Pancha Kanya High School, Arjunchaupari -1, Syangja

Pancha Kanya High School, Arjunchaupari -1, Syangja .२०२९ सालमा महेन्द्र प्रा.वि.पुलको मुखको शाखाको रुपमा अर्जुनचौपारीमा स्थापित यो बिद्यालय पन्चक

10/06/2026

अर्जुनचौपारी गाउँपालिकाको आयोजना, प्रदेश जनस्वास्थ्य कार्यालयको समन्वय तथा प्रदेश रोग नियन्त्रण केन्द्र पोखराको प्राविधिक सहयोगमा मिति २०८३ जेठ २८ गते बिहीबारका दिन अर्जुनचौपारी स्वास्थ्य चौकीमा छातिरोग सम्बन्धि निशुल्क शिविर सञ्चालन हुन गइरहेको हुँदा उक्त शिविरमा उपस्थित भएर सेवा लिनुहुन अनुरोध छ।

26/05/2026

गाउँघरमा जथाभाभी जाँडरक्सी बिक्री हुँदा पारिवारिक हिंसा र मानसिक समस्या बढेको भन्दै आवाज उठाइदिन धेरैजनाले हामीलाई म्यासेज गरिरहनुभएको छ। मदिराकै कारण एउटा परिवारले दैनिक कस्तो मानसिक नरक भोग्नुपर्छ, त्यो पीडित परिवारलाई मात्र थाहा हुन्छ।

मदिरा बेचेर कसैको गोजीमा केही रुपैयाँ त थपिएला, तर त्यसले समाज र परिवारमा पुर्‍याउने क्षतिको कुनै हिसाब हुँदैन। व्यापार गरौँ, तर सामाजिक उत्तरदायित्व नभुलौँ। एउटा असल र मर्यादित समाज निर्माणका लागि हामी सबैले सहकार्य गर्नैपर्छ।

पिउनेले नखाए त बेच्नेले बेच्दैथेन नि भन्ने ओठे जवाफ फर्काएर यो गम्भीर विषयलाई हल्का नबनाइदिनुहोला। धन्यवाद




Could you answer!!
26/05/2026

Could you answer!!

??
26/05/2026

??

अर्जुनचौपारी–१ स्थित पञ्चकन्या माविमा विद्युत् चोरी भएको विषय सार्वजनिक भएपछि स्थानीय स्तरमा चर्को चर्चा सुरु भएको छ।विद्यार्थीलाई नैतिकता र अनुशासन सिकाउने विद्यालयमै पटक–पटक यस्तो घटना हुनु दुःखद भएको भन्दै विद्यालय प्रशासनमाथि गम्भीर प्रश्न उठेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार मिटरमा छेडछाड गरी विद्युत् चोरी गरिएको भेटिएको हो।

अब यस घटनाको जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठेको छ। जरिवाना र क्षतिको भार तत्कालीन प्रधानाध्यापक, लेखापाल, विद्यालय प्रशासन वा विद्यालय व्यवस्थापन समितिमध्ये कसले वहन गर्ने ? स्थानीयले निष्पक्ष छानबिन गरी वास्तविक दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्।

23/05/2026
17/05/2026

सरकारी स्कुलको ऐतिहासिक सफलता: चितवनको नारायणी नमुना माविका ३७ विद्यार्थीले ल्याए ४.० जीपीए !

✅ कुल परीक्षार्थी: ३८० जना
✅ ४.० जीपीए प्राप्त गर्ने: ३७ जना (गत वर्ष ७ जना मात्र थिए)
✅ ३.६ देखि ४.० जीपीए सम्म: २१६ जना
✅ ३.२ देखि ३.६ जीपीए सम्म: १०२ जना
✅ २.८ देखि ३.२ जीपीए सम्म: २१ जना
✅ २.४ देखि २.८ जीपीए सम्म: ३ जना

निजी विद्यालयको महँगो शुल्कलाई चुनौती दिँदै सरकारी विद्यालयबाटै यसरी सामूहिक रूपमा सर्वोत्कृष्ट नतिजा आउनुले सामुदायिक शिक्षाको स्तर उकासिएको प्रमाणित गरेको छ। ३८० जना मध्ये मात्र १ जना विद्यार्थी नन-ग्रेड (सामाजिक विषयमा) परेका छन्।

Address

Arjunchaupari/1
Syangja

Opening Hours

Monday 09:00 - 14:00
Tuesday 09:00 - 14:00
Wednesday 09:00 - 14:00
Thursday 09:00 - 14:00
Friday 09:00 - 14:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Pancha Kanya High School, Arjunchaupari -1, Syangja posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category