मधेसवाणी

मधेसवाणी Social Work

17/08/2025

👉 मधेसको आवाज 👈

मधेस धानको भकारी, श्रमशक्ति, संस्कृतिको गहना हो । तर आज यस धर्तीको सन्तानहरू भ्रष्टाचारको दलदलमा डुबिरहेका छन् ।

⛓️ विकासका नाममा बजेट आउँछ, तर सडकमै हराउँछ ।
⛓️ रोजगारका अवसर सृजना हुने सपना देखाइन्छ, तर जागिर पैसाले किनबेच हुन्छ ।
⛓️ किसान पसिना बगाउँछन्, तर मल–बीउमा पनि भ्रष्टाचारकै खेल हुन्छ ।

सपना देखाउनेहरू नै सपना चोर्ने काम गर्दैछन् ।
मधेसको आँसु आज “विकास” भन्दा बढी “भ्रष्टाचार” बाट बगिरहेको छ।

अब समय आएको छ —
✊ आवाज उठाउने,
✊ असमानता तोड्ने,
✊ र भविष्यको पुस्तालाई शुद्ध समाज हस्तान्तरण गर्ने ।

👉 भ्रष्टाचारलाई मौन समर्थन गर्नु नै अर्को अपराध हो ।
आउनुहोस्, मधेसलाई फेरि इमानदारी, श्रम र विश्वासको पहिचान दिलाऔं ।

16/08/2025

रामायण/महाभारत र कौटिल्यको अर्थशास्त्र तथा बुद्धको त्रिपिटक, फाहियान र हुएन साङको यात्रा वृत्तान्तमा उल्लेख भएका जनकपुर मिथिला, कोशल र कोल राज्यको अस्तित्वलाई स्वीकार गरेको पाइन्छ। मिथिला नरेश शिरध्वजकी धर्मपुत्री जगत् जननी जानकीको विवाह कोशल नरेश दशरथ नन्दन श्रीरामसँग भएको थियो। महाभारतका अनुसार व्यास पुत्र सुकदेव, श्रीकृष्ण र अर्जुन राजा जनकसँग शिक्षा-दीक्षा ग्रहण गर्न आएका थिए। युरोपेली इतिहासवेत्ता जसले भारत र नेपालका इतिहास सर्वप्रथम खोजबिन गरी लेखेका हुन्- तिनीहरूले कोशल, कोल, मिथिलाका अस्तित्व स्वीकार गरेका हुन्।

गण्डक तीरमारम्भ चम्पाणन्त के शिवे।

विदेह भूः समाख्याता तीर भूकत्थामिघ सतु।। शक्ति सङ्गमतन्त्र

गङ्गा हिमवतोमध्ये नदी पन्चदशोत्तरे।

तिरभुक्ति व्याप्तो देश परम् पावन : बृहत् विष्णु पुराण

सतपथ, ब्राहृमण- तिरभुक्ति भनेको तीन नदीबीच- गण्डकी, गङ्गा र कोसी

सादानीरा-हिमालबाट निस्केको गण्डकी र कोसी नदी वर्षभरि पानी भएको नदी।

पाँचौँ शताब्दीमा चिनियाँ यात्री फाहियान तथा सातौँ शताब्दीमा यात्रा गरेका हुएन साङले आˆना यात्रा वृत्तान्तमा मधेस भनेको मझिमदेश उल्लेख गरेका हुन्। क्षेत्रफल चार हजार 'ली' अर्थात् ६६७ माइल लामो क्षेत्रफलमा फैलिएको छ। कौटिल्य अर्थशास्त्रअनुसार बीस साना-ठूला राज्यको अस्तित्व थियो, जस्तै काशी वाराणसी बत्स-कौशाम्वी, बज्जी-वैशाली-विदेह मिथिला, कोशल-श्रावस्ती-फैजावाद, मल्ल-कुशावती -देवरिया), कठ-रावी-व्यास नदीको साँकल, गान्धार, तक्षशिला, पान्चाल, कुरु मत्स्य, अङ्ग मगध, राजगृह/कुसुमपुर आदि।

