अञ्चल प्रहरी कार्यालय सगरमाथा, राजबिराज

  • Home
  • Nepal
  • Rajbiraj
  • अञ्चल प्रहरी कार्यालय सगरमाथा, राजबिराज

अञ्चल प्रहरी कार्यालय सगरमाथा, राजबिराज अपराध रहित समाजको सुनिश्चितता, नेपाल ?

12/09/2016

मिति २०७३/०५/२७ गते ।
जिप्रका सप्तरी
मिति २०७२\०५\२६ गते १८:३० बजेको समयमा जि.सप्तरी दोलतपुर १ स्थित उदयपुर कदमाह सडक खण्डमा कदमाह बाट उदयपुर तर्फ जादै गरेको स.७.प.१८०२ न.को.मो.सा ले.बिपरित दिशा बाट आउदै गरेको साइकल लाई ठक्कर दिदा साइकल चालक ऐ.ऐ दौलतपुर १ बस्ने गम्भिर आले को छोरा बर्ष २१ को केशब आले घाईते भएको निज लाई उपचारको लागी लाहान तर्फ पठाईएको अबस्था मध्यम मो.सा चालक जि.उदयपुर त्रि.न.पा. ११ बस्ने बर्ष २९ को इन्द्र देब चौधरी र मो.सा पछाडि सवार निजको श्रीमती अ.बर्ष ३३ कि रन्जना देबी चौधरी समेत सामान्य घाईते भएको निजहरुलाई उपचारको लागी लाहान तर्फ पठाएको मो.सा र साईकल प्र.चौ लक्ष्मीपुर को नियन्त्रणमा उक्त स्थान प्र.चौ लक्ष्मीपुर बाट १ कि.मि दक्षिण पर्ने ।
जिप्रका सोलु
आज मिति २०७३/०५/२६ गते अ.२०३० बजेको समयमा जि.सोलु तिङ्ला ८ छोरिनि खहरे खोलामा अबिरल बर्षाले खोलामा बाढि आइ सोलु-ओखलढुगा सडक अबरोध भएको ओ.ढु बाट सोलु तर्फ आउने ७/८ ओटा गाडि आउन नसकि तिङ्ला ८ बेलडांडा तर्फ फर्किएको उक्त स्थानमा प्रचौ केरुङबाट प्रसनि सहित ३ जनाको टोलि खटिइएको उक्त स्थन प्र.चौ केरुङ बाट अ.५ घण्टा पैदल उतर पुर्ब पर्ने
जिप्रका सोलु
आज मिति २०७३/०५/ २६ गते अ.२२०० बजे को समयमा जि.सोलु नेचाबतासे ७ र सल्यान ५ स्थितमा पर्ने खहरे खोला तर्ने क्रममा जि.सोलु सल्यान ५ बस्ने बर्ष ७६/७७ कि फुर्वाडोमा सेर्पा र निजकी छोरी बर्ष ३९ कि तेङजाम्बु सेर्पालाई खोलाले बगाएको भन्ने खबर प्राप्त हुना साथ इप्रका नेचा बाट प्रनानि सहित ५ जना को टोलि खटि गएको उक्त स्थान इप्रका नेचा बाट अ.५ घण्टा पश्चिम पैदल पर्ने बि.बि पछि जाहेर गरिने ।

