Dhruba Raj Poudel

Dhruba Raj Poudel राष्ट्रसेवक ।

बधाई छ बिजयी खेलाडीहरूलाई ।
23/06/2021

बधाई छ बिजयी खेलाडीहरूलाई ।

अर्को थप उपलब्धि ।
21/06/2021

अर्को थप उपलब्धि ।

भानु नगरपालिका शिक्षा ऐन २०७७ राजपत्रमा प्रकाशित ।
आज मिति २०७८ जेठ १३ गते भानु नगरपालिकाले बनाएको स्थानीय शिक्षा ऐन औपचारिक रुपमा नगरपालिकाको स्थानीय राजपत्रमा प्रकाशित भएको छ । आजदेखि यो ऐन नगरपालिका क्षेत्रभित्र विधिवत कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । यो ऐन २०७७ फागुन ६ गतेको आठौं नगरसभाले पारित गरेको थियो । यसमा कतिपय प्राविधिक पक्ष तथा शुद्धाशुद्धि लगायतका भाषा सम्पादनका कुराहरु मिलाउनुपर्ने भएकोले प्रकाशनमा केही ढिलाइ भएको थियो । स्थानीय तहलाई नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरी भानु नगरपालिकाले आजदेखि यो ऐन कार्यान्वयनमा ल्याएको छ । माध्यमिक तहसम्मको शिक्षाको सञ्चालन, व्यवस्थापन तथा नियमन गर्ने लगायतका विषयमा नगरपालिकाले यसै ऐन बमोजिम निर्णय गर्नेछ भने पाठ्यक्रम निर्माण तथा कार्यान्वयन, कक्षा १० र कक्षा १२ का परीक्षाहरु तथा शिक्षकहरुको जिल्लान्तर सरुवा लगायत कतिपय विषयहरु संघीय ऐन बमोजिम नै कार्यान्वयन हुनेछन् ।
सरोकारवालाहरु बीच व्यापक छलफल गरी आवश्यक सुझाव समेत लिई बनाइएको र स्थानीय राजपत्रमा प्रकाशित उक्त ऐनमा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुखको पदनाम परिवर्तन गरी नगर शिक्षा अधिकारी नामाकरण गरिएको छ । नगर प्रमुखज्यूको अध्यक्षतामा १२ सदस्सीय भानु नगर शिक्षा समितिको गठन हुने प्रावधान छ । त्यसैगरी प्रमुख प्रशासकीय अधिकृतको अध्यक्षतामा सामुदायिक र संस्थागत विद्यालयका शिक्षकहरु रहने गरी ७ सदस्सीय आधारभूत तह उत्तीर्ण परीक्षा समिति रहने व्यवस्था गरिएको छ । त्यसैगरी चार वर्ष पुरा भएका सबै बालबालिकाहरुलाई अभिभावकहरुले अनिवार्य रुपमा विद्यालय पठाउनुपर्ने र यदि नपठाएमा नगरपालिकाबाट प्रदान गरिने सेवा सुविधाबाट समेत बञ्चित गर्न सकिने प्रावधान राखेर बालबालिकाको शिक्षामा पहुँचको सुनिश्चितता कायम गर्ने प्रयास गरिएको छ । शिक्षकको सरुवा सम्बन्धमा संघीय ऐनसँग नबाझिने गरी आफ्नो स्थानीय तहभित्र नगर शिक्षा समितिले सरुवा गर्न सक्ने र अन्तर पालिका र जिल्लान्तर सरुवा संघीय ऐन बमोजिम हुने कुरा उल्लेख गरिएको छ । त्यसैगरी सबै विद्यालयहरुमा योग्यता पुगेको शिक्षक मात्र प्रधानाध्यापक हुने व्यवस्थालाई सुनिश्चित गरिएको छ । यसमा माध्यमिक तहको प्रअ हुन माध्यमिक स्थायी र शिक्षा शास्त्र विषयमा कम्तिमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरेको शिक्षक, त्यसैगरी आधारभूत तह कक्षा ६-८ सञ्चालित विद्यालयको प्रअ हुन निमा स्थायी र शिक्षा शास्त्रमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको शिक्षक र आधारभूत तह कक्षा १-५ सञ्चालित विद्यालयमा प्रअ हुन प्रावि स्थायी र शिक्षा शास्त्रमा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको शिक्षकहरु मध्येबाट विद्यालय व्यवस्थापन समितिले नियुक्ति गर्ने प्रावधान राखिएको छ । आशा छ हामी सबैको समन्वय, सहयोग र सहकार्यमा यो ऐन प्रभावकारी रुपमा कार्यान्वयन हुनेछ र शिक्षा प्रति भानु नगरवासीको अपनत्व हुनेछ । अव निकट भविष्यमा यस ऐनमा भएको व्यवस्थालाई कार्यान्वयन गर्नका लागि स्थानीय शिक्षा नियमावली निर्माण गरिनेछ । यस ऐन निर्माणमा महत्वपूर्ण सुझाव, सल्लाह तथा मार्गदर्शन दिनुहुने भानु नगर शिक्षा समितिका पदाधिकारीज्यूहरु, प्रधानाध्यापज्यूहरु, शिक्षकका पेशागत संगठनमा आवद्ध पदाधिकारीज्यूहरु, शिक्षाविद्हरु, नगर कार्यपाालिकाका सदस्यज्यूहरु लगायत संपूर्ण महानुभावहरु प्रति भानु नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा हार्दिक धन्यवाद व्यक्त गर्दछ । यस ऐनको विस्तृत विवरण अध्ययनका लागि भानु नगरपालिकाको वेवसाइट www.bhanumun.gov.np मा लगअन गरी हेर्न सक्नुहुनेछ । जय शिक्षा जय बालबालिका ।
- नगर शिक्षा अधिकारी, भानु नगरपालिका

21/06/2021

विकासको मोडल यस्तो हुनुपर्छ ।

अनुकरणीय कामको प्रशंसा ।
21/06/2021

अनुकरणीय कामको प्रशंसा ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसले मुस्ताङमा स्वास्थ्यकर्मीले क....

Address

Tanahun

Website

Alerts

Be the first to know and let us send you an email when Dhruba Raj Poudel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Dhruba Raj Poudel:

Share

Category