Simta Gaupalika

Simta Gaupalika सिम्ता गाउँपालीका-राकम,सुर्खेत
(1)

सिम्ता गाउँपालिका वडा न ५ मा भुमिहिन दलित र भुमिहिन सुकुम्बासीहरुलाई निस्शा वितरण गरिएको छ। गाउँपालिका अध्यक्ष ऐन बहादुर...
21/08/2026

सिम्ता गाउँपालिका वडा न ५ मा भुमिहिन दलित र भुमिहिन सुकुम्बासीहरुलाई निस्शा वितरण गरिएको छ। गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्द,वडा अध्यक्ष मोहनकुमार चन्द ,निमित्त प्रमुख प्रशासकीय टोप बहादुर राना,विभिन्न राजनीतिक दलका प्रतिनिधि र वडा सदस्यहरुको उपस्थितिमा जम्मा १५ जनालाई निस्शा वितरण गरिएको छ।

https://suchanamarg.com/?p=1630
18/08/2026

https://suchanamarg.com/?p=1630

सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गासम्ब.....

सिम्ता गाउँपालिका सुर्खेतको भुमिहिन दलित ,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी सहजीकरण समितिको संयोजक श्री ऐन बहादुर ...
18/08/2026

सिम्ता गाउँपालिका सुर्खेतको भुमिहिन दलित ,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी सहजीकरण समितिको संयोजक श्री ऐन बहादुर चन्दको अध्यक्षतामा बैठक सम्पन्न भएको छ। बैठकले पहिलो चरणमा वडा न २,३,४ र ५ मा ३८ जना भुमिहिन दलित र भुमिहिन सुकुम्बासीलाई निस्शा वितरण गर्ने निर्णय गरेको छ।यहि भाद्र ०५ गते वडा ५ मा ,भाद्र ०९ गते वडा न २,३ र ४ मा वितरण गर्ने कार्यक्रम रहेको छ। साथै अन्य वडा कार्यालयहरुलाई अपुग कागजात सहित भाद्र १५ गते भित्र गाउँपालिकामा विवरण पठाउन आह्वान गरेको छ भने छुटेका लगत संकलन भाद्र मसान्तसम्म गर्ने निर्णय गरेको छ।

लाभग्राही सुचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धि सूचना !
14/08/2026

लाभग्राही सुचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धि सूचना !

सिम्ता गाउँपालिका सुर्खेतको पालिका स्तरीय स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समीक्षा गोष्ठी गाउँपालिका अध्यक्ष ऐन बहादुर च...
13/08/2026

सिम्ता गाउँपालिका सुर्खेतको पालिका स्तरीय स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समीक्षा गोष्ठी गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दको अध्यक्षता र उपाध्यक्ष गोमा शर्मा (रेग्मी) ,प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्माको आतिथ्यतामा यहि श्रावण २७ र २८ गते सम्पन्न भएको छ।

छुट सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धि सूचना !
12/08/2026

छुट सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धि सूचना !

सिम्ता गाउँपालिका सुर्खेतको आ.ब. २०८२/०८३ को  वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ।
11/08/2026

सिम्ता गाउँपालिका सुर्खेतको आ.ब. २०८२/०८३ को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ।

हेल्भेटास नेपालको सहयोग, काठमाडौं विश्वविद्यालयको प्राविधिक सहकार्य तथा सिम्ता गाउँपालिकाको समन्वयमा सुशासन प्रवर्द्धनका...
08/08/2026

हेल्भेटास नेपालको सहयोग, काठमाडौं विश्वविद्यालयको प्राविधिक सहकार्य तथा सिम्ता गाउँपालिकाको समन्वयमा सुशासन प्रवर्द्धनका लागि युवा (वाईजीजीपी) सुर्खेतद्वारा सञ्चालित ‘हाम्रो शहर’ परियोजना अन्तर्गत सिम्ता गाउँपालिका वडा नं. ५ र ६ मा विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन्।
यसै क्रममा सिम्ता गाउँपालिका–६, जामुने बजारमा ७ दिने व्यवसाय उत्प्रेरणा तालिम सम्पन्न भएको छ। तालिममा १७ जना महिला र ३ जना पुरुष गरी जम्मा २० जना सहभागी रहेका थिए।
समापन कार्यक्रममा सिम्ता गाउँपालिका वडा नं. ६ का अध्यक्ष गुलाब सिंह ठकुरीको प्रमुख आतिथ्यता तथा सुशासन प्रवर्द्धनका लागि युवा (वाईजीजीपी) का कार्यकारी निर्देशक घनश्याम केसीको अध्यक्षतामा सम्पन्न भएको हो।
तालिमले स्थानीय स्रोत–साधनमा आधारित व्यवसाय प्रवर्द्धन, उद्यमशील सोचको विकास तथा युवाहरूलाई स्वरोजगार र आत्मनिर्भर बन्न आवश्यक ज्ञान तथा सीप प्रदान गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

सुर्खेत सिम्ता गाँउपालिका र सल्यान बनगाड कुपिण्डे नगरपालिकाको सुख्खा ग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारबाट गठित कार्य...
07/08/2026

सुर्खेत सिम्ता गाँउपालिका र सल्यान बनगाड कुपिण्डे नगरपालिकाको सुख्खा ग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारबाट गठित कार्यदलले आज प्रभावित क्षेत्रको अनुगमन गरिरहेकाे छ । अनुगमनमा सल्यान प्रदेश सभा सदस्य भिम प्रकाश शर्मा सहितको गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्द, गठित कार्यदल टाेलि प्रमुख चित्र बहादुर रोकाय लगाएतको टोलि रहेको छ । कार्यदलले अल्पकालीन ,मध्यकालीन र दीर्घकालीन समस्या समाधानको बारेमा सुझाव संकलन गरेको छ।दुबै स्थानीय तहलाई सुखा संकट क्षेत्र घोषणा गर्ने तयारी स्थानीय सरकारको रहेको छ।

Address

Rakam
Surkhet
21700

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Simta Gaupalika posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Simta Gaupalika:

Shortcuts

Share