07/02/2024
पौष शुक्ल पुर्णिमा देखि माघ शुक्ल पुर्णिमा सम्म चल्ने सांखु सालिनदी मा माधव नारायण व्रत अन्तर्गत भगवान सहित सम्पुर्ण ब्रतालु हरुको परदेश यात्रा हुने कार्यक्रम रहेको हुनाले , परदेश यात्राहुने बेला भगवान माधव नारायण र सम्पुर्ण ब्रतालुहरु सांखु सालिनदी मा नहुने ब्यहोरा सम्पुर्ण मा जानकारी अनुरोध गर्दछु, परदेश यात्रा यस प्रकार रहेको छ,
१)२०८०/१०/२४ गते बुद्धबार
ब्रतबस्ने काम अलि चांडो सकाइ सांखु बज्रयोगिनी मन्दिर सम्म जिउ नापी ( शास्त्राङ्ग दन्दवत प्रणाम गरि ) माताको दर्शन गर्ने।
२) २०८०/१०/२५ गते बिहिबार
बिहान चांडो व्रत सकाइ भगवान
माधव नारायण र ब्रतालुहरु सांखु बज्रयोगिनी मन्दिर मा प्रस्थान गरि, त्यहाँ बाट फर्केर पशुपति नाथ मा प्रस्थान, सो राती पशुपती मा बास
३) २०८०/१०/२६ गते शुक्रबार
बिहान पशुपती मा नित्य पुजा व्रत गरि चलांपाख ( सानो गौचरन) मा भक्तजनहरु बाट माधव नारायण भगवान को दर्शन, ब्रतालुहरुको पालं ( भोजन) सकाइ फर्पिङ शेष नारायण प्रस्थान , सो राती अन्दाजी ९ बजेतिर त्यहाँ पुगि राती फर्पिङ मा बास
४) २०८०/१०/२७ गते शनिबार
बिहान फर्पिङ मा नित्यपुजा, व्रत गरि त्यहाँ बाट शंखमुल मा प्रस्थान , दिउँसो शंखमुल मा भक्तजन हरु बाट भगवान दर्शन पछि ब्रतालु हरुको पालं ( भोजन) गराइ सांझ सांखु प्रस्थान, राती सांखुमा पुग्ने, सो रात सांखु मा बास
५) २०८०/१०/२८ गते आइतबार बिहान सांखु सालिनदि मा स्नान दिउँसो व्रत, सांखु बजार परिक्रमा , पालं , सांखु मा बास
६) २०८०/१०/२९ गते सोमबार सांखुमा चांडो नित्यपुजा सकाइ, पालं गरि पनौती प्रस्थान सो रात पनौती मा बास
७) २०८०/११/१ गते मंगलबार
बिहान पनौती मा व्रत सकाइ दिउँसो बनेपा ,भ्व: खुसी मा भक्तजन लाई भगवान दर्शन गराइ ब्रतालु हरु पालं गरि सांखु फर्की, राती सांखु बास
२०८०/११/४ गते शुक्रबार
लगला सप्तमी
२०८०/११/८ गते मंगलबार
सांखुमा नित्यपुजा , बजार परिक्रमा , पालं गरि बेलुका चांगु नारायण प्रस्थान , सो रात चांगु मा बास।
२०८०/११/९ गते बुधबार बिहान चांगु मा नित्यपुजा व्रत गरि सांखु प्रस्थान
२०८०/११/१२ गते शनिबार माघ शुक्ल पुर्णिमा , सांझ अस्वमेघ यज्ञ गरि व्रत सम्पन्न।
जय श्री माधव नारायण
दिलिप कुमार श्रेष्ठ
पुर्ब अध्यक्ष
श्री माधव नारायण स्वस्थानी व्रत तथा सालिनदी सुधार समिती, सांखु