23/05/2026
अनुरोध l
जनहितका लागी सूचना l
अत्यधिक गर्मी तथा तातो लहर (Heat Wave) चल्ने सम्बन्धमा गृह मन्त्रालय
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट सतर्कता सम्बन्धी सूचना प्राप्त भएको हुँदा लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेश का तराई जिल्लाहरू उच्च जोखिममा रहेका छन् भने रोल्पा मध्यम जोखिममा रहेको जानकारी गराइन्छ।
यस अवस्थामा दिन सम्म दिउँसो चर्को घाम लाग्ने समयमा अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन, प्रशस्त पानी पिउन तथा स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन सम्पूर्ण नागरिकहरूमा अनुरोध गरिन्छ।
जनहितका लागि यो सूचना जानकारीसहित जारी गरिएको छ।