09/09/2016

मिति २०७३/०५/२३ गते ।
जिप्रका सोलु
मिति २०७५/०५/२३ गते राति अ.२३०० बजेको समयमा जि.सोलु जुबु ०२ काउले बस्ने नर ब.राइ (बैदेशिक रोजगारको लागि गएको) को श्रीमति बर्ष अ.२२ कि राम कुमारि राइको घरमा ऐ.ऐ बस्ने बर्ष ३५ को बुद्दी बहादुर राइ बिच बाद बिबाद भइ हातपात गर्न खोज्दा राम कुमारि राइ ले निजलाइ खुकुरि प्रहार गरि टाउको पछाडि पटि,तिग्रा,दाहिने पाखुरामा काटेको , बाया पट्टिको कान काटि घुन्डिइएको अबस्थामा रहेको निज राम कुमारि राइकै घरमा स्थानिय स्वास्थ्य चौकिको डाक्टर बोलाइ प्राथमिक उपचार भइरहेको अबस्था गंम्भिर थप उपचार्थ लागि जिल्ला अस्पताल फाप्लु तर्फ ल्याउदै गरेको राम कुमारि राइ प्रहरि को नियन्त्रणमा प्रहरि लाइ खबर प्राप्त समय २३०५ बजे प्रहरी पुगेको समय ऐ.०२४५ बजे घटना स्थलमा प्रचौ सुकेपोखरी बाट प्र.ह. को कमाण्डमा तिन (३) जनाको टोलि खटिइएको उक्त स्थान प्रचौ सुकेपोखरी बाट ३ घण्टा पैदल दक्षिण पर्ने बि.बि. पछि जाहेर गरिने ।

08/09/2016

मिति २०७३/०५/२३ गते ।
जिप्रका सप्तरी
मिति २०७३\०५\२२ गते १९०० बजेको समयमा जि.सप्तरी रा.बि.न.पा १० बस्ने इस्लाम मियाँको छोरा बर्ष १७ को मोहम्द फिरोज मियाँ नयाँ बन्दै गरेको आफ्नै घरको छतमा चढी पर्खालमा पानी लगाउने क्रममा अचानक छत बाट (अ. १०\१२ फिट ) बाट भुईमा लडी घाईते भएको घाईतेको टाउको र छातिमा चोट अबस्था गाम्भिर अंञ्चल अस्पतालमा सामान्य उपचार पश्चात सुबिधा सम्पन्न अस्पताल धरान तर्फ पठाईएको अन्य.बि.बि पछि ।
मिति २०७३/२/२३ गते ०२,०० बजे को समयमा जिल्ला सप्तरी कुसाहा ६ स्थित पर्ब पस्चिम राजमार्गमा रहेको पुलको मुखमा काकरभिट्टा बाट जनकपुर तर्फ गएको ना३ख३४८१ नम्बर को मुनाल यातयात पुलमा ठोकिदा अगाडीको चक्का ठोकिई बाङ्गिएको कोहि कसैलाई केहि नभएको बाटो एकतर्फि सुचारु गाडी घटनास्थलमा निकाल्ने पहल भईरहेको ।

04/09/2016

मिति २०७३।०५।१८ गते ई.प्र.का.मिर्चैयाको कमला खोलाले मान्छे बगाई लगेको सम्बन्धि टिपोट
मिति २०७३।०५।१८ गते अः१७;२० बजेको समयमा जिल्ला सिरहा वडहरामाल १ स्थित उत्रेणि भन्ने ठाउमा जनकपुर उप-महानगरपालिका स्थित रहेको मिथिलाकल्व जनकपुर बाट पिकनिक खान आएकोमा जिल्ला सिरहा घर भइ हाल जनकपुर स्थित रमानन्द चोकमा मोबाइल पसल गरी बस्ने अःवर्ष २६ को प्रमानन्द राउत कमला खोलामा पौडी खेल्ने क्रममा हराई बेपता भएको खबर ईप्रका मिर्चैयामा १७;३० बजे प्राप्त हुना साथ ईप्रका मिर्चैया बाट प्र.नि.को कामाण्डमा १० जनाको टोलि खटिगइ खो.त. कार्य भईरहेको घटना स्थल ईप्रका मिर्चैया बाट अः१९ कि.मि पश्चिम उतर पर्ने अन्य बि.बि. पछि

