14/11/2019
एउटा सानो कथा
रातको समय थियो। पसलेले पसल बन्द गर्नै आटेका थिए कि त्यतिकैमा एउटा कुकुर पसलमा आयो। उसको मुखमा एउटा थैली थियो, जसमा सामानको लिस्ट र पैसा थियो। पसलेले पैसा लिएर सामान त्यो थैलीमा भरिदियो र कुकुरले मुखमा च्यापेर त्यहाँबाट निस्कियो।
पसले त्यो कुरा देखेर आश्चर्यचकित भएर कुकुरको पछि पछि गयो यो हेर्नलाई कि "यस्तो समझदार कुकुरको मालिक को होला?" भनेर। कुकुर बस स्टपमा उभिएको थियो। केही समयपछि बस आयो र त्यसमा चढ्यो। कन्डक्टर छेऊमा आउने बित्तिकै कुकुरले आफ्नो घाँटी अगाडि गर्यो। उसको घाँटीको बेल्टमा पैसा र उसको ठेगाना पनि थियो। कन्डक्टरले पैसा लिएर फेरि कुकुरको घाँटीमा बाँधिदियो। आफ्नो बस स्टप आउने बित्तिकै कुकुर पछाडिको ढोकाबाट निस्किएर पुच्छर हल्लाउदै कन्डक्टरलाई संकेत गर्दै गयो र पसले पनि पछि पछि गइरहेका थिए।
कुकुरले घरको ढोका दुई तीन पटक ढकढकायो। भित्रबाट उसको मालिक आयो र लट्ठीले पिट्न सुरु गरिदियो। यो देखेर पसलेको मनमा प्रश्न उब्जिन थाल्यो। अनि पसलेले त्यो मालिकसित पिट्नुको कारण सोध्यो? मालिकले भन्यो "सालाले मेरो निद्रा खराब गरिदियो, चाबी साथमा लिएर जान सक्दैन्थियो? गधा!
जीवनको पनि यही सत्यता हो, तपाईसित मान्छेको अपेक्षाहरूको कुनै अन्त्य छैन, जहाँ तपाई चुक्नुभयो त्यहीनिर खराबी निकाल्न सुरु गरिदिन्छन्। सयमा उनान्सय वटा राम्रो कामको मुल्याङ्कन हुदैन, तर एउटा गल्ती गर्नुस जम्मै असल काम बिर्सीदिन्छन्। कति वेबकुफ छौं हामी मान्छेहरु।।।
मन परे शेयर गर्नुहोला।