नेपाली कम्युनिष्ट पार्टी राजापुर

  • Home
  • Nepal
  • Rajapur
  • नेपाली कम्युनिष्ट पार्टी राजापुर

नेपाली कम्युनिष्ट पार्टी राजापुर Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नेपाली कम्युनिष्ट पार्टी राजापुर, Political organisation, Rajapur bardiya, Rajapur.

05/04/2026

मुर्ख प्रचण्ड

प्रचण्डले उत्पीडित आदिवासी जनजाति, मधेसी र दलीत समुदायको मुक्तिको लागि नेतृत्व लिएर जनयुद्ध लड्दा आनन्दको जागीर र घर मात्रै छाडेनन्, आफ्ना श्रीमति, छोरा-छोरीलाई जनयुद्धमै लगेर लड्न पठाए । अन्तत: संविधानमा अधिकार दिलाए, तर तिनै अनपढ, लाटा-मुर्ख आदिवासी जनजाति, मधेसी र दलीतहरूले भोट दिएनन् । प्रत्यक्ष बाहिर नदेखाए पनि टाठा-बाठा बाहुन-क्षेत्रीहरूका लागि त प्रचण्ड सत्रु "वंश गद्धार" नै भै हाले, उनिहरूले त झन् भोट दिने कुरै भएन ।

राजाको अधिनमा रहेको "हिन्दु अधिराज्य" बाट "धर्म निरपेक्ष गणतन्त्र" स्थापना गराई दिएर नेपालीहरूलाई "प्रजा" बाट "नागरिक" बनाई दिए हिन्दु धर्म मान्नेहरू चिँढिए तर अरु धर्माललम्बीहरूले प्रचण्डलाई "बाहुन" नै देखे तर "धार्मिक समानता ल्याउने नेता"को रूपमा पत्याएनन् ।

राज्य बाट उपेक्षित महिलाहरू, शोषित, पीडित र पिछडिएका वर्गको मुक्तिका लागि संघर्ष गरे, "टाउकोको मोल" तोकी मागेरै भए पनि "समावेसी नेतृत्व" को व्यवस्था गरे र राज्यको उपल्लो तह सम्म उल्लेख्य महिलाहरूको प्रतिनिधित्व दिलाए, तर तिनै महिलाहरूले प्रचण्डलाई सतो सराप गिरहेका छन् । भोटको त कुरै छाडौँ ।

अहिले उनै प्रचण्डको अगाडी पट्टी आफैँले अधिकार दिलाएका मधेसीको छोरो प्रधानमन्त्री छन्, आदिवासी जनजातिको छोरो गृहमन्त्री छन् , उपेक्षित अनि अपहेलित दलीत (वादी) महिला पनि मन्त्री बनेकी छीन् र उनि भने आफूले ल्याएको "गणतन्त्रले फुलाएको सुन्दर फूलहरू" भन्दै हेरिरहेका छन् तर संसदको एउटा कुनामा पुगेका प्रचण्डलाई तिनै महिलाहरू, दलीतहरू, आदिवासी जनजातिहरू र मधेसीहरू प्रचण्डलाई "बाहुन" देख्छन्, "धर्मवादी हिन्दु" देख्छन्,"झुसिल किरो" देख्छन् ।

गणतन्त्रमा जनताको मत सर्वोपरी हुन्छ, यसपालीको चुनावले फूलहरूलाई झिलीमिली राम्रो देख्यो, तर त्यही फूलबारी सजाउने मालीलाई फोहर र नराम्रो देख्यो । पढेलेखेको बाहुन भएर पनि मुर्ख माली प्रचण्ड ।

प्रेस बिज्ञप्ति
28/03/2026

प्रेस बिज्ञप्ति

शुभकामना
21/03/2026

शुभकामना

जिल्ला बैठकमा उपस्थितिकाे लागि अनुराेध
20/03/2026

जिल्ला बैठकमा उपस्थितिकाे लागि अनुराेध

19/03/2026
सम्पुर्ण समानुपातिक सांसदहरूलाई बधाई छ ।
16/03/2026

सम्पुर्ण समानुपातिक सांसदहरूलाई बधाई छ ।

13/03/2026

सहयाेगकाे लागि सबैमा अनुराेध छ ।

11/03/2026

घन्टीमा भाेट हाल्ने जति हाजिर हाेम त कति रहेछन हेरम ।

08/03/2026

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (मार्च ८) का अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। महिलाहरू समाज परिवर्तनका निर्णायक शक्ति हुन्। इतिहासका विभिन्न कालखण्डमा महिलाहरूले देखाएको अदम्य साहस, त्याग र बलिदानीपूर्ण संघर्षकै परिणामस्वरूप आजका महत्वपूर्ण अधिकारहरू प्राप्त हुन सकेका हुन्।
तर व्यवहारिक जीवनमा अझै पनि महिलामाथि असमानता र हिंसा पूर्ण रूपमा अन्त्य भएको छैन। उत्पादन र श्रमको सम्मानका सन्दर्भमा विभेद कायम छ। स्वतन्त्रता र अधिकारका नाममा बजारवादी पूँजीवादी संरचनाले महिलामाथि नयाँ–नयाँ रूपका शोषण र असमानता पनि सिर्जना गरिरहेको यथार्थ हाम्रो सामु छ।
त्यसैले सबैखाले शोषण र विभेदको अन्त्य गर्दै महिलालाई साँचो अर्थमा अनुभूतिको तहसम्म समानता स्थापित गर्ने, संविधानमा प्राप्त अधिकारहरूको रक्षा गर्ने तथा जनसंख्याको अनुपातअनुसार राज्यका सबै तह र संरचनामा महिलाको समानुपातिक र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने दिशामा अबका प्रयासहरू अझ दृढताका साथ अघि बढ्नुपर्छ।
समानता, सम्मान र सामाजिक न्यायमा आधारित समाज निर्माणको यस ऐतिहासिक अभियानमा सम्पूर्ण महिलाहरूलाई फेरि एकपटक हार्दिक शुभकामना व्यक्त गर्दछु।
२४ फागुन २०८२
ने.सं.११४६ चिल्लागा पञ्चमी

==============
पुष्पकमल दाहाल ‘प्रचण्ड’
संयोजक
नेपाली कम्युनिष्ट पार्टी

08/03/2026

Address

Rajapur Bardiya
Rajapur
21800

Alerts

Be the first to know and let us send you an email when नेपाली कम्युनिष्ट पार्टी राजापुर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to नेपाली कम्युनिष्ट पार्टी राजापुर:

Share