01/06/2026
प्राथमिक उपचार : व्यास -१ मा डेमो सहितको अभ्यासद्वारा प्रशिक्षण
तनहुँ १६ जेठ
व्यास नगरपालिका-१ मा रहेको अकला सामुदायिक सिकाइ केन्द्रद्वारा बडा भित्र रहेका टोल अध्यक्ष,आमा समुहका अध्यक्ष र बालक्लवका अध्यक्षहरुका लागि प्राथमिक उपचार तालिम प्रदान गरिएको छ । यही जेठ १५ र १६ गते सन्चालित उक्त कार्यक्रममा जिल्ला रेडक्रस कार्यालयबाट खटिनुभएका प्रशिक्षकद्वय कृष्ण चन्द्र पाण्डे र राामदत्त पौडेलबाट कुनै दुर्घटना बाट घाइते भएका अवस्थामा, कुनै चिज अड्केमा,हृदयघात भएमा,काटेर रक्तश्राव भएमा लगायतका विषयमा कसरी प्राथमिक उपचार गर्न सकिन्छ भन्ने सम्बन्धमा डेमो सहितको अभ्यासद्वारा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
हिजो १५ गते प्रमुख अतिथि व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गर्दै यस्ता किसिमका कार्यक्रम ले हरेक व्यक्ति मा चेतना जगाइ दुर्घटना भएमा वा बिरामी भएका अवस्थामा तत्काल प्राथमिक उपचार पाउन सकेका मानिसको अकालमा ज्यान जानबाट रोक्न सकिने हुँदा निकै उपयोगी रहेकाले यस्ता कार्यक्रम का लागि नगरपालिकााको सदैव साथ रहने कुरा उल्लेख गरे ।
अाज भएको समापन कार्यक्रममा शिक्षा शाखा का अधिकृत नविन पराजुली को प्रमुख आतिथ्यता मा भएको थियो। सहभागी हरुलाइ प्रमाण पत्र समेत दिइएको थियो ।
सिकाइ केन्द्र का अध्यक्ष राम गन्धर्वको अध्यक्षतामा भएको सो कार्यक्रममा सिकाइ केन्द्र का कानुनी सदस्य डम्बर देव हडखले ले स्वागत गरेका थिए भने सन्चालन परिचारिका कल्पना हडखलेले गरेको जानकारी डम्बर देव हडखलेले दिए ।