छत्रेश्वरी गाउँपालिका

  • Home
  • Nepal
  • Salyan
  • छत्रेश्वरी गाउँपालिका

छत्रेश्वरी गाउँपालिका Chhatreshwori Rural Municipality , Salyan Government Organization

छत्रेश्वरी गाउँपालिकाको न्यायिक समितिद्वारा सम्पादन गरिएका कार्य सम्बन्धमा अनुगमनका लागि पाल्नुभएका माननीय जिल्ला न्याया...
02/06/2026

छत्रेश्वरी गाउँपालिकाको न्यायिक समितिद्वारा सम्पादन गरिएका कार्य सम्बन्धमा अनुगमनका लागि पाल्नुभएका माननीय जिल्ला न्यायाधीश श्रीमान प्रल्लाद कुमार योगी नेतृत्वको टोलीलाईआज मिति २०८३/०२/१९ गतेका दिन गाउँपालिकामा हार्दिक स्वागत गरियाे ।
जिल्ला अदालत सल्यान बाट न्यायिक समितिका विभिन्न कार्यहरूकाे अनुगमण भई सुझावहरू समेत प्राप्त भएकाे छ ।
सल्लाह सुझावका लागि न्यायिक समिति संयाेजक/ उपाध्यक्षज्यु बाट सबैलाई धन्यवाद ज्ञापन गरिएकाे थियाे ।

छत्रेश्वरी गाउँपालिका, वडा नं, ६ को लान्तीमा महिलाहरूका लागि १० दिने आधारभूत नौमती बाजा बजाउने तालिम आजदेखि सुरु भएको छ ...
30/05/2026

छत्रेश्वरी गाउँपालिका, वडा नं, ६ को लान्तीमा महिलाहरूका लागि १० दिने आधारभूत नौमती बाजा बजाउने तालिम आजदेखि सुरु भएको छ । परम्परागत रूपमा पुरुषहरूको बाहुल्य रहेको तथा लोपोन्मुख अवस्थामा पुगेको नौमती बाजा संरक्षण, संवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिमको उद्घाटन गाउँपालिका उपाध्यक्ष श्री बुद्ध कुमारी खत्रीले गर्नुभयो । ६ नं वडा कार्यालयको आयोजनामा सुरु भएको तालिममा वडाका १० जना महिलाहरू सहभागी रहेका छन् ।

वडा अध्यक्ष श्री टिकाराम बुढाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडा सदस्य श्री खड्गनाथ योगीले स्वागत मन्तव्य राख्नुभएको थियो । तालिममार्फत सिन्दुली कला घरका दक्ष महिला प्रशिक्षकहरुले नै सहभागीहरूलाई सनई, नरसिंहा, कर्नाल, दमाहा, ट्याम्की, ढोलकी, झ्याली लगायत नौमती बाजासम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिरहनुभएको छ ।

हराउँदै गएको मौलिक कला, संस्कृति र परम्पराको संरक्षणमा महिलाहरूलाई सक्रिय सहभागिता गराउने उद्देश्यले सञ्चालन गरिएको यस तालिमले स्थानीय स्तरमा नौमती बाजाको संरक्षण, सांस्कृतिक पहिचानको प्रवर्द्धन तथा महिलाहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।

कार्यक्रम सफलताको शुभकामना संगै तालिममा सहभागी सम्पूर्ण दिदीबहिनीहरूलाई हार्दिक बधाई तथा शुभेच्छा व्यक्त गर्दछौं ।

28/05/2026

छत्रेश्वरी गाउँपालिका को आयोजनामा मिति २०८३/०२/१९ गते शिक्षक तथा विद्यार्थीहरूका लागि सांकेतिक पी.टी. तथा व्यवहारिक उत्प्रेरणा कार्यशाला र मिति २०८३/०२/२० गते शिक्षक, अभिभावक तथा जनप्रतिनिधिहरूका लागि असल अभिभावकत्व सम्बन्धी शैक्षिक व्यवहारिक उत्प्रेरणा कार्यशाला सञ्चालन सम्बन्धी सूचना ।

