Pyuthan Hospital

Pyuthan Hospital प्युठान अस्पताल

प्युठान अस्पतालमा SNCU तथा हेमोडायलाइसिस सेवाको समुद्घाटन कार्यक्रम मिति २०८२/१२/२३ गते प्युठान अस्पताल विकास समितिका अध...
07/04/2026

प्युठान अस्पतालमा SNCU तथा हेमोडायलाइसिस सेवाको समुद्घाटन कार्यक्रम मिति २०८२/१२/२३ गते प्युठान अस्पताल विकास समितिका अध्यक्ष श्री बिजय विराज विष्ट ज्यूको अध्यक्षता, लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री माननिय खेम बहादुर सारुज्यूको प्रमुख आतिथ्यता, लुम्बिनी प्रदेश सभासद् माननिय तुल्सीराम शर्मा, माननिय धनलक्ष्मी श्रेष्ठ, समन्वय प्रमुख, प्युठान जिल्लाका पालिका प्रमुखहरु, सरोकारवाला कार्यालय तथा स‍ंघसंस्था प्रमुखहरुको उपस्थितिमा सम्पन्न गरियो ।

प्यूठान अस्पतालको सेवा प्रवाह तथा सुदृढीकरणमा बिगत १३ बर्ष देखि निक साइमन्स इन्स्टिच्युटले पुर्याउदै आएको निरन्तर, निस्व...
31/03/2026

प्यूठान अस्पतालको सेवा प्रवाह तथा सुदृढीकरणमा बिगत १३ बर्ष देखि निक साइमन्स इन्स्टिच्युटले पुर्याउदै आएको निरन्तर, निस्वार्थ र अतुलनिय सहयोगको उच्च कदर गर्दै, गुणस्तरीय स्वास्थ्य सेवा दक्ष जनशक्ति, आपतकालीन तथा शल्य सेवा सुधार, मातृ तथा नवजात शिशु सेवाको सुदृढीकरण, क्षमता अभिवृद्धि तथा अस्पताल व्यवस्थापन, आवश्यक मेडिकल उपकरण उपलब्धता र स्वास्थ्य योजना निर्माणका क्षेत्रमा पुऱ्याएको योगदान अत्यन्तै विशेष, स्मरणीय र प्रशंसनीय रहेको छ। साथै, मिति २०८३ आषाढ मसान्त पश्चात औपचारिक रूपमा सम्पन्न हुन गइरहेको हालको सम्झौता अवधिको समापनका सन्दर्भमा, उक्त अवधिभर निक साइमन्स इन्स्टिच्युटले देखाएको संस्थागत प्रतिबद्धता, व्यावसायिक दक्षता र सहकार्यको भावनाले यस अस्पतालको सेवा प्रणालीलाई दिगो र सकारात्मक परिवर्तन स्थापित गरेको छ। यस सहकार्यप्रति हामी आभारी छौं र भविष्यमा पनि निरन्तर सहकार्यको अझ प्रगाढ रहिरहने विश्वास व्यक्त गर्दै संस्थाको उत्तरोतर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं।

आज मिति २०८२/१२/१२ गतेका दिन यस प्यूठान अस्पतालमा हेमोडायलासिस सेवाको शुभारम्भ भएको छ। प्रारम्भिक चरणमा पहिलोपटक १ जना ब...
26/03/2026

आज मिति २०८२/१२/१२ गतेका दिन यस प्यूठान अस्पतालमा हेमोडायलासिस सेवाको शुभारम्भ भएको छ। प्रारम्भिक चरणमा पहिलोपटक १ जना बिरामीको डायलासिस सेवा प्रदान गरिनेछ। सेवालाई नियमित तथा निशुल्क रूपमा सञ्चालन गर्नका लागि स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागको नर्सिङ महाशाखाबाट अनुगमन पश्चात आवश्यक अनुमति तथा सूचिकरण प्राप्त गरेपछि मात्र पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइने तयारी रहेको छ।

नतिजा प्रकाशन
23/03/2026

नतिजा प्रकाशन

03/03/2026

अर्थोपेडिक सर्जन डा.ब्राइम पोख्रेल द्धारा हाड जोर्नी तथा नसा रोग सम्वन्धी सम्पूर्ण उपचार सेवा र फिजियोथेरापिष्ट नविन जि.एम. द्धारा फिजियोथेरापी सेवा अव नियमित रुपमा सञ्चालनमा आएको व्यहोरा सबैमा जानकारी गराउँदछौ।

