12/02/2026
आदरणीय,प्युठानी आमाबुबा,दाजुभाइ तथा दिदीबहिनीहरूमा विनम्र अनुरोध! 🙏
आगामी फागुन २१ गते हुन लागेको निर्वाचनमा प्युठानीले किन डाक्टर गोबिन्दराज पोखरेल लाई भोट दिने....
यसकारण :
• नीति निर्माणको 'मास्टरमाइन्ड': राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्षको रूपमा उहाँसँग देशको बजेट र स्रोतलाई कसरी जिल्लासम्म पुर्याउने भन्ने अचूक ज्ञान छ। उहाँ संसदमा हुनु भनेको प्युठानको विकासले "एक्सप्रेस वे" समात्नु हो।
• संकटको सारथी: २०७२ को महाभूकम्पपछि पुनर्निर्माण प्राधिकरणको प्रमुखका रूपमा उहाँले गरेको कार्य र कार्यक्षमता हामी कसैले भुलेका छैनौं। यस्तो संकट व्यवस्थापन गर्न सक्ने नेता प्युठानलाई चाहिएको छ।
• ऊर्जा र समृद्धिको ठोस खाका: वैकल्पिक ऊर्जा प्रबर्धन केन्द्रको नेतृत्व गर्दा देशलाई उज्यालो बनाउनुभएका डा. पोख्रेलसँग प्युठानका प्राकृतिक स्रोतलाई रोजगारी र आम्दानीसँग जोड्ने स्पष्ट भिजन छ।
• राजनीतिमा 'भिजनरी' अनुहार: उहाँ केवल राजनीतिज्ञ मात्र नभई एक प्राज्ञिक व्यक्तित्व पनि हुनुहुन्छ। संसदमा उहाँको उपस्थितिले प्युठानको मात्र होइन, समग्र देशकै विधायीकी प्रक्रियाको स्तर बढाउनेछ।
आज प्युठानले योग्य व्यक्तिलाई नीति निर्माण तहमा पठाउने दुर्लभ अवसर पाएको छ। योग्य र दक्ष व्यक्तिलाई चुन्न दल र गुटभन्दा माथि उठेर सोच्नुपर्ने बेला आएको छ।
प्युठानको विकासको ढोका खोल्न र राष्ट्रिय राजनीतिमा प्युठानको सान बढाउन नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. गोविन्द राज पोख्रेल ज्युलाई रुख (🌳) चिह्नमा मतदान गरी अत्यधिक बहुमतले विजयी गराउनुहुन हार्दिक अपिल गर्दछु। जय नेपाल 🙏
विकासका लागि विज्ञको साथ, प्युठानी जनताको हात! 🤝
🇳🇵 शुभकामना प्युठान! 🇳🇵 सबैको जय होस् 🙏🙏 Govind Raj Pokharel Prof.Dr.Govind Raj Pokharel