05/04/2026
मुर्ख प्रचण्ड
प्रचण्डले उत्पीडित आदिवासी जनजाति, मधेसी र दलीत समुदायको मुक्तिको लागि नेतृत्व लिएर जनयुद्ध लड्दा आनन्दको जागीर र घर मात्रै छाडेनन्, आफ्ना श्रीमति, छोरा-छोरीलाई जनयुद्धमै लगेर लड्न पठाए । अन्तत: संविधानमा अधिकार दिलाए, तर तिनै अनपढ, लाटा-मुर्ख आदिवासी जनजाति, मधेसी र दलीतहरूले भोट दिएनन् । प्रत्यक्ष बाहिर नदेखाए पनि टाठा-बाठा बाहुन-क्षेत्रीहरूका लागि त प्रचण्ड सत्रु "वंश गद्धार" नै भै हाले, उनिहरूले त झन् भोट दिने कुरै भएन ।
राजाको अधिनमा रहेको "हिन्दु अधिराज्य" बाट "धर्म निरपेक्ष गणतन्त्र" स्थापना गराई दिएर नेपालीहरूलाई "प्रजा" बाट "नागरिक" बनाई दिए हिन्दु धर्म मान्नेहरू चिँढिए तर अरु धर्माललम्बीहरूले प्रचण्डलाई "बाहुन" नै देखे तर "धार्मिक समानता ल्याउने नेता"को रूपमा पत्याएनन् ।
राज्य बाट उपेक्षित महिलाहरू, शोषित, पीडित र पिछडिएका वर्गको मुक्तिका लागि संघर्ष गरे, "टाउकोको मोल" तोकी मागेरै भए पनि "समावेसी नेतृत्व" को व्यवस्था गरे र राज्यको उपल्लो तह सम्म उल्लेख्य महिलाहरूको प्रतिनिधित्व दिलाए, तर तिनै महिलाहरूले प्रचण्डलाई सतो सराप गिरहेका छन् । भोटको त कुरै छाडौँ ।
अहिले उनै प्रचण्डको अगाडी पट्टी आफैँले अधिकार दिलाएका मधेसीको छोरो प्रधानमन्त्री छन्, आदिवासी जनजातिको छोरो गृहमन्त्री छन् , उपेक्षित अनि अपहेलित दलीत (वादी) महिला पनि मन्त्री बनेकी छीन् र उनि भने आफूले ल्याएको "गणतन्त्रले फुलाएको सुन्दर फूलहरू" भन्दै हेरिरहेका छन् तर संसदको एउटा कुनामा पुगेका प्रचण्डलाई तिनै महिलाहरू, दलीतहरू, आदिवासी जनजातिहरू र मधेसीहरू प्रचण्डलाई "बाहुन" देख्छन्, "धर्मवादी हिन्दु" देख्छन्,"झुसिल किरो" देख्छन् ।
गणतन्त्रमा जनताको मत सर्वोपरी हुन्छ, यसपालीको चुनावले फूलहरूलाई झिलीमिली राम्रो देख्यो, तर त्यही फूलबारी सजाउने मालीलाई फोहर र नराम्रो देख्यो । पढेलेखेको बाहुन भएर पनि मुर्ख माली प्रचण्ड ।