02/09/2016

ई.प्र.का.भारदह सप्तरी
मिति २०७३/०५/१७ गते अ. ०४४५ बजेको समयमा जि.सप्तरी भारदह १ कोशी ब्यारेजको छेउ राजमार्गमा के कुन सवारी साधनले ऐ.ऐ. बस्ने उपेन्द्र रामको छोरी अ. बर्ष १२ की बबिता कुमारी रामलाई ठक्कर दिदा बबिता कुमारी रामको घटना स्थलमा नै मृत्यु भएको भन्ने खबर ऐ ०५१५ मा प्राप्त हुना साथ ई.प्र.का.भारदह बाट प्र.ना.नि.को कमान्डमा टोली खट्टी गएको बाटो अबरोध नभएको अन्य बि.बि. अनुसन्धान भईरहेको घटना स्थल ई.प्र.का.भारदह बाट ४ कि.मि. पुर्व पर्ने ।

01/09/2016

जिप्रका खोटाङ
मिति २०७३/०५/१६ गते बिहान १०४० बजेको समयमा ईप्रका हलेसी बाट प्रनानि भिम ब.बस्नेत को कमाण्डमा खटी गएको ५जना को टोलीले माहादेव २ र ३ मा अबैध रुपमा लगाई राखेको अ.२५ रोपनी जग्गामा लगाएको अ.३९४० गाजाको बोट फडानी गारी ऐ.१८०० बजे का.मा फर्की आएको ।

01/09/2016

जिप्रका उदयपुरको सवारी दुर्घटना सम्बन्धी टिपोट
मिति २०७३।५।१५ गते अं. १३३० बजेको समयमा जि.उदयपुर त्रिनपा ११ स्थति चौध किलो भन्ने स्थान धरानबाट गाईघाट तर्फ आउदै गरेको को. १ ख. ४२०९ र गाईघाटबाट बिराटनगर तर्फ जादै गरेको ना ५ ख ४३६३ नम्बरको बस एक आपसमा ठक्कर खाँदा ४ जना सामन्या घाईते भएको घाईतेहरु मध्ये १ जना लहान गएको र अन्य स्थानिय किल्निकमा उपचार गराई आफ्नो गन्तब्य तर्फ गएको दुबै चालक प्रहरी नियन्त्रणमा दुबै गाडि घटनास्थलमा उक्त स्थानमा प्रचौ लालपत्ता बाट प्रसनिको कमाण्डमा ५ जना खटिएको ,उक्तस्थान प्रचौ लालपत्ताबाट ५०० मिटर पश्चिम पर्ने । बि.बि. पछि जाहेर गरिने ।
निम्न घाईतेहरु
१) जि. सुनसरी ईटहरि बस्ने जिबन बजगाईको टाउकोमा चोट उपचारको लागी लहान गएको ( ना ५ ख ४३६३ नम्बरको बस साहुजी )
२) जि उदयपुर गाईघाट बस्ने बर्ष ३६ को राम कुमार चौधरीको खुट्टा,टाउकोमा चोट स्थानिय किल्निकमा उपचार गराई गन्तब्य तर्फ गएको
३) ऐ.ऐ. बस्ने बर्ष ५६ को ह्रदय नारायण चौधरीको खुट्टा,टाउकोमा चोट स्थानिय किल्निकमा उपचार गराई गन्तब्य तर्फ गएको
४) जि.सप्तरी सारश्वर ३ बस्ने बर्ष ६० की बसिरनलप खातुन खुट्टामा चोट स्थानिय किल्निकमा उपचार गराई गन्तब्य तर्फ गएको

