Salleri Chialsa Electricity Company Limited - SCECO

Salleri Chialsa Electricity Company Limited - SCECO विद्युत उत्पादन तथा वितरण गर्ने।

सुचना! सुचना!! सुचना!!!
18/08/2024

सुचना! सुचना!! सुचना!!!

हार्दिक  #श्रद्धाञ्जली😭🙏
12/08/2024

हार्दिक #श्रद्धाञ्जली😭🙏

 #चट्याङ् ⚡️बाट बच्ने केही उपायहरु:✅ चट्याङको बेला सकेसम्म घर भित्र 🏡बस्नु सबैभन्दा सुरक्षित उपाय हो। घरभित्र बस्दा पनि ...
17/06/2024

#चट्याङ् ⚡️बाट बच्ने केही उपायहरु:
✅ चट्याङको बेला सकेसम्म घर भित्र 🏡बस्नु सबैभन्दा सुरक्षित उपाय हो। घरभित्र बस्दा पनि चट्याङ्बाट सुरक्षित रहन सावधानी भने अपनाउनु पर्छ।
❌ पानी परेको🌧️,गड्याङ्गुडुङ ⛈️गरेको तथा चट्याङ् परिरहेको बेला तारवाला टेलिफोन☎️तथा अन्य उपकरण प्रयोग नगर्ने।
✅ मोबाइल📱,टेलिभिजन🖥️,वासिङमेसिन,कम्प्युटर🖥️,आइरन,फ्रिज जस्ता विद्युतीय सामग्री प्लग 🔌बाट छुटाउनुपर्छ।
❌ भाडा माझ्ने, नुहाउने काम नगर्ने।
❌ पर्खाल, ढोका तथा झ्यालको छेउमा नबस्ने।
❌ झ्याल, बरण्डा, सिँडीका ग्रिल तथा फलाम, तामा र पित्तलबाट बनेका अन्य सामग्री एवं संरचनाहरु गड्याङगुडुङ गरेको तथा चट्याङ् परिरहेको बेला नछुने।
✅हाम्रो घरहरुलाई धातुका सामग्री प्रयोग गरी ⛈️चट्याङबाट सुरक्षित गर्न सकिन्छ । तामा, आल्मुनियम तथा जीआई (फलाम)का रड घरको सबभन्दा अग्लो भागमा राखी उक्त धातुका रड तामाको तारले जोडेर जमिनसम्म पुर्याएर अर्थिङ गरेको खण्डमा धेरै हदसम्म हाम्रा घरहरु 🏡चट्याङबाट जोगिने छन् ।

यति तपाईं घर भन्दा बाहिर हुनु हुन्छ भने:
✅अग्लो ठाउँ, डाँडा तथा चुचुरो बाट तुरुन्तै हट्नु होला।
❌रुखको मुनी नबस्ने र जमिनमा नसुत्नु होला।
✅जङ्गलमा भए सबै भन्दा होचो रुख मुनि बस्नु होला।
✅जमिनमा कम छुने गरि बल जस्तो आकारमा कानमा हात राखी बस्नु होला।
❌ठुला ठुला ढुङ्गा हरुको ओत लाग्ने र नजिकै बस्ने नगर्नु होला।
❌पोखरी, ताल र खोला को आसपास भए तुरुनै अन्यत्र जानू होला।
❌काँडे तार, नाङो तार, विधुतिय तार बाट टाडै रह्नु होला।
धन्यवाद 🙏।
Salleri Chialsa Electricity Company Limited - SCECO

28/05/2024

गणतन्त्र दिवस २०८१ को उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।🙏

23/05/2024

२५६८औं #बुद्ध जयन्ती, उभौली पर्व एवं चण्डी पूर्णिमाको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं 🙏।

01/05/2024

सम्पुर्ण श्रमिकहरुमा सम्मान।🙏
#श्रमिक दिवसको शुभकामना।

सुचना! सुचना!! सुचना!!!जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुसोलुदुधकुण्ड नगरपालिका  -  Solududhkunda Municipalityजिल्ला प्र...
21/04/2024

सुचना! सुचना!! सुचना!!!
जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु
सोलुदुधकुण्ड नगरपालिका - Solududhkunda Municipality
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु
ने.वि.प्रा. सोलुखुम्बु वितरण केन्द्र

13/04/2024

सम्पूर्ण उपभोक्ता महानुभावहरु, शेयरधनी ज्युहरु एवं नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुमा नयाँ वर्ष २०८१ को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
🙏🎆🎆❤️🎆👏
B.S.
सल्लेरी च्याल्सा विद्युत कम्पनी लिमिटेड परिवार

08/04/2024

#विद्युत दुर्घटनाबाट बच्न आवश्यक सतर्कता अपनाउने सम्बन्धमा कम्पनी र नेपाल विद्युत प्राधिकरणको तर्फबाट सर्वसाधारणमा #अपिल

विगत केही समय यता देशका विभिन्न स्थानहरूमा विद्युत दुर्घटनामा परी जनधनको क्षति हुन पुगेको घटनाहरूप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यस सन्दर्भमा सम्भावित विद्युत दुर्घटना हुन नदिन आम सर्वसाधारणको सहयोग समेत अपरिहार्य देखिएको हुँदा देहाय बमोजिमका कार्यहरू गरी तथा सावधानी अपनाई विद्युत दुर्घटना न्यूनीकरणका लागि आवश्यक सहयोग गरिदिनुहुन कम्पनी सबैमा हार्दिक अपिल गर्दछ।

