जगदुल्ला गाँउपालिका, डोल्पा

  • Home
  • Nepal
  • Surkhet
  • जगदुल्ला गाँउपालिका, डोल्पा

जगदुल्ला गाँउपालिका, डोल्पा स्थानीय सरकार जगदुल्ला गाउँपालिका डोल्पाको आधिकारीक फेसबुक पेज

जगदुल्ला गाउँपालिका कर्णाली प्रदेशको कर्णाली अञ्चलको डोल्पा जिल्लाको ६ वटा गाउँपालिका र २ वटा नगरपालिका मध्ये एक गाउँपालिका हो । यस गाउँपालिका अन्तर्गत साविकको काईगाउँ र रिमि गाविसहरु पर्दछन् । यस गाउँपालिकालाई हाल ६ वटा वडामा विभाजन गरिएको छ जस मध्ये काईगाउँलाई तिन(१,२,३) र रिमिलाई तिन(४,५,६) भागमा विभाजन गरिएको छ । यस गाउँपालिकाको गाउँकार्यपालिकाको कार्यालय माझगाउँमा रहेको छ ।

गणतन्त्र दिवस २०८३ को हार्दिक शुभकामना!
29/05/2026

गणतन्त्र दिवस २०८३ को हार्दिक शुभकामना!

19/05/2026

जगदुल्ला गाउँपालिका कर्णाली प्रदेशमै कम बेरुजु हुने स्थानीय तहहरूमध्ये तेस्रो, डोल्पा जिल्लामा पहिलो

महालेखा परीक्षकको कार्यालयबाट सार्वजनिक आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण प्रतिवेदनअनुसार जगदुल्ला गाउँपालिका कर्णाली प्रदेशमा कम बेरुजु हुने स्थानीय तहहरूमध्ये तेस्रो स्थान र डोल्पा जिल्लाका स्थानीय तहहरूमध्ये पहिलो स्थानमा पर्न सफल भएको छ।

प्रतिवेदनअनुसार यस गाउँपालिकाको बेरुजु रकम रु. २२ लाख ७१ हजार अर्थात् ०.३६ प्रतिशत मात्र रहेको छ। बजेट निर्माण तथा कार्यान्वयनमा वित्तीय अनुशासन, नीति–नियम तथा कार्यविधिको पालना, प्रभावकारी आन्तरिक लेखापरीक्षण, शाखागत समन्वय र पारदर्शी कार्यसम्पादनका कारण यो उपलब्धि हासिल भएको हो।

गाउँपालिकाले हाल देखिएको बेरुजुलाई समेत क्रमशः फर्छ्यौट गरी बेरुजु शून्य पालिका बनाउने लक्ष्यसहित कार्य गरिरहेको छ। यस उपलब्धिमा योगदान पुर्‍याउनुहुने जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला निकाय तथा सम्पूर्ण गाउँपालिकावासीप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

पारदर्शी, जवाफदेही र सुशासनयुक्त स्थानीय सरकार निर्माणमा जगदुल्ला गाउँपालिका निरन्तर प्रतिबद्ध छ।

#जगदुल्ला_गाउँपालिका
#सुशासन
#आर्थिक_पारदर्शिता
#बेरुजु_न्यूनीकरण

14/05/2026

जगदुल्ला गाउँपालिकाबाट डिजिटल सेवातर्फ ऐतिहासिक सुरुवात 🙌

केन्द्रीय नागरिकता सूचना व्यवस्थापन प्रणाली (CCIMS) मार्फत पहिलो पटक वडा नं. ३, थापागाउँ निवासी मेगनाथ थापा लाई अनलाइनबाट नागरिकता प्रमाणपत्रको सिफारिस हस्तान्तरण गरी जिल्ला प्रशासन कार्यालय दुनैबाट नागरिकता प्रमाणपत्र सहायक प्रमुख जिल्ला अधिकारी ज्यूबाट प्रदान गरिएको छ।

अब सेवा थप छिटो, सहज र पारदर्शी हुने विश्वास लिएका छौं।

प्रस्ताव आव्हानको सूचना
29/04/2026

प्रस्ताव आव्हानको सूचना

सुचना
22/04/2026

सुचना

एम्बुलेन्स सवारी चालकको विज्ञापन
20/04/2026

एम्बुलेन्स सवारी चालकको विज्ञापन

नयाँ वर्ष २०८३ सालको हार्दिक मंगलमय शुभकामना
13/04/2026

नयाँ वर्ष २०८३ सालको हार्दिक मंगलमय शुभकामना

रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धमा|
01/04/2026

रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धमा|

जगदुल्ला गाउँपालिका अन्तरगत महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले बाल मैत्री स्थानीय शासन रणनीति कार्यक्रम सम्पन्न गरे...
19/03/2026

जगदुल्ला गाउँपालिका अन्तरगत महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले बाल मैत्री स्थानीय शासन रणनीति कार्यक्रम सम्पन्न गरेको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा, जगदुल्ला गाउँपालिका, डोल्पाको आयोजनामा पालिका स्तरीय बालक्लबसँग छलफल कार्यक्रम...
18/03/2026

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा, जगदुल्ला गाउँपालिका, डोल्पाको आयोजनामा पालिका स्तरीय बालक्लबसँग छलफल कार्यक्रम सम्पन्न|

Address

Majhgaun
Surkhet
21400

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Sunday 09:00 - 18:00

Telephone

+9779861941830

Alerts

Be the first to know and let us send you an email when जगदुल्ला गाँउपालिका, डोल्पा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to जगदुल्ला गाँउपालिका, डोल्पा:

Share