आज मिति २०८३/०२/११ गतेका दिन यस छत्रेश्वरी गाउँपालिकामा कार्यरत शाखा प्रमुख,वडा सचिव, स्वास्थ्य संस्था प्रमुख र अन्य कर्...
25/05/2026

आज मिति २०८३/०२/११ गतेका दिन यस छत्रेश्वरी गाउँपालिकामा कार्यरत शाखा प्रमुख,वडा सचिव, स्वास्थ्य संस्था प्रमुख र अन्य कर्मचारीहरूकाे सहभागितामा आगामी आ व २०८३/०८४ का लागि आश्यकता र प्राथमिकताकाे आधारमा नीति कार्यक्रम र वजेट तर्जुमा सम्वन्धि छलफल बैठक प्रमुख प्रशासकीय अधिकृत श्री दिपक बुढाथोकीज्युकाे अध्यक्षता,अभिभावकियरूपमा गाउँपालिका अध्यक्ष श्री ओज बहादुर बुढाथोकीज्यु,उपाध्यक्ष श्री बुद्व कुमारी खत्रीज्युकाे विशेष उपस्थितिमा सम्पन्न भयाे ।

उक्त बैठककाे प्रथम शत्रमा कार्यालयमा नयाँ नियुक्ति तथा सरूवा भई आउनु भयका कर्मचारीहरू वास संयाेजक श्री दिपेन्द्र कुमार शाही ,वास प्राबिधिक श्री रमेश डि.सी.र प्रशासन सहायक श्री अशाेक कुमार यादवलाई पालिका र कार्यालयकाे तर्फवाट स्वागत तथा कार्य प्रगतिकाे लागि शुभकामना दिईएकाे थियाे भने वास प्राबिधिककाे रूपमा लामाे समय सेवा गरेका हाल लक कार्यक्रमका लागि शारदा न.पा.सल्यानमा जानू भयका श्री रबिन्द खड्का लाई बिदाई तथा शुभ कामना प्रदान गरियकाे थियाे ।

दाेश्राे शत्रमा आगामि आ व काे शाखा,वडा,स्वास्थ्य संस्थाकाे तर्फवाट नीति,याेजना तथा कार्यक्रम र बजेटका लागि तत् जिम्मेवारी बमाेजिम रिपोर्टिङ तथा प्रस्तुति गरियकाे थियाे ।

बैठककाे अन्तमा प्रमुख प्रशासकीय अधिकृतज्युू, गा.पा.उपाध्यक्षज्यु र गा.पा.अध्यक्षज्युबाट कर्मचारीहरूलाई आवश्यक निर्देशन सहित शुभ कामना ब्यक्त गर्नु भयकाे थियाे ।

कार्यक्रममा ४३ जना कर्मचारीहरूकाे सहभागिता रहेकाे बैठककाे सहजिकरण प्रशासन शाखा प्रमुख ,प्रशासकीय अधिकृत श्री जीवराज खत्रीले गर्नु भएकाे थियाे ।

आज मिति २०८३/०२/११ गते छत्रेश्वरी गाउँपालिकाको सभाहल, भोटेचौर, सल्यानमा उत्तर प्रसुती घरभेट जाँच कार्यक्रम (PNC Home Vis...
25/05/2026

आज मिति २०८३/०२/११ गते छत्रेश्वरी गाउँपालिकाको सभाहल, भोटेचौर, सल्यानमा उत्तर प्रसुती घरभेट जाँच कार्यक्रम (PNC Home Visit) सम्बन्धी समीक्षा गोष्ठी सम्पन्न भएको छ।

कार्यक्रम छत्रेश्वरी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख श्री गणेशमान डाँगीज्यूको अध्यक्षता, गाउँपालिका अध्यक्ष श्री ओज बहादुर बुढाथोकीज्यूको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत श्री दिपक वुढाथोकीज्यूको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ कर्मचारी र स्वास्थ्य संस्था प्रमुख कर्मचारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वास्थ्य शाखा अन्तर्गत सञ्चालित उत्तर प्रसुती सेवालाई थप प्रभावकारी बनाउने, सेवा प्रवाहमा देखिएका चुनौतीहरूको समीक्षा गर्ने तथा आगामी दिनमा अझ गुणस्तरीय सेवा प्रदान गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो ।

