PVP Karnali Province

PVP Karnali Province PVP nepal Karnali Provence Official page

दुल्लु-दैलेखमा सामाजिक सम्पर्कमा नगर सचिव !
16/02/2026

दुल्लु-दैलेखमा सामाजिक सम्पर्कमा नगर सचिव !

नारायण नगर - दैलेखमा विद्यार्थीहरू संग सामाजिक विषयमा चर्चा एवं प्राज्ञिक चिन्तन !
16/02/2026

नारायण नगर - दैलेखमा विद्यार्थीहरू संग सामाजिक विषयमा चर्चा एवं प्राज्ञिक चिन्तन !

 #प्राज्ञिक_भवन_निर्माणका_लागि_निधिसंग्रह_अभियानसनातन दर्शनलाई आफ्नो वैचारिक अधिष्ठानका रूपमा आत्मसात गर्दै ज्ञान, शील र...
30/01/2026

#प्राज्ञिक_भवन_निर्माणका_लागि_निधिसंग्रह_अभियान

सनातन दर्शनलाई आफ्नो वैचारिक अधिष्ठानका रूपमा आत्मसात गर्दै ज्ञान, शील र एकताको आदर्शलाई व्यवहारमा उतार्दै राष्ट्र सर्वोपरिको भावनासहित निरन्तर राष्ट्रनिर्माणमा क्रियाशील प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले आफ्नो ३० वर्षे गौरवपूर्ण राष्ट्रिय यात्रालाई सफलतापूर्वक अघि बढाइरहेको छ। विद्यार्थी, शिक्षक र शिक्षाविद्हरूलाई एउटै शैक्षिक परिवारको रूपमा संगठित गर्दै देशका ७७ वटै जिल्लामा संगठन विस्तार, विश्वविद्यालय तथा शिक्षाक्षेत्रमा नैतिक, योग शिक्षाको अनिवार्यता, शैक्षिक सुधारका रचनात्मक पहल, युवावर्गलाई राष्ट्रिय दृष्टिकोण, सकारात्मक सोच र जिम्मेवार नेतृत्व प्रदान गर्ने कार्यमा परिषद् निरन्तर समर्पित रहँदै आएको छ।

सेवा, सिप, अध्ययन, अनुसन्धान, मिडिया, इञ्जिनियरिङ, मेडिकल, कृषि, कानून लगायत विविध क्षेत्रमा सञ्चालन गरिएका आयाम कार्यहरू तथा राष्ट्रका लागि जीवन समर्पण गर्ने दर्जनौँ पूर्णकालिक कार्यकर्ताको निर्माण परिषद्‌को ऐतिहासिक उपलब्धिका रूपमा स्थापित छन्। यसरी विगत तीन दशकदेखि निरन्तर विस्तार, प्रभाव र जिम्मेवारी बढ्दै गएको सन्दर्भमा परिषद्‌का गतिविधिलाई थप व्यवस्थित, प्रभावकारी, स्थायी र परिणाममुखी बनाउने उद्देश्यसहित एक स्थायी केन्द्रीय संरचना ‘प्राज्ञिक भवन’ निर्माण गर्ने महत्वपूर्ण योजनासहित विद्यार्थी परिषद् अगाडि बढेको छ ।
युवा विकास केन्द्रमार्फत् युवाको सर्वाङ्गीण विकासका कार्यक्रम सञ्चालन गर्दै विभिन्न सिपमूलक प्रशिक्षण, स्वाध्ययन मण्डल तथा छात्रवृत्ति कोष सञ्चालन गरिनेछ । निःशुल्क कम्प्युटर तालिम र विशेष तयारी कक्षा, बालसंस्कार कार्यक्रम, जीवनोपयोगी सिपमा आधारित व्यक्तित्व तथा नेतृत्व विकास प्रशिक्षण नियमित रूपमा सञ्चालन गरिनेछ । साथै पुस्तकालय स्थापना, रक्तदान, वृक्षारोपण, सरसफाइ, स्वास्थ्य शिविरजस्ता सेवामूलक गतिविधि, विविध विषयमा सेमिनार, गोष्ठी र कार्यशाला तथा जागरण अभियान सञ्चालन गरिनेछ । स्थानीय निकाय र केन्द्र सरकारलाई ठोस नीतिगत सुझाव प्रदान गर्नुका साथै प्राकृतिक प्रकोपका समयमा स्वयंसेवक परिचालन, उद्धार तथा राहत वितरण, विद्यार्थीहरूका लागि शैक्षिक सामग्री वितरण र प्रतिभा सम्मान कार्यक्रमसमेत प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ ।

