Ramro Pokhara

Ramro Pokhara समाज बिकासका लागी सबैको सहभागिता This page is totally dedicated to Pokhreli who loves pokhara

21/08/2023

मेयर साब लाई खुल्ला पत्र ,
मेयर साब,लाल सलाम!!!
पछिल्लो स्थानीय निर्वाचन पछि पोखरा नगरले एउटा आशालाग्दो सेवक पाएको थियो, तपाईले गरेका सत्कर्म हरु तपाईको अभिब्यक्तिले ओझेलमा पारिदिए भने यो देशका युवा पुस्ताको पनि मनोबल गिर्छ । पर्यटकिय सहर ( पर्यटकिय राजधानी पोखरा) पर्यटकिय राजधानी बनाउने तपाईंको सपना अनि "समुन्नत पोखराको आधार सफल अर्थतन्त्र र पुर्बाधार" भन्ने तपाईको नारा सपनामा मात्रै सिमित नरहोस । पोखरा परिवर्तन चाहने शिक्षित मानिसहरुको शहर हो। यहॅाका जनताले स्थानीय निर्वाचनमा तपाईलाई मेयरको पगरी गुथायर भित्र्याएका छन् । पोख्रेलि जनताले जुन आशा र भरोसा गरेर तपाई लाई जिताएका छन त्यो आशा र भरोसालाइ कुठाराघात नहोस अनि तपाईमा यो कुराको भ्रम नपरोस कि तपाईंको पार्टीले मात्रै जितायका हुन । थोत्रिईसकेका बुडा नेताहरु बिरुद्द यो पनि एउटा क्रान्ति हो जुन क्रान्ति सम्भब छ भनेर सिकाउने तपाई एक पात्र हो । अहिले तपाईंको नगरमा भयको घुसखोरि,भ्रष्टाचार र अनिमियता , करको दायरा हेर्दा तपाई कसैको चङुलमा हुनुहुन्छ जस्तो लागेको छ । तपाईका खुट्टा कापन थालेका छन । तपाईंको नगरको मनपरि तन्त्रले जनता आक्रन्त छन । त्यसको पिडकहरु का प्रमाणहरुको चाङ लाग्न थालेका छन । तपाईको खुट्टा चिप्लियो कि भन्ने लागेको छ । तपाई चिप्लनु भयो भने तपाईंमात्रै हैन हजारौ जनताको सपना लड्छन , चाहना लड्छन, भावना लड्छन । फलस्वरुप फेरि तिनै आखामा पानी मरिसकेका तर देश लुटेर नअघाएका हरुले जनताको भाग्य र भबिष्यमाथी खेल्ने मौका पाउछन् जसले फेरि अर्को दुर्घटनाको स्थल बनाउने छन यस पर्यटकीय सहर लाइ ।
अहिले तपाई जनताको नेता र नगर पिता पनि हो, तपाईं लाई तपाईंको दलले मात्रै जितायका हुन भन्ने भ्रमबाट मुक्त हुनुहोस् । तसर्थ जनभावनाको सम्मान गर्दै राम्रा काम गर्दै अघि बढ्नुस् र कहिले काहि सकारात्मक सुझावहरु पनि संकलन गर्ने गर्नुस्। हुनत केहि मान्छेहरुले तपाईका गलत अभिब्यक्तिहरु लाई पनि सहि हो धनराज सहि हो भन्लान् , तपाइले सबै कुरा गर्न सक्नु हुन्छ , तपाई बलबान हो , भन्दै उचालिरहेका हुन सक्छन ।
तर तिनीहरु तपाईका असली शुभचिन्तक होईनन्। तिनीहरु त तपाईलाई उत्तेजित बनाएर फाइदा उठाउन उद्द्त छन र तपाईको दुर्गतिको बाटो कुरीरहेछन्। तर एउटा असल शुभचिन्तकले गल्ति हुदा सम्झाउछ र राम्रो गर्दै जान हौसला दिन्छ । गल्तीमा पनि ताली ठोक्ने र जुधाउनेहरुले यो समाज र यो देशलाई कहिले पनि राम्रो भएको हेर्न चाहदैनन्। मात्रै एउटा सानो उदाहरण दिन चाहान्छु । गत असार महिनामा नगरपरिषद सप्पन्न भएको छ । पक्कै पनि परिषद ले पास गरेका आर्थिक एन नियम , कार्यबिधीको बारेमा जानकार हुनु हुन्छ नै होला । प्रसङ्ग सम्पतीकर र मालपोत को नै हो । मैले बिगत बर्ष तिरेको सम्पत्ति कर भन्दा २५४% ले बडि तिर्नु पर्ने बनाउनु भयको रहेछ त्यसको लागि मुरि मुरि धन्यवाद । तर तपाई लाई एउटा प्रश्न मात्रै सोध्न चाहान्छु कि उक्त सम्पती कर कति प्रतीसत ले बढाउनु भयको हो ? उत्तर कहिकतै बाट पनि आएन । कर्मचारी लाई सोध्यो सिस्टमले बढाएको भन्ने उत्तर आउँछ । कुन सिस्टम हाल्न्नु भयछ कुन्नी सिस्टम राम्रै लाग्यो । महानगरको आम्दानी ह्वात्तै बडने गरि हाल्नु भयछ । हजुर त जनताको मान्छे भन्ने लागेको थियो । जनताको ढाड सेक्ने गरि बडाउनु भयको कर अनि अस्ति मात्रै वडा न २७ मा दुई लाख पचास हजार घुस लियर फिर्ता गरेको कुरा अपिल त्रिपाठी को समाचार सुन्दा फोहोर मैला उठाउने शुल्कमा भयको ... लगायतका कुरा सुन्दा अचम्मै लाग्यो । यसरी एकातिर कर बडछ अर्को तिर घुसप्रेरित हुन्छ अब यस्ता उदाहरण धेरै छन भेट्मै बिस्तार गरौला । यसरी कर बडाउदा अलिकति जनताको मान्छे बनेर सोच्नु पर्ने थियोकि भन्ने लागेको थियो त्यो पाइएन । अनि यस्को जबाफ खोज्नु पर्छ भन्ने लागेर वडा तिरका जनप्रतिनिधि लाई सोधेको थिए । वहाहरु को जबाफ थियो नगरपरिषद मा केबल ताली हान्ने काम मात्रै भयको रहेछ । परिषदको निर्णय पछि दिने गरि के निर्णय भयो भनेर पढने हेर्ने मौका बिहिन बनायर । त्यति धेरै जिम्मेवारी र संबेदनसिल कुरा केबल तालिको भरमा पास हुनु भनेको गैरजिम्मेवारि र संबेदनसिल नभयको बुझे । करका दर त पक्कै पनि परिषद बाटै पास गर्नु पर्छ जस्तो लाग्छ । यस्को उत्तर मेयर साब बाट आउने छ भन्ने आशा राखेको छु कि सन्सार कुनै देशमा देख्नु भयको छ २५४% ले सम्पतीकर बडेको ? यदि तपाईं संग उत्तर छैन भने फुर्सत मिलाएर " The Right to Property in Global Human Rights Law" अध्यन गर्नु होला । अनि The Guinness World Records मा दर्ज गरौंला। अनि तपाईंको पर्यटकको सहर सन्सार भरी का मानिस ले The Guinness World Records पढेर चिन्ने छन कि सन्सार को सबै भन्दा धेरै प्रतिशत सम्पतिकर बडाउने सहर भनेर। अनि लाग्ने छ पर्यटक को घुइचो ।
यो भ्रम बाट मुक्त हुनुहोस। यस्तैअर्को प्रसङ्ग सर्बोच्च अदालतको फेवा ताल संरक्षणको लागि ताल को मापदण्ड सम्बन्धि भयको निर्णय लागू गर्ने दाइत्व कस्को हो भनेर बुझ्न पनि जरुरी भयन र? यो दाइत्व न संघीय सरकार को हो न प्रदेश वा नगरको हो ? थाहा नभएरै हो कि अदालत भन्ने केही हैन भन्ने लागेर हो कुन्नी? कानुनी राज्यमा त अदालतका निर्णय हरु हुबहु लागू हुनु पर्छ जस्तो लाग्छ । जिम्मेवारी जुन निकायको भयपनी यस्को पहल तपाईबाट होस भन्ने लाग्दछ । यो काम तपाईंले सुरु गर्नु भयो भने जनताले तपाईलाई साथ दिनेछन् खुट्टा नकपाउनु होला ।तपाईंले सुन्दर पर्यटकिय राजधानी पोखरा भनेर घोषणा गर्नु भयको छ । तपाईंको यो घोषणा सार्थक बनोस ।तसर्थ हौस्याउने ,उकास्ने र उचाल्नेहरु बाट टाढै रहेर आफ्नो बिबेक प्रयोग गर्नुहोला । सुझाबलाइ कसरी लिनु हुन्छ त्यो त तपाईकै हातमा छ मेयर साप। हुनत त म एउटा सामान्य नागरिक हु धेरै नजानेको भयपनी केही सुझावहरु छन भेटने समय दिनु भयो भने भेटमै बिस्तार गरौला। हुनत अहंकारिले उपदेश ग्रहण गर्न सक्दैन ।अरूको सल्लाह सुझाव लिँदैन । अहंकारीले शिक्षा नलिने भएकै हुनाले महाभारतमा कृष्णले अर्जुनलाई मात्रै उपदेश दिएका हुन । आशा छ तपाई अहंकारी हुनु हुन्न जनताका सुझाब सल्लाह लाई लाई श्रबण गर्नु हुनेछ भन्ने लागेको छ ।
धन्यवाद
copy From : रामजी बराल