मिथिलाको सङ्क्षिप्त इतिहास : सप्त सैन्धव सभ्यताको विनाशपछि माधवाविदेह आˆना कुलगुरु गौतम ऋषिसँग गण्डकीको पूर्व र कोसीभन्दा पश्चिम हिमालभन्दा दक्षिण र गङ्गाको उत्तरी भागमा विदेह मिथिला राज्य स्थापित गरेका थिए। प्रायः मान्छेले निमी राजषिर्को मृत शरीर मन्थनबाट प्रकट मिथि नरेशको नाउँमा मिथिला राज्य स्थापित भएका कथा भन्ने गर्छन्। तर, माधवा विदेहको चौबीसौँ पुस्तामा राजा नेमी जन्मेका थिए। सायद त्यही नेमी ऋषिको छोटो नाम 'ने'बाट नेपाल बनेको हुन सक्छ। कौटिल्यको अर्थशास्त्रअनुसार- बृहद्रथ पुत्र जरासङ्घले मगध राज्य स्थापना गरेका थिए जसको राजधानी राजगृह थियो। ५४५ ईपूमा विम्बसार मगधका राजा थिए।

विम्बसारको हत्या गरी निजका छोरा अजात सुत्र मगधका राजा भए तथा पाटली पुत्र नगर बसाएका थिए र आˆना मन्त्री वर्षकारका सल्लाहमा वैशालीसहित तिरहुत राज्य समेतलाई आˆनो कब्जामा लिएका थिए। विम्बसारको सालो कोशल नरेश प्रसेनजित थिए। यिनी पछि राजगद्दीका लागि झैझगडा उत्पन्न भएपछि केही पराजित क्षत्रीयहरू कपिलवस्तु र कोल राज्य स्थापित गरी शासन गर्न थाले। यी सबै कथा हुन्- ईसाभन्दा पूर्वका।

'नेपाल' राज्यका उत्पत्तिको सन्दर्भमा 'ने' मुनिको नाममा नेपाल ऊनको घर भएको नेपाल, पवित्र गुफा भएको देश नेपाल आदि अनेकाँै दन्त्यकथा प्रचलित छन् तर रामायण, महाभारत हिन्दु धर्मग्रन्थअनुसार श्रीकृष्णले कटवालडाँडालाई काटी उपत्यकाको पानी निकासपछि यहाँ मान्छे बस्ने भएको थियो, तिनीहरू नै गोपालवंशी वा आभिरवंशी थिए। पछि उत्तर-पूर्वबाट किराती प्रवेश गरे तथा तिनीहरूले लामो समयसम्म शासन गरेको पाइन्छ। सम्राट चन्द्रगुप्त मौर्यले वैशाली लिच्छविमाथि आधिपत्य कायम गरेपछि पराजित राजपूत क्षत्रीयहरू किरातीलाई परास्त गरी लिच्छवि शासन कायम गरे। मानदेव प्रथम ऐतिहासिक राजा कहलिए। नेपाल भनेको चार भन्ज्याङभित्रको क्षेत्र थियो। वैशालीबाट आएका हुँदा यिनीहरू लिच्छवि कहलिएका हुन्। तिरहुत-वैशालीअन्तर्गत थियो र क्षेत्र पूर्णरूपेण खाली थियो। यस्तो अवस्थामा कनार्ट वंशी नान्यदेवले डोय तिरहुत राज्य स्थापित गरी सिम्रौनगढमा राजधानी बनाए। हरिसिंह देवको पालामा बङ्गालका शासक गयासुद्दीन तुगलक मुसलमानले सिम्रौनगढमाथि हमला गरी हरिसिंह देवलाई लखेट्दै काठमाडौंमाथि हमला गरे। हरिसिंहदेवकी छोरीसँग जयस्थिति मल्लको बिहे भयो। अरी राजा

कुस्ती -मल्ल युद्ध) खेलिरहेको अवस्थामा छोरा जन्मेको सुनेकाले मल्ल उपाधि धारण गरेको किंवदन्ती छ। यक्ष मल्ल बलशाली एक प्रतापी राजा थिए तर तिनको निधनपछि तिनका छोराहरूले नेपाल उपत्यका राज्यलाई चार टुक्रामा विभाजित गरे।

