13/07/2026
🌸 मेहेन्दी कला कार्यक्रम तथा साउने उत्सव २०८३ 🌸
साउन महिनाको आगमनसँगै मेहेन्दीको सुगन्ध र उत्सवको रौनक बोकेर हामी आउँदैछौँ! अन्तरपुस्ता आराधना मिलन केन्द्र ( एकादसी समूह) द्वारा आयोजित यस विशेष "मेहेन्दी कला उत्सव" मा यहाँहरू सम्पूर्णमा हार्दिक निमन्त्रणा गर्दछौँ ।
आफ्नो हातमा सुन्दर मेहेन्दीका बुट्टाहरू कोर्न र साउने माहोललाई अझ रङ्गीन बनाउन हामीसँग जोडिनुहोला।
🗓️ मिति: साउन २ गते, शनिबार
⏰ समय: बिहान ११:०० बजेदेखि दिउँसो २:०० बजेसम्म
📍 स्थान: रुद्र कुमारी ढकाल स्मृति प्रतिक्षालय (शिवालय)
आफ्ना साथीसङ्गी र परिवारसहित उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनुहुन अनुरोध गर्दछौँ।
#साउनेउत्सव #मेहेन्दीकला #अन्तरपुस्ताआराधना #शिवालयएकादसीसमूह #मेहेन्दीकार्यक्रम #साउनकोहरियाली