• पोल, टावर, स्टे, तार जस्ता विद्युतीय संरचना हात वा फलामले नछुने ।

• विद्युत तार लत्रिएको वा चुँडिएको देखिएमा नजिकको नेपाल विद्युत प्राधिकरण वा यस कम्पनीको कार्यालयमा तत्काल खबर गर्ने ।

• विद्युत प्रणालीमा रहेका इन्सुलेटर, तार जस्ता उपकरणहरूमा कुनै क्षति भएको देखिएमा वा विद्युत लाइन नजिक रहेका बाँस, लहरा वा रुखका हाँगाहरूले विद्युत लाइनमा छुने अवस्था देखिएमा नजिकको सम्बन्धित कार्यालयमा जानकारी गराउने।

• विद्युत लाइन माथि वा नजिक रहेका रुखका हाँगाहरू काट्दा उक्त हाँगाले विद्युत तारमा छुन गई दुर्घटना हुनसक्ने भएकोले आवश्यक सावधानी अपनाउने ।

• विद्युत संरचनामा अनावश्यक रूपमा ढुङ्गा हान्ने जस्ता अवाञ्छित क्रियाकलापहरू भएको देखिएमा त्यस्ता क्रियाकलापहरू नियन्त्रणका लागि आवश्यक सहयोग गर्ने।

• तोकिएको मापदण्ड विपरीत वितरण तथा प्रसारण लाइन मुनि पर्ने गरी भवन लगायतका संरचना निर्माण नगर्ने ।

• हुकिङ लगायतका कुनै विधि प्रयोग गरी विद्युत चोरी गरेको देखेमा तत्काल नजिकको कार्यालयमा खबर गर्ने।

• विद्युत संरचनामा रहेका सामग्रीहरू जस्तै अर्थिङ तार, नटबोल्ट, च्यानल जस्ता सामग्रीहरू चोरी भएको पाइएमा नजिकको नेपाल विद्युत प्राधिकरण वा कम्पनीको कार्यालयलाई जानकारी गराउने।
धन्यवाद।🙏

30/03/2024

#चट्याङ् ⚡️बाट बच्ने केही उपायहरु:
✅ चट्याङको बेला सकेसम्म घर भित्र 🏡बस्नु सबैभन्दा सुरक्षित उपाय हो। घरभित्र बस्दा पनि चट्याङ्बाट सुरक्षित रहन सावधानी भने अपनाउनु पर्छ।
❌ पानी परेको🌧️,गड्याङ्गुडुङ ⛈️गरेको तथा चट्याङ् परिरहेको बेला तारवाला टेलिफोन☎️तथा अन्य उपकरण प्रयोग नगर्ने।
✅ मोबाइल📱,टेलिभिजन🖥️,वासिङमेसिन,कम्प्युटर🖥️,आइरन,फ्रिज जस्ता विद्युतीय सामग्री प्लग 🔌बाट छुटाउनुपर्छ।
❌ भाडा माझ्ने, नुहाउने काम नगर्ने।
❌ पर्खाल, ढोका तथा झ्यालको छेउमा नबस्ने।
❌ झ्याल, बरण्डा, सिँडीका ग्रिल तथा फलाम, तामा र पित्तलबाट बनेका अन्य सामग्री एवं संरचनाहरु गड्याङगुडुङ गरेको तथा चट्याङ् परिरहेको बेला नछुने।
✅हाम्रो घरहरुलाई धातुका सामग्री प्रयोग गरी ⛈️चट्याङबाट सुरक्षित गर्न सकिन्छ । तामा, आल्मुनियम तथा जीआई (फलाम)का रड घरको सबभन्दा अग्लो भागमा राखी उक्त धातुका रड तामाको तारले जोडेर जमिनसम्म पुर्याएर अर्थिङ गरेको खण्डमा धेरै हदसम्म हाम्रा घरहरु 🏡चट्याङबाट जोगिने छन् ।
यति तपाईं घर भन्दा बाहिर हुनु हुन्छ भने:
✅अग्लो ठाउँ, डाँडा तथा चुचुरो बाट तुरुन्तै हट्नु होला।
❌रुखको मुनी नबस्ने र जमिनमा नसुत्नु होला।
✅जङ्गलमा भए सबै भन्दा होचो रुख मुनि बस्नु होला।
✅जमिनमा कम छुने गरि बल जस्तो आकारमा कानमा हात राखी बस्नु होला।
❌ठुला ठुला ढुङ्गा हरुको ओत लाग्ने र नजिकै बस्ने नगर्नु होला।
❌पोखरी, ताल र खोला को आसपास भए तुरुनै अन्यत्र जानू होला।
❌काँडे तार, नाङो तार, विधुतिय तार बाट टाडै रह्नु होला।
धन्यवाद ।

Address

Nayabazar, Salleri
Solukhumbu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97738520210

Alerts

Be the first to know and let us send you an email when Salleri Chialsa Electricity Company Limited - SCECO posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Salleri Chialsa Electricity Company Limited - SCECO:

Share