31/05/2026
मधेश प्रदेशमा के भइरहेको छ,
प्रदेश सरकारले के काम गरिरहेको छ,
कुन योजना सफल भए,
कुन असफल भए-
यसबारे आम नागरिकको चासो अपेक्षाकृत कम देखिन्छ।
हामी प्रायः केन्द्रको राजनीति,
कसले के भन्यो,
कसले कसलाई आलोचना गर्यो भन्ने बहसमै अल्झिन्छौँ।
तर एउटा प्रश्न आवश्यक छ-
प्रदेश सरकार बनेको यति वर्षमा
शिक्षा, स्वास्थ्य, कृषि, रोजगार,
सिंचाइ र पूर्वाधारमा
ठोस रूपमा के उपलब्धि हासिल भए?
लोकतन्त्रमा अधिकारसँगै
नागरिकको चासो र निगरानी पनि आवश्यक हुन्छ।
केन्द्रलाई प्रश्न गरौँ,
तर आफ्नै प्रदेशलाई पनि प्रश्न गरौँ।