सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र
मन्थली, रामेछाप
यस सुचना केन्द्रले बैदेशिक रोजगारका लागि प्रोत्साहन गर्ने अथवा हतोत्साह गर्ने नभइ आवश्यक सूचनाहरु प्रदान गरी जानकारयुक्त निर्णय गर्न सहयोग गर्नेछ ।
सूचना केन्द्रबाट सुरक्षित बैदेशिक रोजगार सम्वन्धि उपलब्ध हुने निःशुल्क सेवाहरु :
१. सुरक्षित बैदेशिक रोजगारमा जानको लागि आवश्यक निम्न सूचनाहरु उपलब्ध गराउने:
-बैदेशिक रोजगारका लागि सरकारले खुल
्ला गरेका देशहरुको नामावली ।
-नेपाल सरकारद्वारा इजाजत प्राप्त म्यानपावर र एजेन्टहरुको नामावली ।
-नेपाल सरकारद्वारा सुचिकृत स्वास्थ्य संस्थाहरु, बिमा संस्थाहरु, -अभिमुखिकरण तालिम दिने संस्थाहरुको नामावली ।
-बिमा गराउँदा, स्वास्थ्य परीक्षण गराउँदा, करारनामा हस्ताक्षर गर्दा र म्यानपावर कम्पनी छनौट गर्दा ध्यान दिनुपर्ने कुराहरु ।
-प्रमुख गन्तव्य मुलुकहरुको बारे महत्वपूर्ण जानकारीहरु जस्तै भाषा, धर्म, संस्कृति, रहन–सहन र गर्न हुने तथा गर्न नहुने व्यवहारहरु आदि ।
-बैदेशिक रोजगारको क्रममा ठगी÷जालसाजीमा परेमा उजुरी गर्ने प्रकृयाहरुको बारेमा जानकारीहरु ।
-नेपाली राजदूतावास, वाणिज्य दूत, आप्रवासी नेपाली संघ÷संस्थाहरु, श्रम सहचारीहरुको जानकारी तथा सम्पर्क नम्बरहरु उपलब्ध गराउने
२. बेपत्ता भएका तथा जेलमा परेका नेपाली कामदारहरुको स्थिति पत्ता लगाउन सम्बन्धित दूतावास र संघ-संस्थाहहरु मार्फत आवश्यक सहयोग गर्ने ।
३. ठगी जालसाजी भएको मुद्दाहरुमाथी कानुनी उपचारका लागि सम्बन्धित संस्थाहरुमा सहयोगको लागि पठाउने ।
४. मृत्यु भएका र अंगभंग भएका कामदारहरुको हकमा बैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट क्षतिपूर्ति उपलब्ध गराइदिन सम्बन्धित संस्थाहरुमा पठाउने ।
५. बैदेशिक रोजगारमा जाँदा अभिलेखबद्ध भएर मात्र जान अभिपे्ररित गर्ने र निःशुल्क सीप तालिमका लागी सम्बन्धित संस्थामा पठाउने ।
६. वैदेशिक रोजगारले समाजमा निम्त्याएका विकृति, विसंगतीहरुलाई कम-न्युनिकरण गर्न मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउने ।