खाँडादेवी गाउँपालिका को आधिकारिक पेज खाडादेवी आवाज

  • Home
  • Nepal
  • Ramechhap
  • खाँडादेवी गाउँपालिका को आधिकारिक पेज खाडादेवी आवाज

खाँडादेवी गाउँपालिका को आधिकारिक पेज खाडादेवी आवाज Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from खाँडादेवी गाउँपालिका को आधिकारिक पेज खाडादेवी आवाज, Government Official, khandadevi rural municipality, Ramechhap.
(1)

खाँडादेवी गाँउपालिकाको आधिकारिक सुचना र भए गरेका गतिविधिको नियमित जानकारी गराउने उदेश्यले यो फेसबुक पेज बनाइएको छ। ब्यक्ति वा संस्थाको जुनसुकै गतिविधि घटना तुरुन्त पठाउन अनुरोध छ साथै यो पेज लाइक फल्लो शेयर invite गरिदिनहुन पनि अनुरोध छ।

शिक्षक आवश्यकतासम्बन्धी सूचना
03/09/2026

शिक्षक आवश्यकतासम्बन्धी सूचना

भावपूर्ण श्रद्धाञ्जलीहाम्रा सहकर्मी, समकक्षी तथा छिमेकी गाउँपालिका सुनापती गाउँपालिकाका अध्यक्ष श्री ठुलोकान्छा तामाङज्य...
29/08/2026

भावपूर्ण श्रद्धाञ्जली

हाम्रा सहकर्मी, समकक्षी तथा छिमेकी गाउँपालिका सुनापती गाउँपालिकाका अध्यक्ष श्री ठुलोकान्छा तामाङज्यूकी ममतामयी आमाको १०० वर्षको उमेरमा भएको दुःखद निधनको खबरले खाँडादेवी गाउँपालिका परिवार तथा सम्पूर्ण खाँडादेवीवासी स्तब्ध एवं मर्माहत भएका छौँ।

यस दुःखद घडीमा दिवंगत आमाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछौँ। साथै शोकसन्तप्त अध्यक्षज्यू लगायत सम्पूर्ण परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ।

शोकको यस असह्य घडीमा दिवंगत आत्माको चिरशान्तिका साथै शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछौँ।

ज्ञान कुमार श्रेष्ठ
अध्यक्ष
खाँडादेवी गाउँपालिका तथा सम्पूर्ण गाउँपालिका परिवार

29/08/2026

गत आ.व.को दायित्व भुक्तानी गर्ने सन्दर्भमा

सम्पूर्ण जनप्रतिनिधिज्यूहरू, उपभोक्ता समितिका पदाधिकारीज्यूहरू तथा गाउँपालिकासँग सम्झौता गरी योजना तथा कार्यक्रम सञ्चालन गर्नुभएका व्यवसायी/निर्माण व्यवसायीज्यूहरूमा हार्दिक नमस्कार ! 🙏

गत आर्थिक वर्षमा सञ्चालन भएका केही योजना तथा कार्यक्रमहरूको बाँकी भुक्तानी दायित्वका विषयमा धेरै जनाको चासो र जिज्ञासा रहेको जानकारी प्राप्त भइरहेको छ।

यस सम्बन्धमा गाउँपालिकाको लेखा शाखाबाट प्राप्त जानकारीअनुसार, विदाको समयमा पनि गत आ.व. का केही योजनाका फाइलहरू भुक्तानी प्रक्रियामा रहेको र आगामी मंगलबारदेखि नियमित रूपमा भुक्तानी गरिने व्यहोरा जानकारी गराइएको छ।

तसर्थ, गत वर्षका योजना तथा कार्यक्रम सञ्चालन गरी भुक्तानी लिन बाँकी रहनुभएका उपभोक्ता समिति, व्यवसायी/निर्माण व्यवसायी तथा सम्बन्धित सबैमा लेखा शाखाबाट प्राप्त जानकारीअनुसार भुक्तानी प्रक्रिया अघि बढ्ने व्यहोरा सादर जानकारी गराउँदछु।

सबैमा आवश्यक धैर्य र सहजीकरणका लागि हार्दिक अनुरोध गर्दछु। 🙏

ज्ञानकुमार श्रेष्ठ
अध्यक्ष
खाँडादेवी गाउँपालिका

भोटेकोशी तथा त्रिशुली नदी क्षेत्रमा भएको विनाशकारी बाढीप्रति गहिरो दुःख व्यक्त गर्दै राहत तथा उद्धार कार्यमा ऐक्यबद्धता ...
26/08/2026

भोटेकोशी तथा त्रिशुली नदी क्षेत्रमा भएको विनाशकारी बाढीप्रति गहिरो दुःख व्यक्त गर्दै राहत तथा उद्धार कार्यमा ऐक्यबद्धता सहितको प्रेस विज्ञप्‍ति।

सि.सि. टिभी (CCTV) क्यामेरा जडान तथा व्यवस्थापन सम्बन्धी जानकारीस्थानीय बस्ती, नाका तथा महत्त्वपूर्ण सम्पदाहरूको डिजिटल ...
25/08/2026

सि.सि. टिभी (CCTV) क्यामेरा जडान तथा व्यवस्थापन सम्बन्धी जानकारी
स्थानीय बस्ती, नाका तथा महत्त्वपूर्ण सम्पदाहरूको डिजिटल सुरक्षा सुनिश्चित गर्ने प्रमुख उद्देश्यका साथ, यस पालिकाले विभिन्न तोकिएका स्थानहरूमा नयाँ सि.सि. क्यामेरा जडान गर्ने, जडान भइसकेका स्थानमा थप गर्ने तथा आवश्यक मर्मतसम्भार गर्ने कार्यक्रम तय गरेको व्यहोरा सहर्ष जानकारी गराउँदछौँ।

हाल जडान भएका तथा जडान गरिने प्रमुख नाका तथा स्थानहरूको सूची:

१. लुभुघाट
२. खैरेनी पुल
३. बेलघारी पुल
४. सित्खा पुल
५. मुलकोट पुल
६. पुछिघाट पुल
७. सिम्लाडी
८. बेनी पुल
९. हात्तिटार पुल
१०. माडिफाँट ढलान पुल
११. धुलेबेसी पुल
१२. मानेडाँडा विद्यालय सडक/चोक, पिङखुरी
१३. गोगने विद्यालय सडक/चोक, पिङ्खुरी
१४. बराबोट चोक, भदौरे
१५. महांकाल थान, गागल
१६. पाङ्चेत बजार
१७. खाँडादेवी मन्दिर
१८. चोप्राङ विद्यालय सडक/चोक
१९. गाल्पा बजार
२०. भटौली पुल/मुगिटार चोक

थप स्थानमा क्यामेरा जडानसम्बन्धी व्यवस्था:
माथि उल्लिखित स्थानहरूबाहेक अन्य क्षेत्रमा पनि सि.सि. क्यामेरा जडान गर्न आवश्यक महसुस भएमा, सम्बन्धित स्थानीय समुदायले तल उल्लिखित सर्तहरू पूरा गरी आफ्नो वडा कार्यालय, गाउँपालिकाको कार्यालय वा अनलाइनमार्फत औपचारिक निवेदन १५ दिन भित्र पेस गर्न सक्नुहुनेछ।

गाउँपालिकाद्वारा उपलब्ध गराइने क्यामेरा जडानका लागि स्थानीय समुदायले अनिवार्य रूपमा निम्न पूर्वाधारहरूको व्यवस्था गर्नुपर्नेछ:

क्यामेरा राख्ने स्थान/खम्बा (Pole): मेटल, काठ वा बाँसको खम्बा, अथवा बस्तीको बीचमा पर्ने उपयुक्त घर, गोठ वा मतान।

विद्युत आपूर्ति: क्यामेरा सञ्चालनका लागि बिजुलीको भरपर्दो व्यवस्था।

इन्टरनेट सुविधा: इन्टरनेटको पहुँच उपलब्ध भएको स्थानलाई विशेष प्राथमिकता दिइनेछ।

निवेदन: कम्तीमा १० जना स्थानीय बासिन्दाहरूको हस्ताक्षरसहितको सामूहिक निवेदन।

अनलाईन फारामको लिन्कः
https://forms.gle/hGctqJh4Z326u6mr8

सूचना
21/08/2026

सूचना

18/08/2026

आ.व. २०८३/०८४को स्वीकृत संघीय सशर्त कार्यक्रमतर्फ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई दीर्घकालीन सेवाको स- सम्मान विदाईका लागि यस आ.व. बिदाई हुने महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको विवरण गाँउपालिकाले जनस्वास्थ्य कार्यालय रामेछापमा विवरण पठाउनुपर्ने हुँदा स्वास्थ्य शाखामा सम्पर्क गर्नु हुन अनुरोध छ।

नोट: राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम रणनीति २०६७ पहिलो संशोधन २०७६ अनुसार महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले ६० वर्षको उमेरपछि पनि स्वयंसेवा गर्न चाहेमा सरकारले उपलब्ध गराउने सेवा सुविधाहरु प्रदान गरिने छैन।

शैक्षिक उत्कृष्टताको सम्मान!शैक्षिक सत्र २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान तथ...
18/08/2026

शैक्षिक उत्कृष्टताको सम्मान!

शैक्षिक सत्र २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान तथा प्रमाणपत्र वितरण कार्यक्रमका केही झलकहरू।

उत्कृष्ट उपलब्धिका लागि हार्दिक बधाई तथा शुभकामना!

हार्दिक बधाई तथा शुभकामना! पालिका स्तरीय आधारभूत तह (कक्षा ८) वार्षिक परीक्षा–२०८२ मा तृतीय स्थान हासिल गर्न सफल श्री कृ...
18/08/2026

हार्दिक बधाई तथा शुभकामना!

पालिका स्तरीय आधारभूत तह (कक्षा ८) वार्षिक परीक्षा–२०८२ मा तृतीय स्थान हासिल गर्न सफल श्री कृष्ण माध्यमिक विद्यालय टिमु, (खाँडादेवी–७) ,लाई हार्दिक बधाई तथा शुभकामना।

यस उत्कृष्ट उपलब्धिका लागि विद्यालय परिवारप्रति हार्दिक बधाई व्यक्त गर्दै आगामी शैक्षिक यात्राको थप सफलताको शुभकामना!

कक्षा ८ को वार्षिक परीक्षा–२०८२ मा उत्कृष्ट नतिजा हासिल गरी द्वितीय स्थान प्राप्त गर्न सफल श्री बागेश्वरी आधारभूत विद्या...
18/08/2026

कक्षा ८ को वार्षिक परीक्षा–२०८२ मा उत्कृष्ट नतिजा हासिल गरी द्वितीय स्थान प्राप्त गर्न सफल श्री बागेश्वरी आधारभूत विद्यालय, खाँडादेवी–१, रामेछापलाई हार्दिक बधाई तथा शुभकामना।

विद्यालय परिवारको आगामी शैक्षिक यात्राको थप सफलताको हार्दिक शुभकामना!

Address

Khandadevi Rural Municipality
Ramechhap

Alerts

Be the first to know and let us send you an email when खाँडादेवी गाउँपालिका को आधिकारिक पेज खाडादेवी आवाज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to खाँडादेवी गाउँपालिका को आधिकारिक पेज खाडादेवी आवाज:

Shortcuts

Share