र

कर्मचारीहरुलाई अनिवार्य उपस्थितिका लागि

अनुरोध गरिएको छ ।

Address

Tanahun
00977

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when DEO Tanahun posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to DEO Tanahun:

Share