6. स्थानीय तह, गैर सरकारी संघ संस्था एवं सरोकारवाला पक्ष वा निकायहरु संगको समन्वय तथा सहकार्यमा सरसफाइ अभियानका कार्यक्रमहरु संचालन गर्ने ।
7. निजी तथा सार्वजनिक जग्गाहरु लिजमा लिई कृषि तथा अन्य उद्यम ब्यवसायहरु सहकारी प्रणालीमा संचालन गर्ने ।
8. संस्थाको आफ्नो तथा समुदायबाट स्थानीय स्तरमा उत्पादन भएका सामाग्री तथा उपजको समुचित विक्री वितरणको लागि सहकारी प्रणालीमा विक्री गृह वा कक्षहरु संचालन गर्न
े ।
9. आन्तरिक तथा बाह्य श्रोत, साधन परिचालन गरी सदस्य, आबद्ध जनशक्ती तथा समुदायका मानिसहरुको लागि सामुदायिक स्वास्थ्य एवं सरसफाई, वातावरण संरक्षण संम्बर्द्धन सम्बन्धी सचेतना, सशक्तीकरण, सहकारी शिक्षा, अबलोकन भ्रमण, ब्यवसायीक तालिम लगायत क्षमता विकासका कार्यक्रम, क्रियाकलापहरु संचालन गर्ने ।
10. कुलत, अन्धविश्वास, लैङ्गिक, जातीय र संस्कारजन्य विभेदहरु अन्त्य गरी समानताको भावना अभिबृद्धि गर्न आवश्यक चेतनामूलक कार्यक्रमहरु संचालन गर्ने ।
11. निजी वा सार्वजनिक वा सामुदायिक वा धार्मीक वन समुह संग नियमानुसार सम्झौता गरी लिज वा उचित प्रवन्धमा घांस खेती, जडीबुटी खेती, दुध उत्पादन तथा डेरी उद्योग लगायत पशु जन्य आहारा उद्योग संचालनको कार्य गर्ने ।
12. प्रचलित कानून अनुसार नेपाल सरकार वा प्रदेश सरकार वा स्थानीय तह संग सम्झौता वा लिज वा अन्य ब्यवस्थापन करार रुपमा सार्वजनिक पार्क तथा उद्यानहरु संचालन तथा ब्यवस्थापन गर्ने ।
13. सेवा भाव सहित सहुलीयत भोजन गृहहरु संचालन तथा ब्यवस्थापन गर्ने ।
14. सेवा भाव सहित सहुलियत दरमा सुबिधायुक्त रात्रीकालिन बिश्राम गृह वा धर्मशालाहरु संचालन तथा ब्यवस्थापन गर्ने ।
15. सहकारी प्रणालीमा सूपथ मूल्य पसलहरु संचालन गर्ने ।
16. अक्षय कोष स्थापनार्थ धार्मिक यज्ञ, महायज्ञ एवं मानव आरोग्य केन्द्र तथा अभियानहरु संचालन गर्ने ।
17. गौशाला रहने क्षेत्र भित्र कम लागत तर नौलो वा सिर्जनात्मक डिजाइनको गौमाता सहितको मन्दीर बनाइ पुजा संचालन गर्ने ।
18. गौशालामा सशुल्क तथा निशुल्क गौदान तथा ध्यान केन्द्र सेवा संचालन गर्ने ।
19. गौशालामा नियमित पूजा पाठ प्रवचन कार्यक्रम संचालन गरी नमूना गौशाला बनाइ हिन्दु धर्मावलम्वीहरुको लागि पवित्र तिर्थ स्थलको रुपमा बिकास गर्ने ।
20. मानव सेवा आश्रम संग सहकार्य तथा समन्वय गरी गौशाला संगै मानव सेवा आश्रम संचालन गरी गौशाला सेवामा संलग्न गराउने।
21. गौशाला आजीवन सदस्य बनाउने अभियान संचालन गर्ने ।
