चौदण्डीगढी ५ न. वडा कार्यालय सुन्दरपुर

  • Home
  • Nepal
  • Sundarpur
  • चौदण्डीगढी ५ न. वडा कार्यालय सुन्दरपुर

चौदण्डीगढी ५ न. वडा कार्यालय सुन्दरपुर Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from चौदण्डीगढी ५ न. वडा कार्यालय सुन्दरपुर, Government Organization, Sundarpur.

आधिकारिक र सूचनामूलक (Official & Informative)
🏛️ चौदण्डीगढी नं.पा. ५ वडाको आधिकारिक फेसबुक पेज
📢 वडाका सूचना, गतिविधि, विकास निर्माण र सेवा सम्बन्धी जानकारीका लागि जोडिनुहोस्
🌱 सुन्दर, शान्त र समृद्ध वडा हाम्रो परिकल्पना
📍 उदयपुर, कोशी प्रदेश, नेपाल

मिति २०८३/०५/१५ गते चौदण्डीगढी नगरपालिका वडा नं. ५ को कार्यालय सुन्दरपुरमा वडा अध्यक्ष श्री तुलसीराम ढकालज्यूको अध्यक्षत...
31/08/2026

मिति २०८३/०५/१५ गते चौदण्डीगढी नगरपालिका वडा नं. ५ को कार्यालय सुन्दरपुरमा वडा अध्यक्ष श्री तुलसीराम ढकालज्यूको अध्यक्षतामा वडाको सीमा हेरफेर सम्बन्धमा राय, सल्लाह, सुझावको लागि बैठक बसी सर्वदलीय बैठकबाट हालको सीमा हेरफेर नगर्ने भनी निर्णयसहित बैठक सम्पन्न भयो।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको यस अघि सञ्चालनमा रहेको टोल फ्रि नम्बर परिवर्तन भई 1147 भएको व्यहोरा सबैमा जानका...
21/08/2026

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको यस अघि सञ्चालनमा रहेको टोल फ्रि नम्बर परिवर्तन भई 1147 भएको व्यहोरा सबैमा जानकारीको लागि अनुरोध छ।

21/08/2026

सामाजिक सुरक्षा भत्ता नवीकरणसम्बन्धी सूचना
वडावासी सामाजिक सुरक्षा लाभग्राहीहरूमा विनम्र अनुरोध।
यस वडा भित्र नै बसोबास गरिरहनुभएका सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरूले आफ्नै वडा कार्यालयमा गई तथा विविध कारणले वडा बाहिर बसोबास गरिरहनुभएका लाभग्राहीहरूले आफूलाई पायक पर्ने नजिकको वडा कार्यालयमा गई सामाजिक सुरक्षा भत्ता नवीकरण गराउनुहुन हार्दिक अनुरोध गर्दछौँ।
सामाजिक सुरक्षा भत्ता नवीकरण गर्ने अन्तिम मिति २०८३ साल असोज मसान्तसम्म रहेको हुँदा तोकिएको समयभित्रै नवीकरण गराउनुहुन सम्बन्धित सम्पूर्ण लाभग्राहीहरूमा विनम्र अनुरोध छ।
आवश्यक कागजातहरू
नवीकरणका लागि निम्न कागजातहरू अनिवार्य रूपमा साथमा ल्याउनुहुन अनुरोध छः
लाभग्राही परिचयपत्र
नेपाली नागरिकताको प्रमाणपत्र
राष्ट्रिय परिचयपत्र
बालबालिकाको हकमा: लाभग्राही परिचयपत्र र जन्मदर्ता प्रमाणपत्र
ज्येष्ठ नागरिक ९० बर्ष माथीको हकमा: लाभग्राही परिचयपत्र र नागरिकताको प्रमाणपत्र
अपाङ्गता भएका लाभग्राहीको हकमा: लाभग्राही परिचयपत्र तथा अपाङ्गता परिचयपत्र
समयमै नवीकरण गरी सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने प्रक्रियामा सहजीकरण गरिदिनुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौँ।
धन्यवाद।

चौदण्डीगढी नगरपालिका वडा न ५ का भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोवासीहरूको हकमा दर्ता भएको निवेदन अनुसार देहाय बमोजिम...
18/08/2026

चौदण्डीगढी नगरपालिका वडा न ५ का भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोवासीहरूको हकमा दर्ता भएको निवेदन अनुसार देहाय बमोजिमका टोलहरूका सम्बन्धित व्यक्तिको नामावली सहित यो सूचना प्रकाशित गरिएको छ।

यस विषयमा कुनै दाबी विरोध वा सच्याउनु पर्ने भए सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवश्यक प्रमाण सहित निवेदन पेश गर्नहुन अनुरोध छ।

सम्बन्धित टोलहरू:
१. सिवाइ चोक टोल (Siwai Chowk tol)
२. टोकनी टोल (Tokni tol)
३. रामजानकी शिवालय टोल (Ramjanaki sewalaya tol)
४. गढिगाछ टोल (Gadhigach tol)
५. त्रियुगा टोल (Triyuga tol)

कृषकहरूका लागि ५०% अनुदानमा कृषि सामग्री!चौदण्डीगढी नगरपालिकाले सिँचाई मोटर, मिनिटिलर र प्लास्टिक वितरण गर्दैछ।अन्तिम मि...
18/08/2026

कृषकहरूका लागि ५०% अनुदानमा कृषि सामग्री!