परिषद्‌द्वारा युवा विकास केन्द्रमार्फत् युवाको सर्वाङ्गीण विकासका कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । यसअन्तर्गत विभिन्न सिपमूलक प्रशिक्षण, स्वाध्ययन मण्डल तथा छात्रवृत्ति कोष सञ्चालन भइरहेका छन् । निःशुल्क कम्प्युटर तालिम र विशेष तयारी कक्षा, बालसंस्कार कार्यक्रम, जीवनोपयोगी सिपमा आधारित व्यक्तित्व तथा नेतृत्व विकास प्रशिक्षण नियमित रूपमा सञ्चालन भइरहेका छन् । साथै पुस्तकालय स्थापना, रक्तदान, वृक्षारोपण, सरसफाइ, स्वास्थ्य शिविरजस्ता सेवामूलक गतिविधि, विविध विषयमा सेमिनार, गोष्ठी र कार्यशाला तथा जागरण अभियान सञ्चालन भइरहेका छन् । स्थानीय निकाय र केन्द्र सरकारलाई ठोस नीतिगत सुझाव प्रदान गर्ने कार्य भइरहेका छन् भने प्राकृतिक प्रकोपका समयमा स्वयंसेवक परिचालन, उद्धार तथा राहत वितरण, विद्यार्थीहरूका लागि शैक्षिक सामग्री वितरण र प्रतिभा सम्मान कार्यक्रमसमेत प्रभावकारी रूपमा सञ्चालन भइरहेका छन् ।

#प्राज्ञिक_भवन
‘प्राज्ञिक भवन’ केवल एउटा संरचना मात्र नभई लाखौँ विद्यार्थी, युवा र कार्यकर्ताका लागि संस्कार, सिप र सेवाको केन्द्र, विचार, अध्ययन र अनुसन्धानको बौद्धिक थलो बन्नेछ साथै विद्यार्थी समस्या समाधान र सर्वाङ्गीण विकासको स्थायी आधारको रूपमा विकसित हुनेछ। प्राज्ञिक भवनमा विशेष गरेर स्वाध्ययन मण्डल (Study Circle), सभा कक्ष (Seminar Hall), सिप विकास केन्द्र, पुस्तकालय तथा अध्ययन कक्ष, पत्रकारिता अभ्यास कक्ष, बैठक कक्ष, लोकसेवा, शिक्षक सेवा तथा सेवा आयोग तयारी कक्षा आदि सुविधा रहनेछन् |

यो भवव परिषद्को यो ३० वर्षे यात्रामा जोडिएका पूर्व कार्यकर्ता, शु्भाचिन्तक, सहयोगी एवं समग्र समाज तथा आम विद्यार्थीको सहयो, सेवा र समर्पणद्वारा सम्पन्न हुनेछ । जसका लागि परिषद बृहत निधिसंग्रह योजना सहित अगाडि बढिरहेको छ । यो राष्ट्रिय एवं पुण्य कार्य समग्र समाजको पूर्ण सहभागिता र सहयोगबाट मात्र सम्भव छ । तपाईँको सानो समर्पणले लाखौँ युवा–विद्यार्थीको भविष्य निर्माण र राष्ट्र पुनर्निर्माणको बलियो आधार तयार हुनेछ। तसर्थ आउनुहोस्, ‘प्राज्ञिक भवन निर्माण महाअभियान’ मा सहभागी बनौँ।

विद्यार्थी शक्ति = राष्ट्र शक्ति
नेपाल आमाको जय 🇳🇵

वीरेन्द्रनगर सुर्खेत,  प्राज्ञिक विद्यार्थी परिषद् नेपाल वीरेन्द्रनगर एकाइको आयोजनामा बसन्त पञ्चमी एवं माघ शुक्ल पञ्चमीक...
23/01/2026

वीरेन्द्रनगर सुर्खेत,
प्राज्ञिक विद्यार्थी परिषद् नेपाल वीरेन्द्रनगर एकाइको आयोजनामा बसन्त पञ्चमी एवं माघ शुक्ल पञ्चमीको अवसरमा सरस्वती पूजन एवं प्रतिभा प्रस्फुटन कार्यक्रम सुसम्पन्न भएको छ।

परिषद्को राष्ट्रिय कार्यक्रम "राष्ट्रिय एकता दिवसको' अवसरमा 'पृथ्वी सम्बोधन एवं दिप प्रज्वलन कार्यक्रम" वीरेन्द्रनगर र क...
12/01/2026

परिषद्को राष्ट्रिय कार्यक्रम "राष्ट्रिय एकता दिवसको' अवसरमा 'पृथ्वी सम्बोधन एवं दिप प्रज्वलन कार्यक्रम" वीरेन्द्रनगर र कोहलपुरमासुसम्पन्न !

30/12/2025

#मेरो_देश_मेरो_जिम्मेवारी

Address

Surkhet

Telephone

+9779868743336

Website

Alerts

Be the first to know and let us send you an email when PVP Karnali Province posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to PVP Karnali Province:

Share

Category