03/03/2026

आगामी फागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभा निर्वाचन २०८२ को अवसरमा हुन सक्ने आपतकालिन स्वास्थ्य चुनौतिहरुलाई मध्यनजर गर्दै आवश्यक योजना निर्माण, तयारी समन्वय तथा प्रतिकार्यका लागि यस अस्पतालमा तपिशल बमोजिमका सदस्य रहने गरी Rapid Action Task Force गठन गरिएको छ ।
तपशिल :
१. डा‍. सुवास पौडेल स‍ंयोजक ९८५७८३६६९१
२. डा. समिर पराजुली सदस्य ९८४७८३९५३६
३. राधादेबि के.सी सदस्य ९८४७८२०४८९
४. केशव पण्डित सदस्य ९८४३०८२८३२
५. अनोज श्रेष्ठ सदस्य ९८६०९५२७१६
६. गिरीराज भण्डारी सदस्य ९८४०८३१६६२
७. नबिन थापा सदस्य सचिव ९८६७१०९६२९

कर्मचारी आवश्यकता सम्बन्धी सूचना ।
12/01/2026

कर्मचारी आवश्यकता सम्बन्धी सूचना ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रमका केही झलकहरु
09/12/2025

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रमका केही झलकहरु

आज मिति २०८२/०६/२४ गते शुक्रवारका दिन आर्थिक वर्ष २०८१/०८२ को प्यूठान अस्पतालवाट संचालित स्वास्थ्य सेवाहरुको बार्षिक प्र...
10/10/2025

आज मिति २०८२/०६/२४ गते शुक्रवारका दिन आर्थिक वर्ष २०८१/०८२ को प्यूठान अस्पतालवाट संचालित स्वास्थ्य सेवाहरुको बार्षिक प्रगति समिक्षा गोष्ठी अस्पताल बिकास समितिका अध्यक्ष श्री बिजय बिराज बिष्ट ज्यूको अध्यक्षता , लुम्बिनी प्रदेश सरकारका सभासद मा. श्री तुल्सीराम शर्मा ज्यूको प्रमुख आतिथ्यता, बिशेष अतिथि जिल्ला समन्वय समितिका प्रमुख श्री धरम बहादुर जि.सी., प्यूठान नगरपालिकाका नगर प्रमुख श्री बिष्णु बहादुर योगी , लुम्बिनी प्रदेश स्वास्थ्य सचिव श्रीमान दुर्गालक्ष्मी श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी श्री दिपकराज नेपाल ज्यू लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न गरियो ।

प्युठान अस्पतालमा आउनु भएका नयाँ स्वास्थ्यकर्मीहरुको स्वागत तथा अन्यत्र सरुवा भइ जान लाग्नु भएका स्वास्थ्यकर्मीहरुो विदा...
08/10/2025

प्युठान अस्पतालमा आउनु भएका नयाँ स्वास्थ्यकर्मीहरुको स्वागत तथा अन्यत्र सरुवा भइ जान लाग्नु भएका स्वास्थ्यकर्मीहरुो विदाइ कार्यक्रम

यस अस्पतालमा कार्यरत प्रमुख मेडिकल सुपरीटेण्डेण्ट डा. ओम प्रसाद अर्याल , मेडिकल अधिकृत डा. पौडेश शर्मा ज्यू, फेरी भेटौला...
01/09/2025

यस अस्पतालमा कार्यरत प्रमुख मेडिकल सुपरीटेण्डेण्ट डा. ओम प्रसाद अर्याल , मेडिकल अधिकृत डा. पौडेश शर्मा ज्यू, फेरी भेटौला कार्यक्रमका साथै निमित्त मेडिकल सुपरीटेण्डेण्टको जिम्मेवारी प्राप्त गर्नु भएका बालरोग बिशेषज्ञ डा. सुबास पौडेल ज्यू को पदभार कार्यक्रम सम्पन्न गरियो ।

विश्व स्तनपान सप्ताह 2025 August 1st to 7th  को अवसरमा प्यूठान अस्पतालमा विविध सचेतना कार्यक्रम गरी सम्पन्न गरियो ।
07/08/2025

विश्व स्तनपान सप्ताह 2025 August 1st to 7th को अवसरमा प्यूठान अस्पतालमा विविध सचेतना कार्यक्रम गरी सम्पन्न गरियो ।

Address

BIJUWAR PYUTHAN
Pyuthan
60056

Telephone

+97786590111

Website

Alerts

Be the first to know and let us send you an email when Pyuthan Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Pyuthan Hospital:

Share