चौदण्डीगढी नगरपालिकाले सिँचाई मोटर, मिनिटिलर र प्लास्टिक वितरण गर्दैछ।

अन्तिम मिति: २०८३/०५/२३ गतेसम्म।

आवश्यक कागजात सहित वडा कार्यालयको सिफारिस लिएर कृषि विकास शाखामा आवेदन दिनुहोला।

सूचना! सूचना!! सूचना!!!चौदण्डीगढी नगरपालिका, वडा नं. ५ का बासिन्दाहरूका लागि अति आवश्यक सूचनाचौदण्डीगढी नगरपालिका वडा नं...
18/08/2026

सूचना! सूचना!! सूचना!!!

चौदण्डीगढी नगरपालिका, वडा नं. ५ का बासिन्दाहरूका लागि अति आवश्यक सूचना

चौदण्डीगढी नगरपालिका वडा नं. ५, देवीस्थान टोलमा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीहरूले भोगचलन तथा खेतीपाती गर्दै आएको एलानी जग्गाको नापजाँच कार्य मिति २०८३/०५/०१ गतेदेखि सुरु भएको जानकारी गराइन्छ।

नापजाँच कार्यलाई सहज, व्यवस्थित र पारदर्शी रूपमा सम्पन्न गर्नका लागि सम्बन्धित सबै जग्गाधनी तथा बासिन्दाहरूलाई निम्न अनुसार सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ:

कागजातहरू तयार राख्नुहुन: नापजाँचको समयमा आफ्नो निस्सा/भरपाई, नागरिकताको प्रतिलिपि साथमा राख्नुहोला।

उपस्थिति र सिमाना यकिन: आफ्नो जग्गा नापजाँच हुने समयमा स्वयं उपस्थित भई जग्गाको चारकिल्ला र सिमाना स्पष्ट रूपमा देखाउनुहोला।

छिमेकीको समन्वय: सम्भावित विवाद रोक्न नापजाँचका क्रममा आफ्ना साँध-सधियार (छिमेकी) हरूलाई पनि अनिवार्य उपस्थित गराउनुहोला।

सहयोग र समन्वय: प्राविधिक नापी टोली र वडाका प्रतिनिधिहरूलाई आवश्यक सहयोग गरी यो अभियानलाई सफल बनाउनुहुन अनुरोध छ।

अधिक जानकारी वा कुनै द्विविधा भएमा वडा कार्यालयमा सम्पर्क गर्नुहोला।

सूचना! सूचना!! सूचना!!!भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीहरूको व्यवस्थापन गर्ने प्रयोजनका लागि नाप–...
17/08/2026

सूचना! सूचना!! सूचना!!!
भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीहरूको व्यवस्थापन गर्ने प्रयोजनका लागि नाप–नक्सा भई तयार भएका तपसिलमा उल्लिखित व्यक्तिहरूको विवरणमा फरक परेको वा कुनै हकदाबी गर्नुपर्ने भएमा, सम्बन्धित व्यक्तिले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र आवश्यक प्रमाणसहित सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ।
तोकिएको म्यादभित्र प्रमाणसहित निवेदन पेश नगरेमा प्रचलित कानूनबमोजिम हुने व्यहोरा समेत जानकारी गराइन्छ।
यो सूचना सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ।

चौदण्डीगढी नगरपालिका–५ का सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण कार्यक्रम मिति २०८३ साल श्रा...
03/08/2026

चौदण्डीगढी नगरपालिका–५ का सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण कार्यक्रम मिति २०८३ साल श्रावण १७ गते, आइतबार, सिबाई बेलहा आधारभूत विद्यालयमा सम्पन्न भएको छ।

उक्त कार्यक्रममा १३० जना लाभग्राहीहरूको भत्ता नवीकरण कार्य सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने फूलबारी टोल विकास संस्था, कालिका टोल विकास संस्था, सन्दासिबाबा टोल बिकास ढेलाचौरी टोल विकास संस्था, साथै सिबाई बेलहा आधारभूत विद्यालयका प्रधानाध्यापक श्री भास्कर चौधरी सर लगायत सम्पूर्ण विद्यालय परिवारप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौं।

तपाईंहरूको अमूल्य सहयोग, समन्वय र सहकार्यले कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको छ। आगामी दिनहरूमा पनि यस्तै साथ, सहयोग र सद्भाव कायम रहने विश्वास व्यक्त गर्दछौं।

धन्यवाद!

राजश्व सेव अबरुद्ध सम्बन्धी  सूचना
21/07/2026

राजश्व सेव अबरुद्ध सम्बन्धी सूचना

सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण सम्वन्धी जरुरी सूचना ।
16/07/2026

सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण सम्वन्धी जरुरी सूचना ।

Address

Sundarpur

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when चौदण्डीगढी ५ न. वडा कार्यालय सुन्दरपुर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share