29/08/2016

मिति २०७३।०५।१३ गतेको टिपोर्टहरु
ई.प्र.का. लहान सिरहा:-
मिति ०७३।०५।१२ गते अं.१६०० बजेको समयमा जिल्ला सप्तरी मल्हनिया ३ घर भई हाल सिरहा लहान नपा १ स्थितमा डेरा गरी बस्ने बर्ष २६ को पशुपती चौधरीलाई ऐऐ बस्ने बर्ष २६ को बिक्रम गुप्ताले के-कुन कारण चक्कु प्रहार गरी घाईते बनाई स्थानिय क्लिनिकमा उपचार भई रहेको, अवस्था सामान्य, चक्कु प्रहार गर्ने मानिस फरार, खोत कार्य भई रहेको, घटनास्थल ईप्रका. लहानवाट २ किमी पश्चिम दक्षीण पर्ने ।
ईप्रका कडोरवना सप्तरी
मिति २०७३।०५।१२ गते १७३० बजेको समयमा जि.सप्तरी बनरझुला ४ बस्ने अ बर्ष ४० को रमा ठाकुरले आफ्नै भाई बुहारी अम्बिका ठाकुर लाई बोक्सीको आरोप लगाई निजको भाई बर्ष ३८ को हरिदेब ठाकुर,बुहारी अम्बिका ठाकुर र भतिजी वर्ष १८ की प्रभा ठाकुरलाई कुटपिट गरी घाईते बनाएको ,तीनैजनाको टाउकोमा चोट ,उपचारको लागि लहान तर्फ पठाएको,कुटपिट गर्ने रमा ठाकुर फरार खो.त भईरहेको ,उक्त स्थान यस का.बाट ७ कि.मी पूर्व पर्ने
जिप्रका सोलु
आज मिति २०७३/०५/१२ गते अ.१६.४५ बजेको समयमा जि.सोलु नेचाबतासे ४ बस्ने बिस्णु राईको ३ तले ढुगांको छाना भइको घरमा चट्याङ परि आगलागि हुदा घर,घरभित्र रहेको नगद ३,००० सुन आधा तोला मोबाईल थाम २ ,अन्नपात समेत गरि अ.६,७०,००० बराबर को क्षेति भएको उक्त चट्याङमा परि ऐ.बस्ने मामाघर आएको बर्ष ३० को शिबराज राई लाई ठाउकोमा सामान्य चोट लागि उपचारको लागि मिसन अस्पताल ओखलढुगां पठाईएको उक्त आगो ऐ.१८.२० बजे प्रहरी,स्थानियको सहयोगमा नियन्त्रणमा आएको उक्त स्थानमा इ.प्र.का.नेचा बाट प्र.स.नि.को.कमान्डमा ७ जना को टोलि खटि गएको उक्त स्थान इ.प्र.का.नेचा बाट १ घण्टा ३० मिनेट पस्चिम पैदल पर्ने
मिति २०७३।०५।१२ गते अ.१७३० बजेको समयमा जि.सोलु दुधकुण्ड न.पा.३ (तिन) बिसुगे जंगलमा गाई बस्तु चराउन गएका ऐ. बस्ने बर्ष ३५ को प्रेम रेग्मि मगर लाई भालुले टोकि रहेको देखि निजको साथि ऐ. बस्ने बर्ष ५० को बिर ब.मगरले छुट्याउन खोज्दा निज समेतलाई टोकि घईते भई टाउकोमा चोट लागेको प्रेम रेग्मि मगरको अबस्था गम्भिर र अर्को सामान्य उपचारार्थ जिल्ला अस्पताल फाप्लु अस्पाताल पठाएको उक्त स्थान अ.प्र.चौ. तामाखानिबाट १ घण्टा ३० मिनेट पैदल उतर पर्ने बि.बि. पछि जाहेर गरिने ब्यहोरा सादर जाहेर (०)

