४ नं. वडा कार्यालय, बन्दिपुर - घ्याङलेख गाउँपालिका, सिन्धुली

  • Home
  • Nepal
  • Sindhuli
  • ४ नं. वडा कार्यालय, बन्दिपुर - घ्याङलेख गाउँपालिका, सिन्धुली

४ नं. वडा कार्यालय, बन्दिपुर - घ्याङलेख गाउँपालिका, सिन्धुली Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ४ नं. वडा कार्यालय, बन्दिपुर - घ्याङलेख गाउँपालिका, सिन्धुली, Government Official, Sindhulimadhi, Sindhuli.

27/02/2025

फागुन १५, २०८१ बिहीबार १२:२०:५८

अमेरिकामा यौन दुर्व्यवहारको आरोपमा दुई नेपालीमाथि मुद्दा दायर सुन्नुहोस्

अमेरिका : यौन दुर्व्यवहारको आरोपमा दुई नेपालीलाई प्रहरीले मुद्दा दायर गरेको छ। मिनिसोटा राज्यको र्स्टन्स काउन्टी कोर्टमा र्स्टन्स काउन्टी प्रहरीले मुद्दा दायर गरेको हो। २० वर्षीय फयाल र १९ वर्षीय तामाङमाथि प्रहरीले फेब्रुअरी २१ मा मुद्दा दायर गरेको छ।

अदालतबाट पक्राउ पुर्जी जारी भएपनि हाल, उनीहरू मिनिसोटामा नभेटिएकाले प्रहरीले राष्ट्रव्यापी खोजी अभियान सुरु गरेको छ। फयाल र तामाङलाई सेन्ट क्लाउड स्टेट युनिभर्सिटी मिनिसोटामा अध्ययनरत एक विद्यार्थीलाई बलात्कार गरेको अभियोग लागेको छ। उनीहरू सोही कलेजमा अध्ययन गर्दै आएपनि अगस्तदेखि डिसेम्बरसम्मको सेमेष्टरमा भर्ना लिएको तर, उनीहरू गत विन्टर ब्रेकपछि कलेजमा नआएको कलेज प्रशासनले जानकारी गराएको छ।

मिनिसोटाको सेन्ट क्लाउड फस्ट एभिन्यू साउथमा रहेको छात्रावासको कोठामा गत नोमेम्भर १ मा महिलामाथि यौन दुर्व्यवहार भएको थियो। ती महिलाले दिएको उजुरीको आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो। यौन दुर्व्यवहारको शिकार भएकी महिलाले गरेको उजुरीको आधारमा शंकाष्पद रुपमा फयाल र तामाङलाई प्रहरीले सोधपुछ गरेको थियो।

प्रहरीले आफूसँगको सुरुवाति सोधपुछमा उनीहरूले घटनामा आफूहरू संलग्नता नरहेको बयान दिएपनि अनुसन्धानको क्रममा घटना घटेको समयमा उनीहरूको त्यहाँ उपस्थितिदेखि पीडितको स्वास्थ्य परीक्षणका क्रममा डीएनए सेम्पल म्याच भएको प्रहरीले जनाएको छ। साथै घटना घटेलगत्तै फयालले पीडित विद्यार्थीलाई इन्ष्टाग्राममा रिक्वेष्टसहित उनको स्वास्थ्य अवस्थाबारे चासो राखेर म्यासेज पठाएको प्रहरीले उल्लेख गरेको छ।

16/01/2023

घ्याङलेख गाउँपालिकाको भिडियो बृत्तचित्र ॥ A VIDEO DOCUMENTARY OF GHYANGLEKH RURAL MUNICIPALITY, SINDHULI ॥ 2022Copyright : [email protected] Ki...

20/07/2022

*अत्यन्त जरुरी सूचना ।*

घ्याङलेख गाउँपालिकाका सबै शाखा/उप-शाखा/इकाइ प्रमुख/वडा सचिब, स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्र प्रमुखज्यूहरुले आ. व. २०७८।०७९ मा भए गरेका कार्य सम्पादनको आर्थिक र भौतिक सहितको लिखित प्रगति/(समस्या फोटो सहितको) प्रतिवेदन र आ. व. २०७९।०८० को कार्यक्रमको कार्ययोजना समेत आजकै मितिबाट ७ दिन भित्र तयार गरी सम्बन्धित मन्त्रालय र निकायहरुमा पठाउने प्रयोजनार्थ IT शाखामा बुझाउनु होला । साथै यहि मिति २०७९ श्रावण १५ गते भित्र समिक्षा कार्यक्रम हुने व्यहोरा पनि सम्बन्धित सबैको जानकारीका लागि आदेशानुसार यो सूचना प्रकाशित गरिएको छ ।

06/07/2022
स्थानीय तह र मानव अधिकार प्रशिक्षण सम्बन्धमा ।
18/03/2022

स्थानीय तह र मानव अधिकार प्रशिक्षण सम्बन्धमा ।

14/07/2021

Address

Sindhulimadhi
Sindhuli

Website

Alerts

Be the first to know and let us send you an email when ४ नं. वडा कार्यालय, बन्दिपुर - घ्याङलेख गाउँपालिका, सिन्धुली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to ४ नं. वडा कार्यालय, बन्दिपुर - घ्याङलेख गाउँपालिका, सिन्धुली:

Share