17/04/2026
ध्यानाकर्षण!
रंगेलीस्थित ट्राफिक प्रहरी तथा नगर प्रहरीलाई गम्भीर प्रश्न—
रंगेलीदेखि डैनिया जाने हुलाकी राजमार्गमा मेला लागेको बेला सडक पूर्ण रूपमा अवरुद्ध भई सवारी साधनहरू जाममा परिरहँदा पनि सम्बन्धित निकायको उपस्थिति शून्य देखियो।
दैनिक रूपमा चेकजाँच गर्ने निकायहरू यस्तो आपतकालीन अवस्थामा किन मौन?
विडम्बना त के भने, उक्त जाम हटाउन चान्दनी फाउन्डेसनका अध्यक्ष प्रमेश्वर प्रसाद शाह स्वयं सडकमा खटिनुपर्यो।
यो अवस्था अत्यन्तै दुःखद र लज्जास्पद हो। अबका दिनमा यस्ता अवस्थामा तत्काल ट्राफिक व्यवस्थापन गर्न सम्बन्धित निकाय गम्भीर बनोस्।