पोखरा महानगरपालिकाको  टिकेट काटेर हेर्न मिल्ने फोहोर प्रसोधन केन्द्र ।
08/08/2023

पोखरा महानगरपालिकाको टिकेट काटेर हेर्न मिल्ने फोहोर प्रसोधन केन्द्र ।

अब सुन्दर पोखरा बनाऊँने सर्वोच्चको  फ़ैसलाको कार्यान्वयन हेर्न बाँकी छ -  बिचार भन्दा माथी देश । आफ़न्त भन्दा माथी जनता ...
20/06/2023

अब सुन्दर पोखरा बनाऊँने सर्वोच्चको फ़ैसलाको कार्यान्वयन हेर्न बाँकी छ - बिचार भन्दा माथी देश । आफ़न्त भन्दा माथी जनता ।

सर्वोच्च अदालतले फेवाताल किनार वरपरका अवैध संरचना भत्काउन संघीय सरकार, पोखरा महानगर र सम्बन्धित सबै निकायका नाम....

यो  हो नि त कुरा ।
24/02/2023

यो हो नि त कुरा ।

‘विमानस्थल वरपर चरा हुनु र विमानसँग चरा ठोक्किनुलाई सामान्य रुपमा लिनुपर्ने हो,’ विमानस्थल प्रमुख गौतमले भने, ‘च...

एउटा कार्यकारीले आफनो बिबेक क्षमता र बिज्ञहरुको सल्लाहमा यस्तो निर्णय गर्छन की कसो !? देश कै दोस्रो ठूलो महानगरको काम का...
16/11/2022

एउटा कार्यकारीले आफनो बिबेक क्षमता र बिज्ञहरुको सल्लाहमा यस्तो निर्णय गर्छन की कसो !? देश कै दोस्रो ठूलो महानगरको काम कारबाही कती कच्चा हो ।

पोखरा । नेपाल नागरिक उड्डयन प्राधिकरणले अंग्रेजी नयाँ वर्ष २०२३ को जनवरी १ बाट पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय ....

21/02/2022

सेदीदेखि सराङकोटसम्म २.१६ किलोमिटर दुरीमा केबलकार चल्छ। अन्नपूर्ण केबलकारले उक्त दुरी १० मिनेटमै पार गर्छ। फेव.....

यस्ता लाई टूड़ीखेलमा झून्डाउन मिल्दैंन सरकार ।
21/01/2022

यस्ता लाई टूड़ीखेलमा झून्डाउन मिल्दैंन सरकार ।

दुई दशकअघि सरकारी सेवा प्रवेश गरेका एक कर्मचारीले पदको दुरुपयोग गरी कमाएको पैसाले पत्याउनै मुस्किल पर्ने गरी ८७ ...

बिपनामा  पनि परिणत भएको पोखरेलिको ४० बर्षे सपना ।
04/10/2021

बिपनामा पनि परिणत भएको पोखरेलिको ४० बर्षे सपना ।

पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न हुने नयाँ मिति तोकिएको छ। उक.....

निक़ै राम्रो कदम ।
25/09/2021

निक़ै राम्रो कदम ।

पोखरा, असोज ७ गते । पोखरा महानगरपालिकाले कुकुरलाई पाल्ने तर सडकमा छाडा छोडने ब्यक्तिलाई ५ देखि १५ हजारसम्म जरिवा.....

तस्करी गरेर नाइजेरियाबाट नेपाल ल्याइएका चिम्पु र चम्पा नाम गरेका चिपान्जी हुर्कन थालेका छन् । मानिससँग करिब ९८ प्रतिशत ड...
06/07/2021

तस्करी गरेर नाइजेरियाबाट नेपाल ल्याइएका चिम्पु र चम्पा नाम गरेका चिपान्जी हुर्कन थालेका छन् । मानिससँग करिब ९८ प्रतिशत डीएनए मिल्ने चिपान्जी मध्य अफ्रिकाको साभानामा मात्रै पाइन्छ

Address

Pokhra
44600

Website

Alerts

Be the first to know and let us send you an email when Ramro Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Ramro Pokhara:

Share

Category