उपत्यकाबाहिर पश्चिमतर्फ बाइसे-चौबीसे राज्य थियो। चौबीसे राज्यको मुख्य गढ कणर्ाली थियो। पन्जाव प्रान्तअन्तर्गत 'कठ' गणराज्य थियो। मुसलमान र विधर्मीको आक्रमणपछि उत्तराखण्ड, हिमाञ्चल, जम्मुतवी हुँदै यिनीहरू कणर्ाली प्रदेशमा प्रवेश गरेका थिए। नागचलले 'खस' राज्य स्थापना गरेका थिए। पाल्पामा सेन वंशीहरू थिए। तनहँु, पर्वत, कास्की, अर्घाखाँचीमा सेन वंशीकै सखा सम्बन्धी थिए। सेन वंशी भारतको बङ्गाल प्रान्तबाट भागेर आएका थिए। त्यस्तै, लमजुङमा मेवाड राजपुतनाबाट भागेर आएका इचामिचा खानको राज्य थियो। पछि द्रव्य शाहले गोरखा राज्य स्थापित गरेका थिए। मकवानपुर पनि लोहित सेनको राज्य थियो। चौदन्डी र विजयपुरमा किरातीको वर्चस्व थियो। यसप्रकार हिमालमा किराती, पहाडमा खसको वर्चस्व र सत्ता कायम भएको कुरा इतिहासमा अङ्कित छन् तर मधेसमाथि पृथ्वीनारायण शाहलगायत कसैले शासन गरेको देखिँदैन। भारतमा एक हजार ईताका मोहम्मद गजनबीको आक्रमण सुरु भएपछि अचेलको विहार र उत्तरप्रदेशबाट धर्म रक्षार्थ मानिस चुरे पर्वतका फेदीमा रहेको चारकोसे

जङ्गलआसपास सुरक्षित बसोबास सुरु गर्न थाले। सिसोदिया वंशको अन्त्यकालसम्म मेवाड, राजस्थान, उदयपुरका क्षत्राणी आवश्यक अङ्गरक्षक, दास-दासीसहित हालको नेपाल जङ्गल प्रवेश गरेका थिए। त्यही कालान्तरमा थारू समुदाय कहलिएका हुन्, जो पश्चिम तराईमा

बहुसङ्ख्यक छन् भने तराईका सबै जिल्लाका उत्तरी भागमा बसोबास गर्छन्। चितवन जो भित्री मधेस कहलाउँछ, थारूको वर्चस्व थियो तर अचेल खस बहुल र छिहत्तराँै जिल्ला भनेर चिनिन्छ। नेपालभन्दा बढी थारू विहारको उत्तर-पश्चिमी जिल्ला नरकटिया गन्ज र युपीको छितौनीदेखि गोरखपुरसम्मको जनपदमा बसोबास गर्छन्। यिनीहरू विधानसभा र संसद्मा पनि प्रतिनिधित्व गर्छन्।

रत्न मल्लको समयमा तामाको पैसा ढाल्नका लागि मुसलमान नेपालमा प्रवेश गरेका थिए। त्यस्तै, महीन्द्र मल्लको शासनकालमा चाँदीको रूपियाँ, मोहर, सुकी, पैसा ढाल्न थप मुसलमानको प्रवेश भएको उल्लेख छ। प्रताप मल्लका पालामा इसाईले -दूरबिन) टेलिस्कोप उपहार दिएर उपत्यकामा बास बस्न थाले, जसलाई पृथ्वीनारायण शाहले धपाएका थिए। पृथ्वीनारायण शाहको पूर्वी नेपाल विजय र बहादुर शाहको पश्चिम विजयबाट बृहत् नेपालको निर्माण भयो। अङ्ग्रेजहरूको १८०१ ईको सन्धिअनुसार तराईका जङ्गललगायतका भू-भागबाट नेपालले कर उठाई बुझाउनुपर्ने, अबध नबाबको बुटवल स्युराज