कार्यक्रमको संचालन प हे न बिमला डाँगिले गर्नुभएको थियो ।

यस कार्यक्रमले मातृ तथा नवजात शिशुको स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

प्रारम्भिक तहका विद्यार्थीको सिकाई उपलब्धि सुधारमा छत्रेश्वरी गाउँपालिकाको पहल -* छत्रेश्वरी गाउँपालिकामा कक्षा २ मा अध्...
22/05/2026

प्रारम्भिक तहका विद्यार्थीको सिकाई उपलब्धि सुधारमा छत्रेश्वरी गाउँपालिकाको पहल -
* छत्रेश्वरी गाउँपालिकामा कक्षा २ मा अध्यापनरत शिक्षकका लागि आधारभूत शैक्षणिक तालिम जेठ ६ गतेदेखि सुरु भई आज ८ गते सम्पन्न भएको छ। गाउँपालिका भित्र साक्षरता कार्यक्रम विस्तार ढाँचामा कार्यान्वयन भइरहेका नौवटा सामुदायिक विद्यालयका नौ जना शिक्षक तथा शिक्षिका को सहभागिता रहेको उक्त तालिममा प्रारम्भिक कक्षामा प्रयोग हुने शैक्षिक सामग्री, शिक्षण विधि प्रक्रिया, बाल केन्द्रित सिकाई प्रक्रिया, पठनसिप, विषयमा गहन रूपमा छलफल सुझाव सल्लाह अभिमुखीकरण र तालिम भएको थियो।
तालिमको समापन छत्रेश्वरी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख तथा वरिष्ठ शिक्षा अधिकृत गणेश न्यौपाने ज्यू सरको अध्यक्षता र गाउँपालिका अध्यक्ष ओजबहादुर बुढाथोकीको प्रमुख आतिथ्यता तथा बुद्धकुमारी खत्रीको विशिष्ट आतिथ्यता र शिक्षा अधिकृत शिवसिंह पुन, दलित विकास समाज सल्यानका कार्यक्रम संयोजक उमेश खरेल, रोस्टर प्रशिक्षक तथा तालिममा सहभागी शिक्षक शिक्षिकाहरूको सहभागी रहेको थियो ।

आज मिति २०८२/०२/०८ गते यस छत्रेश्वरी गाउँपालिका भोटेचौर  सल्यानमा वडा नं ७ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत "यान्त्...
22/05/2026

आज मिति २०८२/०२/०८ गते यस छत्रेश्वरी गाउँपालिका भोटेचौर सल्यानमा वडा नं ७ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत "यान्त्रिकरण हस्तान्तरण कार्यक्रम समूह सहकारी कृषि फर्म ५० प्रतिशत अनुदानमा मिनीटिलर वितरण " कार्यक्रम यस गाउँपालिका का अध्यक्ष ज्यू, उपाध्यक्ष ज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू, वडा नं ७ का वडा अध्यक्षज्यू, कृषि शाखाका प्राविधिक सहायक दिपक पुन तथा वडा नं ७ का समूहका प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न भएको छ।
कार्यक्रममा वडा नं ७ का समूह/सहकारी लाइ 4.4 kw क्षमताका ९ वटा डिजेल इन्जिन मिनिटिलर वितरण गरिएको थियो।

आयोजना तथा कार्यक्रमहरु पेश गर्ने सम्बन्धमा ।
22/05/2026

आयोजना तथा कार्यक्रमहरु पेश गर्ने सम्बन्धमा ।

आ.व. २०८३/०८४ को बजेट सीमा तथा मार्गदर्शन सम्बन्धमा ।
22/05/2026

आ.व. २०८३/०८४ को बजेट सीमा तथा मार्गदर्शन सम्बन्धमा ।

Address

H 11, Chhayakshetra
Salyan
22200

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when छत्रेश्वरी गाउँपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to छत्रेश्वरी गाउँपालिका:

Share