जिप्रका ओ.ढु.
मिति २०७३/५/१२ गते १७०० बजेको समयमा जि.ओ.ढु.रातमाटे ७ स्थितमा पानी संगै परेको चट्याङले लागि ऐ. बस्ने केदार खत्रीको छोरा बर्ष अ.१४ को सुजन खत्री र ऐ. बस्ने बर्ष ८४को असुधन राई आफ्नै घरमा बसिरहेको अबस्थामा चट्याङले लागि मृत्यु भएको र ऐ. बस्ने अ. बर्ष ४५ को भिम बहादुर खत्री ,बर्ष १२ को कुमार खत्री ,बर्ष ५० की सन्ध्या खत्री ,बर्ष १६ को युबराज खत्री बेहोस,मृतक लास आ आफ्नो घरमा घट्नाश्थल प्रचौ खानिभन्ज्याङ बाट ५ घण्टा पैदल उत्तर पर्ने घट्नास्थलममा बिसुगार्ड रुम्जाटार बाट प्रहरी टोली खटी गएको वि.वी.पछी ।
जिप्रका खोटाङ
मिति २०७३/५/१२ गते बिहान ०७०० बजे ईप्रका हलेशी बाट प्रसनी राम प्रसाद शर्माको कमाण्डमा खटिएको गस्ती टोलीले महादेवस्थान ९ मा लगाएको अ.४ रोपनी जग्गामा लगाएको अबैध गांजा ४४० बोट नष्ट गरी १९०० बजे टोली कार्यालयमा फर्किएको वि.वी. पछी ।
ईप्रका कंचनपुर सप्तरी
मिति २०७३/५/१२ गते १६३० बजेको समयमा जि.सप्तरी त्रिकोल ९ बस्ने रामकुमार मण्डलको छोरी बर्ष १३ कि सन्तो५षी मण्डल घर छेउ नजिकै रहेको सार्बजनिक पोखरीमा भैसी चराउने क्रममा पोखरीमा डुबी मृत्यु भएको भनी अ.प्र.चौ.त्रिकोलमा खबर प्राप्त हुन साथ प्र.स.नि.को कमाण्डमा ४ जनाको टोली खटी गएको मुचुल्काको लागी यस का.बाट प्रनानि को कमाण्डमा पछी जाहेर गरिने ।५ जनाकको टोली खटी गएको घट्ना स्थल अ.प्र.चौ.त्रिकोल बाट ५ कि.मी.दक्षिण पर्ने वि.वि.

29/08/2016

ईप्रका लहानको झै झगडा सम्बन्धी टिपोर्ट:-

मिति २०७३।५।१२ गते अं. २१:३० बजेको समयमा जि.सी ल.न.पा.२२ स्थितमा ऐ बस्ने जय नारायण यादब र छिमेकी ऐ बस्ने सत्य नारायण ठाकुर बिच एक आपसमा बादबिबाद भई झै झगडा हुदा निम्न मानिसहरु घाइते भएकोले निजहरुलाइ उपचारको लागी निम्न स्थानमा पठाइएको, झगडामा सम्लग्न निम्न मानिस हरुलाइ नियन्त्रणमा लिई यस का. मा राखिएको उक्त स्थान यस इप्रका लहानबाट अं.३।४ कि मि पस्चिम उत्तर पर्ने ।

ल.न.पा.२२ बस्ने बर्ष ४० कि आधारवती देबी ठाकुर टाउकोमा चोट ,
ऐ बस्ने बर्ष ४२ को सत्य ना. ठाकुर टाउको हात खुट्टामा चोट ,
ऐ बस्ने बर्ष १९ को ओम प्रकास ठाकुर टाउकोमा चोट, तिनै जनाको अबस्था गम्भिर उपचारको लागी नोबेल बिराटनगर पठाइएको ।

ऐ बस्ने बर्ष ५५ कि रामवतीदेबी यादब सामान्य घाइते भई रा.उ. अस्पताल लहानमा उपचार भइ रहेको अबस्था सामान्य ।

झगडामा सम्लग्न ऐ. बस्ने जय ना. यादब र पतिराम यादब यस का. को नियान्त्रणमा ।
खबर प्राप्त २१:४० बजे
प्रहरी पुगेको समय २१:५०( इप्रका लहानबाट प्रनानि समेत ७जना)

