03/09/2026
मिति २०८३।०५।१० गते रसुवा जिल्लाको भोटकोशी नदीमा आएको बाढीका कारण आफन्तजन फेला नपरी हराइरहेका नेपाली तथा विदेशी नागरिकहरूको DNA परिक्षण सम्बन्धि जानकारीः
नेपालमा रहनु भएकाहरूको लागिः
मिति २०८३।०५।१० गते रसुवाको भोटकोशी नदीमा आएको बाढीका कारण आफन्तजन फेला नपरी हराइरहेका नेपाली तथा विदेशी नागरिकहरूको DNA परिक्षण मार्फत फेला परेको शव तथा शरीरका कुनै अङ्ग वा भाग एकिन गर्न अनुरोध गरेमा सबै भन्दा नजिकको रगत नाता (First Degree Relative) बाबु, आमा, छोरा वा छोरी मध्ये कोही एक जनाको नमुना (Fresh Blood) संकलनको लागि २ प्रति पासपोर्ट साईजको फोटो सहित नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, प्याथोलोजि ल्याब, काठमाडौं वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्न अनुरोध छ ।
विदेशमा रहनु भएका व्यक्तिहरूको लागिः
विदेशमा रहेका व्यक्तिको हकमा बाबु, आमा, छोरा र छोरी (First Degree Relative) मध्ये कोही १ जनाको विदेशमा नै DNA Profiling Autosomal STR DNA Profiling गरि तुलना (Comparison) को लागी DNA Profile को softcopy नेपाल प्रहरीको आधिकारिक इमेल : [email protected] मा पठाउन व्यवस्था गर्नहुन अनुरोध गरिएको छ ।
Information on DNA Profiling for unidentified Dead Bodies !!