15/05/2025
जब मान्छेले पुर्वाग्रह राखेर बोल्न थाल्छ, उस्लाइ जति सम्झाए पनि सम्झिदैन, सम्झाएर बुझाएर फाइदै छैन। NEA को MD फेरिए, जसलाइ ६ महिनामै बिना कारण हटाएर दोस्रो कार्यकाल खान आउदा बोल्दैनन! दोस्रो कालको ४ महिना मात्र बाकी हुँदा उनलाइ पुनः नियुक्ती गर्दा चै आकाशै खसेझै गर्छन। एउटाको पालामा जति बत्ती गए पनि चु बोल्दैनन्, अर्कोको पालामा जादा सालो केटोको पगरी लाइदिदै जथाभाबी लेख्छन, कारण भने एउटै हुन्छ प्राविधिक । अध्ययन अनुसन्धान गर्दा पहिलाकै वेला वढी समय र पटक बत्ती गएको हुन्छ तर त्यो समाचार बन्दैन। ३ वर्ष मात्र अघिको तिहारको दिपावलीकै दिन साझ ४/५ घन्टा नै लोकन्थली कौसलटार पुरै अन्धकार थियो तर समाचार बनेन। आज अत्यधिक लोड हुँदा ढल्केवर 400kV लाइनमा आएको समस्याले एक घन्टा जति अवरुद्ध भयो। MD तुरुन्तै LDC गएर आफै खटिएर लाइन सुचारु गराउनु भो। अनि उल्टो उहाँ कमिशन खोर ? यस्तोमा झोले र बिबेक गुमाउने को? थाह छ, यस्मा मज्जैले गाली आउने छ, पढ्न नसकिने खालका समेत। त्यस्तालाइ सद्बुद्धि आओस् ।
मदन तिम्सिना