28/08/2016

सु.बे.क्याम पत्थरगाढा सप्तरी

मिति २०७०\०५\१२ गते अ. १०:४५ बजेको समयमा जि.सप्तरी कटैया ७ स्थित नहरमा पश्चिम बाट र्पुब तर्फ जादै गरेको स.६ प. ९२६२ न.को मो.सा.ले ऐ.ऐ ६ बस्ने लालले खङ्र मण्डल को छोरी बर्ष ८ कि आशा कुमारी मण्डल लाई ठक्कर दिई घाईते बनाएको घाईते को स्थानिय क्लिनिक पत्थरगाढा मा उपचार भई रहेको अबस्था सामान्य मो.सा चालक जिल्ला सप्तरी बसबिट्टी ६ बस्ने बर्ष अ.२५\२६ को उमेश कुमार रजक घाईते भएको निजको टाउको मा चोट अबस्था गम्भिर निजको स.अ.अ रा.बि मा उपचार भईरहेको मो.सा पछाडि सवार ऐ.ऐ बस्ने १८\१९ को महेश कुमार रजक सामान्य घाईते भएको निजको स्थानिय क्निनिक पत्थरगाढा मा उपचार भईरहेको मो.सा.सु.बे.क्याम पत्थरगाढाको नियन्त्रणमा उक्त स्थान यस.का.बाट ३\४ कि.मि पुर्ब पर्ने । अन्य बि.बि पछि जाहेर गरिने
खबर प्राप्त १०:४५ बजे
प्रहरी पुगेको समय ११.०० बजे
प्र.ना.नि को कमाण्डमा ६ जना

ऐ.१२४० बजे मो.सा.चालक उमेश कु.रजक लाई थप उपचारको लागि धरान घोपा लाने क्रममा बाटोमा नै मृत्यु भएको ।

ई.प्र.का. लहान सिरहा:-
मिति-०७३।०५।१२ गते अं.१२१० बजेको समयमा जिल्ला सिरहा लहान नपा १ स्थित गोपाल सेवा सदनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपती शमशेर ज.व.रा. को प्रमुख आतिथ्यमा माननिय भुमी सुधार मन्त्री बिक्रम पाण्डे, पुर्व प्र.म.नि. धुब्रबहादुर प्रधान, पुर्व मन्त्री सुनिल थापा र पुर्व मन्त्री डा. प्रकाशचन्द्र लोहनी समेतको उपस्थितीमा कार्यकर्ता भेटघाट तथा पार्टी सुदृढीकरण कार्यक्रम अं.१०० जनाको संख्यामा सुरु भएको, उक्त स्थानमा ईप्रका. लहानवाट नि.कार्यालय प्रमुख प्र.नि. पाँचु चौधरी समेत २० जनाको टोली खटिएको, उक्त कार्यक्रम स्थल ईप्रका. लहानवाट २ किमी पश्चिम पर्ने।

26/08/2016

ई.प्र.का.लहानको रयालि सम्बन्धिको टिपोर्ट

मिति २०७३।५।१० गते अ.१३:२५ बजेको समयमा जिल्ला सिराहा लहान न.पा. ७ स्थित पशुपति उ.मा.बि.को प्राङ्गणबाट जल उत्पन्न प्रकोप डिभिजन कार्यालय लहानका ईन्जिनियर देवनन्दन मण्डललाई पुर्व मन्त्रि बिश्चनाथ साहले सरकारी कामकाजको शिलशिलामा घरमा बोलाई करकापमा पारी धाकधम्कि समेत दिएको भन्ने मिति २०७३।५।८ गतेको प्रकाशित कान्तिपुर राष्ट्रिय दैनिकमा झुट्टा आरोप लगाइको बिषय लाई लिएर ईन्जिनियर देवनन्दन मंण्डल लाई कार्वाहिको माग राखि ने.क.पा. मओवादि पार्टि द्वारा उक्त पार्टिका जिल्ला अध्यक्ष हरिनाराण चौधरीको नेतृत्वमा अ.१५०।१६० को संख्यामा "झुट्टा जाहेरी खारेज गर, भ्रष्ट ईन्जिनियर देवनन्दन मण्डललाई कार्वाहि गर" भन्ने नारा स्वरुप बिरोधन र्‌यालि निकालि बजार परिक्रमा गरिरहेको, उक्त स्थानमा यस ई.प्र.का.लहान बाट प्र.नि.कबिर प्रधानको कमाण्डमा २० जनाको टोलि खटिएको, उक्त स्थान यस कार्यालय बाट १ कि.मी. उत्तर पर्ने, बि. बि.पछि ।

