राप्रपा नेपालः सुस्पष्ट बिचार र अलग पहिचान सहितको राजनैतिक दल
राप्रपा नेपाल सुस्पष्ट बिचार र अलग पहिचान भएको राष्ट्रवादी प्रजातान्त्रिक राजनैतिक दल हो । बहुदलिय प्रजातन्त्रको स्थापना पश्चात् बि. सं २०४७ साल जेष्ठ १५ गते यस पार्टीको स्थापना भएको हो । परिवर्तित राजनैतिक सन्दर्भमा देशलाई एउटा बलियो वैकल्पिक प्रजातान्त्रिक शक्तिको आश्यकता छ भन्ने महशुस गरेर नै राप्रपा नेपालको स्थापना भएको हो । स्थापन
ा कालदेखि २०६३ साल सम्म पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको भएता पनि पार्टी भित्रको आन्तरिक विवाद एवं नंया राजनैतिक परिवेशमा हाल यस पार्टीको नाम राप्रपा नेपाल रहेको छ ।
वैकल्पिक प्रजातान्त्रिक शक्तिः २०४७ सालमा बहुदलिय प्रजातन्त्र पुनस्र्थापित भए पछिको अवस्थामा तत्काल राष्ट्रिय राजनीतिमा कृयाशील रहेका प्रमुख राजनैतिक दलहरुको चरित्र पृष्ठभमि एवं संस्कारगत दोषको कारणले गर्दा प्रजातन्त्रको भविष्य सुनिश्चित हुन नसक्ने तथा प्रजातन्त्रको प्रतिफल आमजनताले प्राप्त गर्न नसक्ने धरातलिय यथार्थलाई दृष्टिगत गरेर राप्रपा नेपालको स्थापना गरिएको हो । विगतका सकारात्मक अनुभव र उपलव्धिहरुको रक्षा गर्दै सामाजिक आर्थिक सांस्कृतिक एवं राजनैतिक रुपान्तरणमा सकृय रहने राजनैतिक शक्तिको रुपमा राप्रपा नेपालको जन्म भएको हो । विगत बिस वर्षको राजनैतिक उतार चढाव र संगठनात्मक प्रयासको परिणाम स्वरुप राप्रपा नेपाल वर्तमान अवस्थामा आईपुगेको छ । पार्टी स्थापनाको प्रारम्भदेखि नै राष्ट्रियता प्रजातन्त्र र उदारवाद राप्रपा नेपालको आदर्शका रुपमा रहंदै आएको छ ।
Alerts
Be the first to know and let us send you an email when राष्ट्रिय प्रजातन्त्र पार्टी, डोटि posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.