22. सामाजिक सेवाका आलेख तथा लेख एवं दाताहरुको संक्षिप्त बिवरण सहित बिज्ञापनदाताहरुको लगानीमा गौशालाबाट बार्षिक रुपमा गुणस्तरिय स्मारिका एवं क्यालेण्डर प्रकाशन गरी बिक्री बितरण गर्ने।
23. दुर्वेशनका कारण सुधार गृहमा सुधारको क्रममा रहेका तथा अन्य स्वयं सेवा गर्न चाहने ईच्छुक व्यक्तिहरुलाई गौशाला सेवकको रुपमा परिचालन गर्ने ।
24. धार्मिक एवं ध्यान साधनाको लागि पवित्र तिर्थ स्थलको रुपमा गौशालाको विकास गर्दै ध्यान कक्षहरु संचालन र यस विषयमा व्यापक प्रचार प्रसार गर्ने ।
25. प्रत्येक मन्दिर एवं देवालयलाइ गौशालाको रुपमा बिकास गर्न पहल गर्ने ।
26. बैंक, बित्तीय संस्था, कम्पनी, संघ लगायतको निजी क्षेत्रले सामाजिक उत्तरदायित्व बहन (CSR: Corporate Social Responsibility) गर्नको लागि उनीहरुसंग भएको श्रोत साधनलाइ छाडा पशु तथा सरसफाइ ब्यवस्थापनको क्षेत्रमा परिचालन गर्न समन्वय एवं सहकार्यको भूमिका निर्वाह गर्ने ।
27. गौशाला रहेको वन क्षेत्रमा जङ्गल सफारी पर्यटन, ध्यान साधना स्थल, चेक ड्यम पोखरी (मुलयुक्त तथा कृतिम) संचालनको लागि समन्वय सहकार्य गर्ने ।
28. शहरको फोहर व्यवस्थापनमा नमुना कार्य गरी अन्यत्र क्षेत्रको लागि श‐शुल्क भ्रमण स्थल एवं क्षेत्रको रुपमा विकास गर्ने ।
29. स्थानीय तह, संघ एवं प्रदेश सरकार तथा सरकारी निकाय, गैर सरकारी संघ संस्था संग सहयोग तथा साझेदारीको लागि प्रस्तावहरु पेश गर्ने ।
30. ग्यांस प्लान्ट लगायतको भौतिक पूर्वाधार निर्माण तथा ब्यवसायिक बिकासको लागि सम्बन्धित संघ संस्थाहरुबाट प्राविधिक, आर्थिक एवं ऋण सहयोग लिने ।
31. उपयुक्त स्थानमा सहकारी संस्थाको नाममा आवश्यक जग्गा खरिद गरी गौशाला तथा सरसफाइ सम्वन्धी ब्यवसायीक तथा व्यावस्थापकिय कार्य गर्ने ।
32. गाई गोरु वृद्ध भई घरमा पाल्न नसकेका पशु मालिकहरुको लागि सशुल्क गौशालामा पाल्नेन सेवा प्रदान गर्ने ।
33. स्थानीय तहसँगको समन्वयमा सवै गाई गोरुहरुलाई ट्याग लगाई ट्याग नं अनुसार पशु मालिक पहिचान हुने अभिलेख (कम्प्युटर सफ्टवेयर मार्फत) राखी वेवारिसे वाहेकका छाडा गाई गोरु वापत मालिकबाट जरिवाना लिने प्रणाली विकास गरी छाडा गाई गोरुहरुको समस्या समाधान गर्न अभियान संचालन गर्ने ।
34. मालिक नभएका वेवारिसे प्रति गाई गोरुको लागि निश्चित दरमा सम्बन्धित स्थानीय तहसँग शुल्क लिई गौशालामा संरक्षण, पालन पोषण गर्ने व्यवस्था मिलाउने ।
35. संभाबित अन्य स्थानमा गौशालाको शाखाहरु संचालन गर्ने ।
36. उल्लिखित कार्य वा कारोबारहरु गर्दा प्रचलित कानून बमोजिम सम्बन्धित निकायहरुको स्वीकृति लिनु पर्ने भएमा सो लिने ।
37. सामाज कल्याण लगायतका कानून बमोजिम अन्य कार्यहरु गर्ने ।