22/08/2016

मिति २०७३/०५/०६ गतेको टिपोर्ट
ईप्रका कडोरबोना सप्तरी
मिति २०७३।०५।०५ गते अँ.१६४० बजेको समयमा जि. सप्तरी खोजपुर ८ स्थित राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको स.४ प.६८४९ न. को मो.सा.लाई ऐ.दिशा तर्फ जादै गरेको बा ३ ख ८६२९ न.को.माईक्रो बस ले ठक्कर दिदा मो.सा.चालक जिल्ला सप्तरी धनगढि गा.बि.स.वडा न.७ बस्ने बर्ष अन्दाजि ४० को राजदेब यादब को टाउको र खुट्टा मा चोट तत्काल को अबस्था गम्भिर उपचार को लागि न्युरो अस्पताल बिराटनगर पठाईएको ठक्कर दिने माईक्रो ,माईक्रो चालक र मो.सा.यस का को नियनत्रणमा उक्त स्थान मा प्र.ना.नि.गोकर्ण कार्कि को कमाण्डमा ७ जनाको टोली खटिगएको उक्त स्थान यस का बाट ४ कि.मि.पुर्ब पर्ने
जिप्रका सोलु
मिति २०७३।०५।०५ गते जि.सोलुखुम्बु देउसा गा.बि.स. वार्ड नं २ बस्ने लाल कुमार राई को अबिरल बर्षा सगै आएको चट्याङले मृत्यु भएको निजकै छोरि बर्ष ३ कि नाम नखुलेकि बेहोस भएकि भन्ने खबर प्र.चौ.नेले सोलुमा ऐ.ऐ.बस्ने धुर्ब कुमार दाहालले १८३० बजे गर्न साथ प्र.चौ.नेलेबाट प्र.ना.नि को कमाण्डमा ५ जनाको टोलि खटि गएको उक्त स्थान प्र.चौ.नेलेबाट ४।५ घण्टा पैदल पुर्ब पर्ने बि.बि. पछि जाहेर गरिने ब्यहोरा सादर जाहेर (०)
ईप्रका कञ्चनपुर सप्तरी
मिति २०७३।०५।०५ गते १६३० बजेको समयमा जि.सप्तरी कनपा ४ स्थितमा अबिरल बर्षाका कारण परेको चट्याङले ऐ वस्ने बर्ष ६० की लक्ष्मी मुखियाको घरमा चट्याङ परी निजको घटनास्थलमै मृत्यु भएको र निजको नाती वर्ष ७/८ को देवा मुखिया वेहोस भएको खबर प्राप्त हुनसाथ यस का.बाट प्रहरी टोली घटना स्थलमा खटि गएको ,घाईतेको स्थानिय अस्पतालमा उपचार भई रहेको घटनास्थल यस का.बाट ३ कि.मी उत्तर पर्ने।
जिप्रका खोटाङ
मिति २०७३।०५।०५ गते १७०० बजेको समयमा जि.खोटाङ बुईपा २ बस्ने बर्ष ६८/६९ को सुकमान राई घरबाट अ.२० मिटर पर पटमिराको रुखको हागामा झु.आ.ह गरेको खबर प्राप्त हुनसाथ प्रचौ बुईपाबाट प्रहको कमाण्डमा ३ जनाको टोली खटि घटनास्थल सुरक्षित राखेको ,अन्य कानुनी प्रकृयाको लागि ५/६ गते प्रनि को टोली खटि जाने,घटनास्थल प्रचौ बुईपाबाट १ घण्टा पूर्व पैदाल दुरीमा पर्ने।

Address

Saptari
Rajbiraj

Alerts

Be the first to know and let us send you an email when अञ्चल प्रहरी कार्यालय सगरमाथा, राजबिराज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to अञ्चल प्रहरी कार्यालय सगरमाथा, राजबिराज:

Share