-परासी) रामनगरको-चितवन, बेतियाअन्तर्गत पर्सा-बारा, शिवहर-परसोनी राजाअन्तर्गत रौतहट-सर्लाही, दरभङ्गा राज्यअन्र्तगत महोत्तरी-सप्तरी थियो। १८१६ ईको सुगौली सन्धिले वर्तमान नेपालको स्वरूप प्रदान गर्‍यो, जो १८६० ईको सन्धिबाट पूर्णता पायो।

के पनि बुझ्नुपर्छ भने तराई भनेको नेपालमा मात्र होइन यो एक किसिमको माटोको नाम हो। तराई भू-भागको भौगोलिक नाम हो। मान्छे जनसङ्ख्या आवादीको नाम मधेसी हो।

असहमति नेपालको दक्षिण भूमीलाई तराई र मधेस भनिए पनि तराई र मधेस पर्याय शब्द होइनन । तराईमा बस्ने आदिवासी थारुहरु तराईलाई मधेस बनाउनु षडयन्त्र ठान्छन । मधेस स्थानबोचक हुँदो हो त त्यस क्षेत्रमा बस्ने सबै मधेसी हुनुपर्ने तर मधेसी एक जातिगत समुदाय मात्र हो ।

https://bahujanaawaj.com/?p=5965
07/09/2023

https://bahujanaawaj.com/?p=5965

सर्पको टोकाइबाट सुत्केरीसहित दुई महिलाको मृत्यु Hot news Leave a Comment on सर्पको टोकाइबाट सुत्केरीसहित दुई महिलाको मृत्यु २० ....

https://bahujanaawaj.com/?p=5961
07/09/2023

https://bahujanaawaj.com/?p=5961

सिराहामा भारतीय नागरिकको शव फेला Hot news Leave a Comment on सिराहामा भारतीय नागरिकको शव फेला काठमाडौं – सिराहाको दक्षिणी सीमावर...

https://bahujanaawaj.com/?p=5957
07/09/2023

https://bahujanaawaj.com/?p=5957

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप भदौ २७ देखि Hot news Leave a Comment on पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप भदौ २७ देखि का...

https://bahujanaawaj.com/?p=5953
07/09/2023

https://bahujanaawaj.com/?p=5953

खुकुरी प्रहारबाट घाइते यादवको स्वास्थ्य अवस्था बुझ्न देउवा पुगे ट्रमा सेन्टर Hot news Leave a Comment on खुकुरी प्रहारबाट घाइते ...

https://bahujanaawaj.com/?p=5915
07/09/2023

https://bahujanaawaj.com/?p=5915

के नेपाल मणिपुर जस्तै हुँदैछ ? Hot news Leave a Comment on के नेपाल मणिपुर जस्तै हुँदैछ ? जब संसारको कुनै कुनामा, कुनै देश प्रदेशमा क....

https://bahujanaawaj.com/?p=5836
07/09/2023

https://bahujanaawaj.com/?p=5836

ट्राफिकले श्रीमती चढेको गाडी रोकेपछि मेयर शाहले दिए सिंहदरबार जलाउने धम्की Hot news Leave a Comment on ट्राफिकले श्रीमती चढेको ग...

https://bahujanaawaj.com/?p=5828
07/09/2023

https://bahujanaawaj.com/?p=5828

पुनर्वासमा सुक्न थाल्यो धान, परीक्षण रिपोर्ट कुर्दै किसान Hot news Leave a Comment on पुनर्वासमा सुक्न थाल्यो धान, परीक्षण रिपोर.....

https://bahujanaawaj.com/?p=5823
07/09/2023

https://bahujanaawaj.com/?p=5823

वाग्मतीमा बेपत्ता युवकको शव भेटियो Hot news Leave a Comment on वाग्मतीमा बेपत्ता युवकको शव भेटियो मोरङको उर्लाबारी-२ मंगलबारेका ...

https://bahujanaawaj.com/?p=5289
23/08/2023

https://bahujanaawaj.com/?p=5289

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी Hot news Leave a Comment on एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी नेकपा (एकीकृ...

Address

Chhinamasta Sapatri
Rajbiraj

Alerts

Be the first to know and let us send you an email when मधेसवाणी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category